कैलाली । रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ गरिरहेका छन् ।
लामो समयदेखिको खडेरी र सुक्खा मौसमका कारण बोरिङ र हेण्डपम्पमा समेत पानी आउन छाडेपछि रोपाइँ कसरी गर्ने भन्ने समस्या आएको किसानले बताएका छन् । “बोरिङ सुकेर जमिनमुनिको पानी आउन छाड्यो, मनसुनी वर्षा हुँदैन”, धनगढीका किसान हरि चौधरीले भने, “पर्याप्त वर्षा नहुँदा रोपाइँ गर्न पाएका छैनौँ ।”
धनगढीमा शनिबार खेत जोत्दै गरेको भेटिएका चौधरीले कतिपय गाउँ बस्तीमा बोरिङ र हेण्डपम्पबाट पानी आउन बन्द भएको घटना गाउँमा पहिलोपटक अनुभव भएको बताए ।
पर्याप्त वर्षा नभएपछि असार १५ सम्म प्रदेशमा ४० प्रतिशत जग्गामा मात्रै रोपाइँ भएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । प्रदेशको झण्डै ४४ प्रतिशत जग्गामा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था छ । सतह सिँचाइ र भूमिगत पानीको सिँचाइसमेत गरी प्रदेशभरि ५६ प्रतिशत जग्गामा सिँचाइ सुविधा पुगेको जनाइएको छ ।
निर्देशनालयका निमित्त प्रमुख नरेन्द्र पनेरुले पर्याप्त वर्षा नहुँदा यस वर्ष असार १५ सम्म ४० प्रतिशत जग्गामा रोपाइँ भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष असार १५ सम्म ८० प्रतिशत जग्गामा रोपाइँ सकिएको थियो ।
पहाडी जिल्ला बैतडीमा सबैभन्दा बढी ६६ प्रतिशत जग्गामा रोपाइँ भइसकेको छ । सबैभन्दा बढी क्षेत्रफलमा धानखेती गरिने कैलालीमा २५ प्रतिशत जग्गामा रोपाइँ भएको छ ।
प्रदेशमा एक लाख ७४ हजार पाँच सय ५६ हेक्टर क्षेत्रफलको जग्गामा धान रोपाइँ हुन्छ । जिल्लागत रूपमा सबैभन्दा बढी कैलाली जिल्लामा ७१ हजार सात सय हेक्टर र कञ्चनपुरमा ४७ हजार पाँच सय हेक्टर जग्गामा रोपाइँ हुन्छ ।
सबैभन्दा कम बाजुरा जिल्लामा तीन हजार तीन सय १० हेक्टर जग्गामा रोपाइँ हुन्छ । धानको उत्पादन र उत्पादकत्वको दृष्टिमा कैलाली जिल्ला प्रदेशमा पहिलो स्थानमा छ । केही दिनदेखि मनसुन सक्रिय रहे पनि आजसम्म कैलाली र कञ्चनपुरसहितका जिल्लामा ठूलो वर्षा हुनसकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०९:२२
धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...
माघ १ गते, २०८२ - ०९:१८
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...
माघ १ गते, २०८२ - ०९:१५
काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...
माघ १ गते, २०८२ - ०८:०७
नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा
माघ १ गते, २०८२ - ०८:००
काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...
माघ १ गते, २०८२ - ०७:५५
काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...
माघ १ गते, २०८२ - ०७:४८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...
माघ १ गते, २०८२ - ०७:३४
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...




प्रतिकृया लेख्नुहोस्: