Ntc summer Offer
Khabar Dabali १० आश्विन २०८१ बिहीबार | 26th September, 2024 Thu
NIMB

अवैध लागूऔषधसहित देशभरबाट १० जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । प्रहरीले देशभरबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ । भक्तपुर, मकवानपुर, पर्सा, झापा लगायतका विभिन्न जिल्लाबाट प्रहरीले १० जना पक्राउ गरेको हो । 

प्रहरीले मकवानपुरको  हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजाकरिब १ सय ५५ किलोग्रामसहित चितवन राप्ती नगरपालिका–२ गड्यौली बस्ने ३६ वर्षीय सुनिल मुक्तानसमेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पथलैयातर्फ जाँदै गरेको ना‍.५ ख १११८ नम्बरको ट्रक जाँच गर्ने क्रममा हुटमा फल्स बटम बनाई लुकाईछिपाई राखेको उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
 
यसैगरी मकवानपुरकै भिमफेदी गाउँपालिका-१ सामरी पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय ७५ किलोग्रामसहित हेटौंडा उपमहानगरपालिका–४ बस्ने ५१ वर्षीय पूर्ण बहादुर रूम्बालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरीले बा.३ ख ४६१ नम्बरको मिनीट्रकलाई जाँच गर्ने क्रममा ट्रकको पछाडि भागमा पल्स बटन बनाई लुकाईछिपाई राखेको उक्त गाँजा फेला परीचालक पूर्ण बहादुरलाई  पक्राउ गरेको हो । 

पर्साको वीरगंज महानगरपालिका–१७ अलौबाट अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्रामसहित बहुदरमाई नगरपालिका-७ फूलकौल गाउँ बस्ने ३१ वर्षीय विश्वेश्वर प्रसाद यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी खलवाटोला श्रीसियाबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको मोटरसाइकललाई रोकी जाँच गर्न खोज्दा चालक फरार भएको र पछाडि सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको खोजी भइरहेको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ कमेरेटारबाट अवैध लागूऔषध गाँजाकरिब ८ किलो ९ सय ग्रामसहित सोही ठाउँ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका–३ घर भएका ४५ वर्षीय राम कुमार तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्तठिमीबाट खटिएको प्रहरीले बा.प्र.०२–०३४ प ०१७८ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–१ घर भई शिवसताक्षी नगरपालिका–१० टेकक्रा बस्ने २६ वर्षीय प्रदिप तामाङलाई अवैध  ब्राउनसुगर २ ग्राम ८७ मिलिग्राम र नगद २० हजार ४ सय २० रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट माइधारबाट खटिएको प्रहरीले उनको घर तलासीगर्दा उनलाई पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामानिल ९ हजार ९ सय क्याप्सुलसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिक–८ बस्ने २४ वर्षीय कृष्ण बहादुर विक र  सोही उपमहानगरपालिका–१७ बस्ने २५ वर्षीय दिनेश निरौला रहेका छन् ।

अस्थायी प्रहरी चौकी तिनकुने धरानबाट खटिएको प्रहरीले बिराटनगरबाट धरानतर्फ आउँदैगरेको को.१ ख ४७४७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका चालक विक र सहचालक निरौलालाई पक्राउ गरेको हो । 

कास्कीको  पोखरा महानगरपालिका–५ मालेपाटनस्थित सडकबाट अवैध लागूऔषध चरेश १ सय ५० ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका५ बस्ने २१ वर्षीय नितेश पाण्डे र ३० वर्षीय नवीन सुनार रहेका छन् । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सबैको  सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय कविता महोत्सव२०८१'का उत्कृष्ट १० जना कविलाई पुरस्कृत

काठमाडौं ।  नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७ औँ वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित राष्ट्रिय कविता महोत्सव २०८१ मा उत्कृष्ट घोषित १० जना कविलाई पुरस्कृत गर...

गुणस्तहीन सामान र अंकित मूल्यभन्दा बढी लिएर बिक्री गरे कारबाही हुन्छः काठमाडौं महानगरपालिका

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, कम्पनी तथा निकायहरुलाई मूल्य सूची पसलको अग्रभागमा राख्न सचेत गराएको छ। महानगरपाल...

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडिपी नेता

काठमाडौं । जापानमा आगामी शुक्रबार हुने निर्वाचनले पहिलो महिला र सबैभन्दा कान्छो प्रधानमन्त्री पाउने सम्भावनासहित पार्टीको नेता चयनमा जापानको सत्तारुढ ...

भेरानको फुटबलबाट सन्यास

काठमाडौँ । फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ बर्षिय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ...

असोज १९ गते आन्टरप्रेनर समिट आयोजना हुँदै

एशिया प्यासिफिक क्षेत्रका उद्यमी र लगानीकर्ता पनि आउने

विराटनगरबाट स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ

विराटनगर । विराटनगरबाट  स्रोत नखुलेको ७ लाख रूपैयाँ सहित दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१७ स्थित मटेरूवाबाट उनीहरु  पक्र्राउ प्रेका ...

विद्यार्थी कल्याण समाज बिपी प्रतिष्ठानको अध्यक्षमा देव निर्वाचित

सुनसरी ।    विद्यार्थी कल्याण समाज  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने स...

४९ अंकले उकाकालो लागेको बजारमा कारोबार रकम ओरालो

काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४९ दशलमव १८ अंकले बढेर २,५१९.५७ को विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको शेय...

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

म्याग्दी । राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदे...

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy