राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ।
अनुगमनका क्रममा अधुरा सडक निर्माण कार्यलाई विशेष प्राथमिकतामा राख्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सम्बन्धित ठेकेदार कम्पनीहरूलाई काम शीघ्र सम्पन्न गर्न निर्देशन दिएको छन्।
स्थलगत निरीक्षणका क्रममा उनले सडक निर्माणमा भएको ढिलासुस्तीप्रति गम्भीर चासो व्यक्त गर्दै निर्धारित समयसीमा र गुणस्तरअनुसार काम अगाडि बढाउन आग्रह गर्नुभयो। अधुरा सडकका कारण सर्वसाधारणले दैनिक सास्ती भोग्नुपरेको उल्लेख गर्दै विकास निर्माणका काममा लापरवाही नगर्न सम्बन्धित पक्षलाई सचेत गराइएको छ।
यसै क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकाको जण्डोलस्थित वृद्धाश्रम तथा महिला सुरक्षा आवासको पनि निरीक्षण गरिएको छ। निरीक्षणका बेला ज्येष्ठ नागरिक तथा आश्रयमा रहेका महिलालाई उपलब्ध सेवा सुविधामा सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले जानकारी दिए।
त्यसैगरी जिल्लाको शान्ति सुरक्षालाई थप सुदृढ बनाउन विभिन्न प्रहरी चौकीहरूको निरीक्षणसमेत गरिएको छ। निरीक्षणका क्रममा जनताका आधारभूत समस्या तत्काल समाधान गर्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा सुरक्षित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रशासनले विकास निर्माण, सामाजिक सेवा र शान्ति सुरक्षालाई सँगसँगै प्रभावकारी बनाउने उद्देश्यले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८२ - १४:१८
पाकिस्तान। पाकिस्तानका विदेश मन्त्री इशाक दारले सोमबार अफगानिस्तानसँगको अस्थायी युद्धविरामको अन्तिम समयमा पाकिस्तान आतङ्कवादको खतरा उन्मूलन गर्न प्रति...
चैत्र ९ गते, २०८२ - १४:१४
मुस्ताङ। मुस्ताङको अर्ध–निषेधित क्षेत्रमा विदेशी पर्यटकले अब एकल पदयात्रा गर्न पाइने भएको छ । विगतमा दुई वा सो भन्दा बढी विदेशी पर्यटकले समुह बनाएर अर...
चैत्र ९ गते, २०८२ - १४:०२
सोल। दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत वर्षको सोही अवधिसँग तुलना गर्दा ५० प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा सेमिकन...
चैत्र ९ गते, २०८२ - १३:२८
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हा ले मौसमविद्हरूलाई वर्तमान सरकारको सफलतामा महत्वपूर्ण योगदान दिने “पर्दा पछाडिका हिरो” क...
चैत्र ९ गते, २०८२ - १२:३१
राजविराज। सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ। अनुगमनका क्रममा अधुरा सडक...
चैत्र ९ गते, २०८२ - १२:१०
सप्तरी। बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै,...
चैत्र ९ गते, २०८२ - ११:५९
चितवन। चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्ष...
चैत्र ९ गते, २०८२ - ११:३०
सुलीकोट। गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा...
चैत्र ९ गते, २०८२ - ११:१५
काठमाडौं । सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन पनि १२ हजार ५ सय रुपैयाँले गिरावट आएको थियो । नेपाल सुनचाँदी व्यवसाय...
चैत्र ९ गते, २०८२ - १०:४१
बाजुरा। बाजुरामा नवजात शिशु सहित सुत्केरी महिला मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–१ सल्लेनाकीकी २१ वर्षीय सुरता कुमारी रोकाया र उहाँले ...


प्रतिकृया लेख्नुहोस्: