Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

"ढाँडे संझना"

पूर्व सांसद देवशंकर पाैडेल
पूर्व सांसद देवशंकर पाैडेल

बुट्याने, ढाँड सम्याई, पुर्खाकाे पाखुरी बल ।
कुला मुहान चाेक्टेमा, मैदाने-सैपुकाे भल ।।

पखेरा भीर काटेर, अक्करे पहरा छिनी ।
जवर्जस्त कुलाे झारे, बल-अक्कलले मिली ।।

भाेर्लेनी वनका पात, कुहेकाे पत्करे मल ।
कुबिण्डे तिरकाे कालाे, माटाे भत्की झर्याे तल ।।

बर्सेनि थुप्रिदै जाँदा, उर्बरा बाक्लियाे तह ।
ढाँडेकाे मलिलाे फाँट, धान-बाला झुल्याे लह ।।

आँप, अम्बा, भुँईं-रुख कटहर्, बडहर्, खन्यु । 
माल्बाेक, झप्री, घ्युकेरा, अमाराे, अमला-उन्यु ।।

अर्चल्, पुरुनी, ऐंसेलु, काली अँगेरीकाे रंग ।
जिब्रै कालाे गरि खायाे, गाेठाला साथीका संग ।।

पिडालु, जलुके साँप्रा, तिते-मिठे गिठाहरू ।
सिस्नेकाे साग-सिस्नाे झन्, बाँस तामा खुरूखुरु ।।

पिठाकाे हलुवा निल्न, क्या मिठा ! चखिला चिज ।
बिषालु खाद्यले ठाउँ, ओगट्दै जान्छ कि अब !!

भीर्खाेटाे वा शिलाजीत, बेलाैरी मुनीकाे भीर ।
गाेवर्कुण्ड, धनुर्बाण, रेखी, गाेठ्धुपकाे खिर ।।

बैरेनी र अमल्बाेटे, डिही, फेदी छ, मुन्तिर ।
पुस्ताैंदेखि चलिआयाे, खेतीपाती निरन्तर ।।

लेतीका भीरकाे आड, भाेर्लेनीकाे घना वन ।
चाेक्टे, छ्युरी लिखु मिल्छन्, ठाडाे छङ्छङ् गरिकन ।।

लेती-सैपु युगाैंदेखि, मित्रवत् एक आपस ।
मिले नाता पनि गाँसे, अझै मिल्छन्, युगाैं तक ।।

परिवर्तनकाे यात्रा, नगदे खेतीकाे युग ।
बुझ्दैछ गाउँठाउँले, जे गर्नु छ ! त्यही चिज ।।

(२०७४ भदाै १२ मन्थली, रामेछाप । पाैडेल रामेछाप–१ का पूर्व सांसद हुन् ।)

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending