काठमाडौं । नेपालमा मनसुन भित्रिएको १५ दिनमा २८ जनाको मृत्यु भएको छ । गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट प्रभावित ३३ जिल्लामा २८ जनाको मृत्यु भएको हो ।
गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् ।
यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरूमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।
पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटनाको अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उनले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८१ - १५:४७
काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...
आश्विन ९ गते, २०८१ - १५:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...
आश्विन ९ गते, २०८१ - १५:३४
काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...
आश्विन ९ गते, २०८१ - १५:३०
काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...
आश्विन ९ गते, २०८१ - १५:२९
एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने
आश्विन ९ गते, २०८१ - १५:२५
विराटनगर । विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु पक्र्राउ प्रेका ...
आश्विन ९ गते, २०८१ - १५:१३
सुनसरी । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...
आश्विन ९ गते, २०८१ - १५:१०
काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...
आश्विन ९ गते, २०८१ - १५:०८
म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...
आश्विन ९ गते, २०८१ - १५:०३
काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...
प्रतिकृया लेख्नुहोस्: