मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ६० करोड २६ लाख रुपैयाँको बजेट ल्याएको छ ।
नगरपालिकाले १५ औं नगरसभा तथा बजेट अधिबेसनमा आ.व ०८१/०८२ का लागि जम्मा ६० करोड २६ लाख ७१ हजार ९ सय २९ बजेट छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्या शाही मल्लले प्रस्तुत गरेकी हुन ।
नगरपालिकाको अघिल्लो वर्षको कुल बजेट ६० करोड ६९ लाख थियो । नयाँ बजेटमा संघीय सरकारतर्फ संघीय राजस्व बाँडफाँटमा ११ करोड २३ लाख हजार, संघीय ससर्त अनुदान चालुतर्फ २७ करोड ६० लाख ९३ हजार रकम अनुमान सभामा प्रस्तुत गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले बताए ।
उनका अनुसार संघीय सरकार समानीकरण अनुदान ११ करोड ७९ लाख, र संघिय समपुरक अनुदान ६० लाख सुम्ली बेलिब्रिज निर्माणको र संघिय सशर्त २७ करोड ६० लाख ९३ हजार रकम सार्वजानिक गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
प्रदेश सरकार राजस्व बाँडफाँटमा २७ लाख ४७ हजार ९ सय २९ , प्रदेश समानीकरण १ करोड ४१ लाख ९८ हजार, प्रदेश सशर्त अनुदान ४ करोड ८८ लाख ३३ हजार र आन्तरिक राजस्व आम्दानी १ करोड ५० लाख रकम रहेको नगर प्रमुख भामको भनाई छ ।
निति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर प्रमुख बिष्णु कुमार भाम बजेटमा दलित समुदायका ज्येष्ठ नागरिकहरुका लागि छुट्टै वृद्धआश्रम सञ्चालन गर्नेगरी नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको थियो । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरुलाई मध्येनजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजानिक गरिएको छ ।
छायाँनाथ रारा नगरपालिकाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठ मन्दिर तीर्थस्थलको संरक्षण प्रवर्द्धनमा जोड दिनुका साथै नगर क्षेत्रभित्र पर्ने प्रमुख धार्मिक स्थलहरु छायाँनाथ, ऋणमोक्ष मन्दिर, गुफालगायत अन्य धार्मिक स्थलहरुलाई पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
भौगोलिक बिकटता र समस्या लाई मध्येनजर गर्दे दुर्गममा रिपोटिङ गर्ने मुगुका क्रियाशिल पत्रकारहरु लाई निशुल्क स्वास्थ्य बिमा समते गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको नगर प्रमुख भामको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...
पौष १२ गते, २०८२ - १८:१३
हाइनान । चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको ...
पौष १२ गते, २०८२ - १८:१०
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको बताएका छन् । गृहमन्त्रालयको नेतृत्व सम्हालेको एक सय दिने का...
पौष १२ गते, २०८२ - १८:०७
झापा । चालु आर्थिक वर्ष २०८२-०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अव...
पौष १२ गते, २०८२ - १८:०५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्...
पौष १२ गते, २०८२ - १८:०३
हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका...




प्रतिकृया लेख्नुहोस्: