काठमाडौं। केन्यामा केही दिनदेखिको विरोध प्रदर्शनपछि सरकार झुकेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले विवादास्पद वित्त विधेयक फिर्ता लिने बताएका छन्, जसमा कर वृद्धिको प्रावधान थियो ।
केन्यामा भएको हिंसात्मक प्रदर्शनपछि राष्ट्रपति रुटोले यो निर्णय लिएका हुन् । केन्याका जनतालाई सम्बोधन गर्दै रुटोले केन्याका जनताले यो विधेयकबाट केही नचाहेको स्पष्ट भएको बताए । विधेयकमा हस्ताक्षर नगर्ने विषयमा रुटोले भने, ‘म हार स्वीकार गर्छु ।'
केन्यामा सरकारको नयाँ वित्त विधेयकलाई लिएर विवाद भएको थियो र धेरै दिनसम्म विरोध प्रदर्शन भएको थियो तर संसदमा पारित हुनेबित्तिकै आन्दोलनले हिंसात्मक रूप लियो ।
गत मंगलबारको हिंसात्मक प्रदर्शनमा २२ जनाको मृत्यु भएको पुष्टि भएको थियो । राष्ट्रपति रुटोले अब सन् २०२२ यताकै सबैभन्दा ठूलो प्रदर्शनको नेतृत्व गर्ने देशका युवासँग कुरा गर्ने बताएका छन् । देशभर विरोध प्रदर्शन भए पनि केन्याको संसदले विवादास्पद वित्त विधेयक पारित गरेको छ ।
विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रुप लियो र आन्दोलनकारी संसदमा प्रवेश गरी आगजनी समेत गरेका थिए ।
सुरुमा राष्ट्रपति रुटोले पनि यी विरोध प्रदर्शनलाई कडाइका साथ सामना गरिरहेको देखिन्थ्यो । आन्दोलनकारीलाई रोक्न सेनासमेत परिचालन गरिएको थियो । तर, जनताको चर्को विरोधलाई ध्यानमा राख्दै राष्ट्रपतिले विधेयक फिर्ता लिने घोषणा गरे ।
सरकारले पेश गरेको विधेयकको उद्देश्य केन्याको वार्षिक करलाई असर गर्ने देशको ८० अर्ब डलरको ऋण घटाउनु थियो । रुटोले नयाँ प्रावधान किसान, विद्यार्थी र शिक्षकका लागि फाइदाजनक साबित हुन सक्ने तर जनता आफूसँगै नरहेको स्वीकार गरे । ‘मैले जनताको नेतृत्व गर्छु र उनीहरुले आफ्नो धारणा राखेका छन्,’ उनले भने ।
केन्यामा सामाजिक सञ्जालमा अहिलेको विरोध प्रदर्शन जारी रहने चर्चा छ। यसअघि यी प्रदर्शनको उद्देश्य विवादास्पद आर्थिक विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्न नहुने भए पनि अहिले राजीनामा दिनुपर्ने माग भइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ११ गते, २०८१ - २१:२१
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बा प्र–०२–०५...
मंसिर ११ गते, २०८१ - २१:२१
काठमाडौं। काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। बा प्र–०२–०५...
मंसिर ११ गते, २०८१ - १९:४०
काठमाडौं । फरार प्रतिवादी खोज्दा नेपाल प्रहरीका बहालवाला इन्स्पेक्टर फेला परेका छन् । स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार स...
मंसिर ११ गते, २०८१ - १९:२६
पोखरा । नाउरको सिङसहित प्रहरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्स...
मंसिर ११ गते, २०८१ - १५:३८
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले सरकारले कुनै ठोस योजना र कार्यक्रम ल्याउन नसक्दा बैदेशिक रोजगारीमा रहेका र विदेशमा अनौपचारिक...
मंसिर ११ गते, २०८१ - १५:३३
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले नेपाल सरकारले आजसम्म गरेका सन्धि, सम्झौताको अवस्थाबारे ज...
मंसिर ११ गते, २०८१ - १५:२५
काठमाडौं । नर्भिक अस्पतालमा कात्तिक २४ गते जन्मेको नवजात शिशुको हातमा घाउ र जलन भएको घटनामा अस्पतालको गम्भीर लापरवाही भएको अभिभावकले आरोप लगाएका छन्। ...
मंसिर ११ गते, २०८१ - १५:११
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ । घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि का...
मंसिर ११ गते, २०८१ - १४:५८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर...
मंसिर ११ गते, २०८१ - १४:५५
सर्लाही । सर्लाहीमा ट्याक्टर अनियन्त्रित भई पल्टिदा सर्लाहीमा एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा बलरा नगरपालिका वडा नं ९ अचलगढ बस्ने ४० वर्षीय रुस...
प्रतिकृया लेख्नुहोस्: