Khabar Dabali १ जेष्ठ २०८३ शुक्रबार | 15th May, 2026 Fri
Investment bank

मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन

खबरडबली संवाददाता

काठमाडाैं । मुक्तकमणि तथा कवि तीर्थराज अधिकारीकृत मुक्तकसङ्ग्रह 'सारवत्'को राजधानीमा सार्वजनिकीकरण भएको छ । प्रमुख अभ्यागत यादव खरेलले अक्षरको खेती गर्ने दुई जनाले गरेको विश्लेषण नै मूल विश्लेषण भएको भन्दै दसौँ कृति लेखिसकेका अधिकारीलाई मुक्तकमणि सम्मान दिइएकामा खुसी व्यक्त गरे । 

आफूले पुस्तक आद्योपान्त अध्ययन गरेको भन्दै मुक्तकको सिद्धान्त अनुसार नै यो सङ्ग्रह रहेको खरेलको भनाइ थियो । जीवन, जगत् र प्रकृतिको सेरोफेरोमा मानिसको हेर्ने, पर्गेल्ने र अभिव्यक्त गर्ने तरिकाले नै कुनै कृति उत्कृष्ट वा मामुली भन्ने ट्याग लाग्ने हो भन्दै आफूलाई कार्यक्रममा सम्झेकोमा उनले आभार व्यक्त गरे ।

समालोचक लक्ष्मण गौतमले कृतिबारे परिचर्चा गर्दै मुक्तकको बाढी आएकोमा असन्तुष्टि व्यक्त गरे । 'उत्कर्ष हुँदै जाने र अन्तिम हरफले रहस्योद्घाटन गर्‍यो भने मात्र त्यो मुक्तक बन्छ जुन कुरा लघुकथाका सन्दर्भमा पनि हुबहु लागू हुन्छ ।' उनको भनाइ थियो । गौतमका अनुसार जसले लेख्ने पनि युग र परिवेश, समय र समाज हो । खालि फरक त पस्कने शैली मात्र हो । जता हेरे पनि असङ्गति देखिन्छ अनि त्यही कोर्छ त स्रष्टाले । उहाँले पनि तिनै असङ्गतिलाई पोख्नु भएको छ । 'शृङ्गारिक मुक्तक पनि छन् यहाँ जबकि उहाँको वय आठ दशकको सङ्घारमा छ । प्रेमका अनेक सन्दर्भ छन् यहाँ । कतिपय मुक्तक अत्यन्त भावपरक छन् । जीवन र जगत् लाई मुक्तकले सतही ढङ्गले हेरेका छैनन् बरू शाश्वत मूल्य बोक्छन् तिनले । कलात्मक मूल्यका दृष्टिले मुक्तकहरू अब्बल छन्', उनको कथन थियो ।

नेपाल मुक्तक प्रतिष्ठानका सल्लाहकार तथा चर्चित मुक्तककार ज्ञानुवाकर पौडेलले मुक्तककार तीर्थराज अधिकारीप्रति आभार व्यक्त गर्दै आजकलका मुक्तककार हिँड्न नजान्ने उड्न खोज्ने गरेको जिकिर गर्दै नवोदितहरूप्रति व्यङ्ग्य गरे । विदेशमा साहित्यानुरागीहरू खुब रूचिका साथ साहित्यिक कार्यक्रममा सरिक हुने बताउँदै तीर्थराजले अमेरिकामा मुक्तक प्रचारप्रसार गरेकोमा सन्तोष व्यक्त गरे ।

अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार तथा मुक्तककार तीर्थराज अधिकारीले नेपाल मुक्तक प्रतिष्ठान र प्रमुख अतिथि यादव खरेललाई कार्यक्रमको सारा श्रेय दिए । आफ्नो कृति पढिदिन तमाम साहित्यकारहरूलाई आग्रह गर्दै उनले आफ्ना दुई मुक्तक वाचन गरे । अधिकारीलाई काव्य म्युजिक अवार्ड -२०८०  हस्तान्तरण गरिएको थियो भने यादव खरेललाई मायाको चिनो अर्पण गरिएको थियो ।

कार्यक्रममा उपस्थित अभ्यागत, आमन्त्रित साहित्यकार एवम् साहित्यानुरागीहरूलाई साहित्यकार तथा नेपाल मुक्तक प्रतिष्ठानका सदस्य दिव्य गिरीले स्वागत गरे । मुक्तककार यादव भट्टराईले सहजीकरण गरेको सो कार्यक्रमलाई प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति रामकाजी कोनेले बिट मार्दै सारा उपस्थित साहित्यकारहरूलाई मुक्तक रचना गर्न उत्प्रेरित गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डोजरपछि डाँडापारि जीवन: ‘हामीलाई हटाइयो, अब कहाँ बस्ने ?’

बनेपा। वैशाख २४ गते साँझ तीन वटा गाडी बनेपास्थित रेडक्रस तालिम केन्द्र अगाडि रोकिए । गाडीभित्र थिए काठमाडौं उपत्यकाका विभिन्न सुकुमबासी बस्तीबाट हटाइए...

संसद्मा विपक्षी खाली हुँदै गए, एमाले पनि बाहिरियो, कांग्रेस उभिएरै विरोधमा

काठमाडौं । प्रतिनिधिसभामा सरकार र विपक्षीबीचको टकराव झन् तीव्र बनेको छ । प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमा अर्थमन्त्री स्वर्णीम वाग्लेले नीति तथा...

सभामुखको निर्णयपछि संसद् तातियो, तीन दलले गरे बैठक बहिस्कार

काठमाडौं । प्रतिनिधिसभामा तनाव चुलिएको छ । सभामुख डिपी आर्यालले विपक्षीको विरोधबीच पनि बैठकको कारबाही अघि बढाएपछि तीन विपक्षी दलले संसद् बैठक बहिस्कार...

श्रम संस्कृति पार्टीद्वारा संसद बैठक बहिष्कार

काठमाडौं । श्रम संस्कृति पार्टीले संसद बैठक बहिष्कार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नीति तथा कार्यक्रममा उठेका प्रश्नमाथि जवाफ दिन नआउने भएपछि ...

इबिडिङ ‘ह्याक’ प्रकरणमा विक्रम पाण्डे धरौटीमा रिहा, कम्युटर अपरेटर भने थुनामै

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डे ४ लाख धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।  इबिडिङको सफ्टवेयरमा अनधिकृत प्रवेश गरेर ठेक्का हत्या...

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममाथि जवाफ दिन प्रधानमन्त्री बालेन शाह नै उपस्थ...

खेतको डिलदेखि भीरपाखासम्म छरिएका ४ सय वर्ष पुराना अभिलेख

संरक्षण नहुँदा जोखिममा नेपालको दुर्लभ इतिहास

कीर्तिपुरमा गोली चल्याे, एकजना पक्राउ

काठमाडौं । काठमाडौंको ककिर्तिपुुरमा प्रहरीले गोली चलाएर हत्या अभियोगका मुख्य आरोपीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार विपिन घिमिरे हत्या प्रकरणमा संल...

ललितपुरमा नक्कली सुन देखाई ५ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं । नक्कली सुन धितो राखी ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ  गरेको छ  ।  पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्न...

अध्यादेशमा सरकारलाई झट्का दिने तयारी, विपक्षीद्वारा अस्वीकृतिको सूचना दर्ता

काठमाडौं । संसद् अधिवेशन नभएको बेला सरकारले ल्याएका अध्यादेशहरू अब संघीय संसद्मै अड्किने संकेत देखिएको छ । विपक्षी दलहरूले ती अध्यादेश अस्वीकार गरियोस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending