Ntc summer Offer
Khabar Dabali २५ असार २०८१ सोमबार | 8th July, 2024 Mon
NIMB

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

खबरडबली संवाददाता

कास्की । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो । 

जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए । 

उनका अनुसार जिल्लाका पाँच पालिकाका ७२ वडाका कुल ३० हजार ७४ बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । “एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ”, स्वास्थ्य कार्यलयका प्रमुख नेपालीले भने ।

कास्की जिल्लालाई विसं २०७५ असार २७ गते पहिलोपटक पूर्ण खोप घोषणा गरेपश्चात नयाँ जन्मने तथा अन्यत्रबाट जिल्लामा आई बसोबास गर्ने सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको पाएको उनले बताए ।

स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा घरपरिवार सर्वेक्षणका क्रममा भेटिएका खोप पूरा नगरेका एक सय ४० जना बालबालिकालाई खोप लगाइएको थियो । यसैगरी १५ महिनासम्मका सात हजार दुई सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यसैगरी १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार आठ सय ४७ बालबालिकालाई खोपको पहुँचमा ल्याइएको छ । कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्था तथा खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रदान हुँदै आएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । गण्डकीका सबै जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणापछि छिट्टै गण्डकी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने जानकारी दिए । 

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लीलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए । यसअघि जिल्लामा रहेका पाँचवटा स्थानीय तहलाई गत वैशाख र जेठमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिसकिएको थियो । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा एसमा अध्यक्ष र महासचिवपछि सबै पदाधिकारी र केन्द्रीय सदस्य सर्वसम्मत टुंग्याउने तयारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको महाधिवेशन शुक्रबार समापन हुँदैछ। काठमाडौंको प्रज्ञा भवनमा गत १६ गते शुरु भएको महाधिवेशन अन्य पदाधिकारी र केन...

फिक्कल-नयाँबजार सडक कालोपत्र, चार घन्टा लाग्ने ठाउँ अब पुगिन्छ आधा घन्टामै

इलाम । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ। सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थि...

सिन्धुलीका १८ वटा सामुदायिक विद्यालयको एसईई नतिजा शून्य

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुलीका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ।  सिन्धुलीका सरकारी र निजी गरी १४५ ...

प्रचण्डले राजीनामा नदिँदा सहज छैन ओलीको सत्तारोहण, राष्ट्रपति निर्णायक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधिसभाको विश्वास परीक्षण गर्ने भन्ने विषयले अनेक अडकलबाजी उत्पन्न गरिदिएका बेला उनको द...

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कास्की । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसक...

विद्यार्थी दुई, शिक्षक पनि दुई, प्रअको गुनासो- दिन बिताउन गाह्रो हुन्छ

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो...

ओलीको घोषणा- एसइई पुरक परीक्षा दिने विद्यार्थीलाई निःशुल्क कक्षा सञ्चालन गर्छौँ

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइईको पुरक परीक्षा दिने विद्यार्थीका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्न लागेको बताएका छन्।  एम...

बाढी पहिरोका कहर- मनसुन सुरु भएयता ५७ जनाको मृत्यु, तीन अझै बेपत्ता

काठमाडौं । मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपत्बाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत...

सीडीओलाई जिल्ला नछाड्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई  निर्देशन दिएक...

रारा तालमा डुबेर युवकको मृत्यु

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy