Ntc summer Offer
Khabar Dabali २५ असार २०८१ सोमबार | 8th July, 2024 Mon
NIMB

मकवानपुरकाे मनहरीमा लडेर घाइते एक पुरुषको मृत्यु

खबरडबली संवाददाता

मकवानपुर । मकवानपुरको मनहरीमा सडकछेउमा लडिराखेको अवस्थामा फेला परेका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका– ८ मधुवन घर भई हाल चितवन खैरेनी नगरपालिका– ९ सिमलटाँडीमा लेबर काम गर्ने ३२ वर्षीय पुजन राम रहेको प्रहरीले जनाएको छ । 

मकवानपुर प्रहरीका अनुसार गएराति मनहरी गाउँपालिका– ६ सुनाचुरीमा रहेको पेट्रोलपम्पअगाडि लडेको अवस्थामा उनलाई भेटिएको थियो । उनको भाइ नाता पर्ने २० वर्षीय राजेश रामले फेला पारी प्रहरी चौकी सुनाचुरीमा खबर गरेका थिए । 

घटनास्थल पुगेको प्रहरीले घटनाबारे बुझ्दा पुजन खयरघारीबाट लोथर बजारतर्फ पैदल फर्कने क्रममा लडेर घाइते भएका थिए । उनको दाहिने आँखीभौँमाथि भित्री चोट लागेको प्रहरीले जनाएको छ । 

उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्‍याइएकोमा उपचारको क्रममा गएराति ११ बजेर ५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव पुरानो मेडिकल कलेज भरतपुरमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलालीमा वन्यजन्तुका लागि जङ्गलमै पोखरी निर्माण

कैलाली । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ । जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक ...

कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

धनगढी । कञ्चनपुरमा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीका अनुसार बाढीमा डुबेर तीन महिला, एक पुरु...

चीन भ्रमण उपलब्धिमूलक भयाे : उपसभामुख राना

काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चीन भ्रमण उपलब्धिमूलक भएको बताएकी छिन् । मित्रराष्ट्र चीनको सात दिने औपचारिक भ्रमण सम्पन्न गरी सोमब...

लालबकैया नदीको बाँध क्षतिग्रस्त, मेयरसहित सुरक्षा निकायका प्रमुखहरुद्वारा निरीक्षण

रौतहट । यस पटक मनसुन सक्रिय भएसंगै दैनिक जसो आउने गरेको बाढीको पानीले रौतहटस्थित लालबकैया नदी र बागमती नदीको बाँधमा कैयौं स्थानमा क्षती पुर्याएको छ । ...

‘आत्मविश्वास र आशा जगाउने गरी मौद्रिक नीतिको तयारी’

काठमाडौं । मुलुकको अर्थतन्त्रका देखिएको शिथिलता अन्त्य गर्न वित्त नीति अनुकूल हुने, बजार चलायमान बनाउने र निजी क्षेत्रको आत्मविश्वास जगाउने गरी आगामी ...

राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपति पौडेलले सोमबार...

कञ्चनपुरमा एक हजार ११२ परिवारलाई सुरक्षित ठाउँमा सारियो

कञ्चनपुरमा । कञ्चनपुरमा बाढीबाट प्रभावित १ हजार ११२ परिवारका ४ हजार १६५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । जिल्लाका २ तिहाई भुभाग बाढीबाट प्रभावित भए...

जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ ।...

तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी हडतालमा

एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङका कर्मचारीले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीनदिने आमहडताल सुरु गरेका छन् । सियोलबाट...

जयसूर्या बने श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक

काठमाडौँ । सनथ जयसूर्या श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बनेका छन् । श्रीलंका क्रिकेट बोर्डले सोमबार जयसूर्यालाई राष्ट्रिय टिमको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy