Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

महोत्तरीको गौशालावाट ११ बर्षिय वालिका बेपत्ता, अपहरण भएको आशंका

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा ११ बर्षीय वालिका ७ दिनदेखि वेपत्ता भएकी छन । गत विहिवार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो वेपत्ता भएकी हुन । 

वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा वस्ने १९ बर्षीय आकाश कुशवाहा एकैदिन वेपत्ता भएपछी बालिकाको परिवारले कुशवाहाले नै  वेपत्ता वनाएको हुन सक्ने आशंका  गरेका छन ।

यसैको आधारमा कुशवाहामाथी वेपत्ता वालिकाको परिवारले किटानी जाहेरी समेत दिएका छन । 'आफन्त र केही सुराकीको आधारमा छोरीलाई  कुशवाहाले लिएर गएको थाहा पाएका छौ ।' कृतिकाका वुवा संजय कुमार महतोले भने ।'उमेर नै नपुगेकी ११ बर्षीय छोरीलाई अपहरण शैलीमा भागाएपछी अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारवाहीको माग गरेका हौ ।'

वालिका काँहा छिन भन्ने बिषयमा मोबाइल फोन समेत प्रहरीले  ट्रयाकिङ्ग गरेको छ । ट्रयाकिङ्गको आधारमा ठाँउ पहिचान गर्दा वालिका आशंका गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको वेपत्ता वालिकाका परिवारजनले बताए ।
'हामी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौ त्याँहा कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पांयौ ।' वेपत्ता वालिकाका मामा देवनारायण महतोले भने । 'त्यसपछि उनीहरुले हामी खोजीरहेको थाहा पाएपछि कुशवाहाको हजुरवुवा प्रभु महतोको घरमा पुर्र्याएकोसम्म थाहा पाएका थियौ तर अहिले हाम्री भान्जी काँहा छिन भन्ने केही थाहा छैन ।'

प्रहरीलाई जाहेरी दिएको ५ दिन वितिसक्दा पनि खोजविनमा सुस्तता देखिएको भन्दै आफन्तहरुले गुनासो गरेका छन । यता प्रहरीले भने खोजविन प्रक्रियालाई तीव्रता दिएको र यस्को लागि संयन्त्रहरु समेत प्रयोग गरिरहेको दाबी गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सुर्य वहादुर राणाले मोबाइल फोन ट्र्याकिङ्ग गरेर थप खोजी भईरहेको बताए । उन्ले भने । 'हामी लागीरहेका छौ, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरु थुप्रै रहेछन हामीले घर-घरमा पुगेर समेत खोजी कार्यलाई तीव्र बनाएका छौ ।'

यता बालिका वेपत्ताको बिषयलाई लिएर मानवअधिकारवादीहरुले समेत ध्यानाकर्षण जनाएका छन । मानवअधिकारवादी संवद्व संस्था मधेश प्रदेश प्रमुख मंजु खतिवडाले वालिका बेपत्तालाई लिएर आफुहरुको ध्यानाकर्षण भएको बताएकी छन । 'उमेर नपुगेकी वालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अव अपहरण मुद्दामा वालिकाका आफन्त अगाडी बढनुपर्छ ।'

वेपत्ता भान्जीको बिषयमा माइती नेपाललाई समेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending