Ntc summer Offer
Khabar Dabali ७ कार्तिक २०८१ बुधबार | 23rd October, 2024 Wed
Investment bank

चीसो कथा

✍️ हेमन्त गिरी
✍️ हेमन्त गिरी

चीसो कथा 
अलिकति बाँच्न भनेर 
जन्मिएको मानिस 
अलिअलि गर्दै मर्दै जान्छ 
पुरिने गरी पूरा नमर्दा सम्म !
अलिकती मर्छ-
‘कमाइनस्’ भन्ने 
परिवारका लान्छानाहरु बाट 
अलिकती मर्छ-
‘फलानो जस्तै भइनस्’ भन्ने 
प्रेयसीका चाहनाहरु बाट !
अलिकति मर्छ-
‘दिन्छु’ भनेर लुटेका 
साथीभाइका सापटीहरु बाट 
अलिकति मर्छ-
‘गर्यो,रमायो,खायो’ भन्ने 
आफन्तका छटपटीहरु बाट !
थोरै मर्छ- सन्तानका अटेरीहरु बाट 
धेरै मर्छ- आफ्नै मनका अँधेरीहरु बाट !
कोही आउछ र क्रान्तिको गीत गाउन सिकाउँछ
उसलाई लाग्छ- अब त नाच्ने दिन आउलान् कि ! 
अर्को आउँछ र मुक्तिको मुट्ठी कस्न सिकाउछ 
उसले सोंच्छ- अब त बाँच्ने दिन आउलान् कि !
कलमले पो बचाउँछ कि भनेर
ऊ ठेलीका ठेली ज़िन्दगी लेख्छ
फेरि 
बन्दूकले पो जीवन बदल्छ कि भनेर 
ऊ बम पड्काउछ, बारूद उडाउँछ !
कहिले विज्ञानको हाँगो समाएर 
बैतरनी तर्न खोल्छ !
कहिले धर्मको काखमा बसेर 
आनन्द खोज्न निस्किन्छ !
ठगिएको छु भन्ने थाहा पाउँछ 
लुटिएको छु भन्ने चाल पाउँछ 
ऊ मुर्दा जस्तो बनेर सहन्छ सबथोक
किनकि
उसलाई जीवन जस्तै जीवन बाँच्नुछ एकपटक ! 
शरीरमा रोग पस्छ
ऊ दबाइ खाएर दबाउँछ !
तक़दीरमा शोक पस्छ 
ऊ रेलिमाई गाएर भगाउँछ !
बिहान बाँच्न भनेर घर बट निस्केको ऊ 
दिनभरी मरेर रातमा घर फिर्दा पनि 
बत्ती बाल्न छोड्दैन !!
रातभरि सपनाहरुलाई मारेर 
आफ्नै लाशमा लतपतिएको ऊ
बिहान सबेरै उठी 
सूर्यलाई धूप हाल्न छोड्दैन !!
कैयौं सासहरुलाई साथ दियो उसले 
तर 
कोही पनि बाँचे जसरी बाँचेको देखेन 
कैयौं लाशहरुलाई हात दियो उसले 
तर 
कोही पनि बाँचुन्जेल नमरेको देखेन !!
अचेल ऊ 
आफ्नै मृत्युको कथा लेखिरहेछ !
एकचित्त भई लेखिरहेछ !
कसैलाई नसुनी लेखिरहेछ !
कसै संग नबोली लेखिरहेछ !
‘ढोका खोल्नूस् न, चिया चीसो भयो’ 
‘ए हजुर, बाबा, बाबु,!’
लगातार आवाज आइरहेछन्-
ऊ सुन्दैन 
उसलाई सुन्नै मन छैन 
किनकि 
ऊ कथा लेखिरहेछ 
ऊ चीसो कथा लेखिरहेछ
ऊ चिसिएर कथा लेखिरहेछ !
ढिलो गरी ढोका खुल्छ !
एक कप चीसो चिया 
चिसै कथा माथि पोखिन्छ !
‘उस्तै उस्तैको मिलन एकदिन जरुर हुन्छ’ 
लेख्दैछ ऊ- 
मृत्यु कसरी यति सुन्दर हुन्छ ?! 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नारायण ज्वेलर्सले तिहारमा ‘ज्यालामा अदिकतम छुट अफर’ दिने

काठमाडौं । २७ वर्ष देखि सुनचाँदीको कारोबार गरिहेको राजधानीको न्युरोडस्थित नारायण ज्वेलर्सले तिहारको अवसरमा ‘ज्यालामा अदिकतम छुट अफर’ सार्वजनिक गरेको छ...

विद्युतीय साइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

झापा। झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कमल...

वीपी स्मृति कपः सेमिफाइनल समिकरण पूरा, श्रीलंका बाहिरियो

भैरहवा । भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तरक्लब क्रिकेट प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबारको पहिलो खे...

ग्लोबल आइएमई बैंक र क्यानाडाको आईसीआईसीआई बैंकबीच बैंकिङ्ग सहकार्यमा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडाबीच विभित्र बैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। यसस...

शुक्लाफाँटामा जङ्गल सफारी खुला

दोधारा चाँदनी  । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँ...

ओली सरकार १०० दिनमा राज्यको ढुकुटी लुटने काममा सफल भएको छः प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जो...

निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु, सात बेपत्ता

काठमाडौं । उत्तर बेंगलुरुमा निर्माणाधीन भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता छन् । यहाँ विगत चार दिनदेखि भारी वर्षा भइरहेको छ । ...

सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट दिएको छैन्ः नारायणकाजी श्रेष्ठ

विराटनगर। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताएका छन्। बुधबा...

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । प्रहरीले जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ गरेकाके छ । पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं ...

जुवातास खेलिरहेको अवस्थामा २१ जना जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशभरबाट २१ जना जुवाडे पक्रा गरेको छ । प्रहरीले काठमामडौंबाट १०, उदयपुरबाट ४ र बाँकेबाट ७ जनालाई पक्रााउ गरेको हो ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy