Ntc summer Offer
Khabar Dabali १९ असार २०८१ मंगलवार | 2nd July, 2024 Tue
NIMB

विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै

खबरडबली संवाददाता

काठमाडौँ । आज संसद् दिवस । अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो । 

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज सङ्घीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भङ्ग भएको थियो ।

देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसद्को निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशीला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसद्लाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् । 

उनीहरूका अनुसार लोकतान्त्रिक संसद्को आधारभूत चरित्र भनेको पारदर्शी, जनउत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।  बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा  क...

कांग्रेससँग मध्यरातमा सरकार ढाल्ने सहमति गरेका ओली प्रचण्ड भेट्न बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका छन्। कांग्रेससँग मध्यरातमा सरकार बनाउने सहमति गरेका ओली प्रच...

बन्दीपुरका सबै गाउँलाई पर्यटकीय स्थल बनाइँदै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले हरेक गाउँलाई पर्यटकीय ठाउँका रूपमा विकास गर्ने भएको छ। बन्दीपुर बजारभन्दा केही पर रहेका गाउँलाई पूर्वाधार विकास ...

एमालेले बोलायो सचिवालय बैठक, प्रदीप ज्ञवाली भन्छन्- नयाँ सरकार गठनको प्रक्रिया आजै अघि बढ्छ

काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। दिउँसो ३ बजे बस्ने गरी सचिवालयको बैठक बोलाएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।  बैठ...

देउवा र ओलीको फोटो राख्दै बालेनले लेखे- काले काले मिलेर खाउँ भाले

काठमाडौं । प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमति भएपछि काठमाडौं महानगरपालिका मेयर...

कांग्रेस-एमाले मिलेपछि छलफलमा रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को  सचिवालय बैठक बसिरहेको छ। बिहान ८ बजे सिंहदरबारमा सचिवालयको बैठक बसेको हो।  सत्ता फेरबदलको तयारीप...

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै

काठमाडौं । नेपाली कांग्रेससँग सहमति भएपछि नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । केहीबेरमै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको एमाले प्...

प्रचण्डले बोलाए आकस्मिक पदाधिकारी बैठक, राजीनामा दिने तयारी

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसबीच मिलेर सरकार बनाउने सहमति भएपछि प्रधानमन्त्री प्रचण्ड पार्टी पदाधिकारी बैठक बोलाएका छन्। अहिले बिहान ९ ब...

रविलाई गृहमन्त्रीबाट निलम्बन गर्न माग राख्दै परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग राख्दै हालिएको रिटको पेशी मंगलबार हुँदैछ। असार ७ गते ‘हेर्दाहेर्दै’मा परेको रिटमा मंगलबार पेशी ...

साउन २३ बाट हुन एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक(ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ। २०८० को एसईईमा सम्मिलित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy