Ntc summer Offer
Khabar Dabali २४ असार २०८१ आईतवार | 7th July, 2024 Sun
NIMB

हरित आवास कर्जा प्रवाह गर्न ग्लोबल आइएमई र भूमि डेभलपर्सबीच समझदारी

खबरडबली संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा।लि। तथा प्यासिफिक डेभलपर्स प्रा.लि.बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नं ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरूलाई सहज रूपमा कर्जा प्रवाह गर्नेछ ।

बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रा।लि।ले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरू खरिद गर्न चाहने ग्राहकलाई ३ कार्यदिन भित्र सरल र सहज कर्जा प्रवाह गर्नेछ ।

यसका साथ–साथै ग्लोबल आइएमई बैंक भूमि तथा प्यासिफिक डेभलपर्स प्रा।लि।ले निर्माण गर्ने परियोजनाको बैंकिङ पार्टनरको रूपमा समेत रहनेछ । उक्त समझदारी पत्रमा बैंककोतर्फबाट साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र डेभलपर्सकातर्फबाट संचालक वेंकटेश मुन्दराले हस्ताक्षर गरेका छन् ।

बैंकले १२ करोड रुपैयाँसम्म प्रवाह गर्ने हरित आवासीय घर कर्जा ७ वर्षसम्मको अवधिका लागि ८।९९ प्रतिशत स्थिर ब्याजदर र सोपश्चात् कूल कर्जा अवधिको अधिकतम ३० वर्षसम्मका लागि १।७५ प्रतिशतको प्रिमियम दरमा उपलब्ध हुनेछ ।

इको–फ्रेन्डली घर भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्याट खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपाय अवलम्बन गर्ने क्रममा विद्यमान उपायलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको–फ्रेन्डली उपायको मर्मत सम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिमाल सागर र अस्मिता अधिकारीको स्वरमा ‘पिर पर्या छ’ सार्वजनिक

काठमाडौं । गायक हिमाल सागर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिर पर्या छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा आर्यन राउतको शब्द, भीम बिसीको सं...

पोखरा विश्वविद्यालय अस्तव्यस्तः प्राध्यापकसँगै विद्यार्थीहरु पनि आन्दोलनमा

केन्द्रीय कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा पनि तालबन्दी

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१८ ग्यारजाती स्थित सडकमा बिन्दबासिनी चोकबाट सराङकोटत...

सरकार गठनका बिषयमा सदनमा जात्रा देखियोः ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकार गठनका बिषयमा सदनमा जात्रा देखिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा शाहीले कांग्रेस(एमालेबीच...

मनसुनी विपद्‌मा दुई दिनमा १४ जनाको मृत्यु

काठमाडौं । मनसुनी विपद्‌मा परी देशभर दुई दिनमा १४ जनाको ज्यान गएको छ ।  बाढी, पहिरो र डुबानमा परी आइतबार बिहानसम्म १४ जनाको ज्यान गएको नेपाल प्रहरीले ...

नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको सकुशल उद्धार गरिएको छ । वर्षाको कारण नारायणी नदीमा आएको बा...

पहिरोमा पुरिएर सात जनाको मृत्यु

काठमाडौं । पर्वतको फलेवास नगरपालिका १ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्य...

सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं । सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । केहीबेर अघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी म...

सुदूरपश्चिमः तराईमा डुबान र पहाडमा पहिरो जनजीवन प्रभावित, यातायात अवरुद्ध

कैलाली । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । कैलाली कञ्चनपुरको कयौँ बस्ती डुबानको चपेटमा परेका छन...

तोलाको एक लाख ४५ हजार नाघ्यो सुनको मुल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमावृद्धि भएको छ । आइतबार सुनको मुल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छ ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy