Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

राष्ट्र्पपतिको उम्मेदवारी छोड्न बाइडेनमाथि दबाब

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकामा गत हप्ताको राष्ट्रपतिको बहस पछि, राष्ट्रपति जो बाइडेनमाथि आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्ने दबाब बढेको छ ।

८१ बर्षिय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टी भित्र उनले उम्मेदवारी छोड्नु पर्ने माग हुन थालेको हो ।

चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले आफ्नो परिवार र क्याम्पेनका अधिकारीहरुसँग यस विषयमा छलफल गरिरहेको अमेरिकी मिडियाहरुले दाबि गरेका छन् । साथै उनले छिटै डेमोक्रेटिक पार्टीका सांसद र गभर्नरहरुसँग छलफल गर्ने बताइएको छ ।

डेमोक्र्याटिक पार्टीका नेताहरूले उनलाई राष्ट्रपति पदको लागि आफ्नो उम्मेदवारी त्याग्न आग्रह गरिरहेका छन् ।  टेक्सासका सांसद लोयड डगेट डेमोक्रेटिक पार्टीका पहिलो नेता हुन् जसले सार्वजनिक रूपमा यो माग गरेका छन् ।

गत जुन २८ आयोजित राष्ट्रपति बहसको क्रममा, बाइडेन धेरै पटक हडबडिरहेको र सुस्त देखिएको थियो । सो बहस ट्रम्पले जितेका थिए । त्यसयता उनको उमेर र क्षमतामाथि पार्टीभित्र प्रश्न उठिरहेको छ ।

समाचार एजेन्सी रोयटर्सले गरेको सर्वेक्षणका अनुसार प्रत्येक ३ पार्टी नेतामध्ये १ जनाले यस हप्ता राष्ट्रपतिको उम्मेदवारीबाट बाइडेनले आफ्नो नाम फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।

अर्कोतर्फ बाईडेनले भने बहसमा राम्रो प्रदर्शन नगरेकोमा स्पष्टीकरण दिदै केही दिनसम्म आफू धेरै देशको भ्रमणमा गएको र लगातारको यात्राका कारण बहसको समयमा थाकेको बताएका छन् ।

बाइडेनले उम्मेदवारी फिर्ता लिनुपर्ने आवाज उठिरहेका बेला डेमोक्रेटिक पार्टीबाट सम्भावित उम्मेदवारको समेत चर्चा शुरु भएको छ । यस बीचमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पुर्व प्रथम महिला मिचेल ओबामाको नाम सबैभन्दा अगाडी रहेको छ ।

धेरै डेमोक्रेट नेताहरुले कमला ह्यारिशलाई उम्मेदवार बनाउनुपर्ने बताएका छन् । तर उनले ट्रम्पलाई टक्कर दिन भने मुश्किल हुने बताइएको छ । केहि डेमोक्रेटहरुले भने मिचेल ओबामा उम्मेदवार बनेमा ट्रम्प सजिलै पराजित हुने अनुमान गरेका छन् । तर मिचेलले भने आफु राष्ट्रपतिको दौडमा नभएको बताउदै आएकी छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending