Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बागलुङमा पहिरोले छ परिवार विस्थापित, प्रहरी चौकी पुरियो

खबरडबली संवाददाता

बागलुङ । निरन्तर वर्षासँगै आएको पहिरोका कारण जिल्लामा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका-६ को सुल्डाँडाबाट वडा नम्बर ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । 

उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् । सुल्डाँडा-खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण स्थानीय रघुनाथ कँडेल, कृष्ण कँडेल र लक्ष्मी विकको परिवार विस्थापित भएका वडाध्यक्ष बृहस्पति कँडेलले जानकारी दिए । अहिले विस्थापित भीमसेन क्याम्पसमा बसिरहेका छन् । पहिरोमा परेका पशुचौपायालाई पनि सुरक्षित स्थानमा सारिएको उनले बताए । 

उनका अनुसार सोही ठाउँको टापुका ११ घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् । “पहिरोले सिङ्गो बस्ती नै जोखिममा परेको छ, अहिलेसम्म विस्थापित भएका परिवारलाई भीमसेन क्याम्पससहित अन्य सुरक्षित स्थानमा सारेका छौँ, अझै धेरै घर पहिरोको उच्च जोखिममा परेका छन्”, वडाध्यक्ष कँडेलले भने, “मानवीय क्षति हुन नदिन तयारी अवस्थामा उद्धारका लागि खटिएका छौँ ।”

पहिरोले वडा नम्बर ८ को सिरिमपाटाकी गौमती सुनार, मीनप्रसाद पुन र लालबहादुर रोकाको परिवार पनि विस्थापित भएका वडाध्यक्ष कँडेलले जानकारी दिए । यस क्षेत्रका एक दर्जन घर पहिरोको जोखिममा छन् । दुई सातादेखि निरन्तर पहिरो खस्दा भुँदीखोलाको पक्की पुल जोखिममा परेको उनले बताए । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बस्ती जोगाउन मेसिनको प्रयोग गरेर पहिरो हटाउन पहल गरिएको बताए । 

निरन्तर वर्षाका कारण पहिरो नरोकिएको भन्दै जोखिममा परेका बस्तीबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको उनले जानकारी दिए । उनका अनुसार विस्थापित परिवारलाई गाउँपालिकाले तत्काल बासको व्यवस्थापन गरेको छ । “वर्षा रोकिएको छैन, पहिरो पनि निरन्तर खसिरहेकाले धेरै घर जोखिममा छन्, अहिले हामी उद्धार र स्थानान्तरणमा जुटेका छौँ । पहिरो पन्छाएर बस्ती जोगाउने प्रयास गरिरहेका छौँ, वर्षा नरोकिँदा अझै जोखिम बढ्ने सम्भावना छ”, अध्यक्ष थापाले भने, “घरमा बस्न जोखिम भएपछि केहीले छिमेकीको घरमा आश्रय लिनुभएको छ भने केहीलाई सुरक्षित स्थान खोजेर राख्न थालेका छौँ ।”

प्रहरी चौकी पुरियो 

अविरल वर्षाका कारण पहिराले जिल्लामा प्रहरी चौकी पुरिएको छ । दुई दिनदेखि निरन्तर परेको वर्षाले चौकी माथिदेखि पहिरो खस्दा पञ्चकोट प्रहरी चौकीको भवन पुरिएको हो । पहिरोले बागलुङ-६ सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिढी र पर्खाल पनि भत्किएको छ ।

मानवीय क्षति नभए पनि चार कोठे भवनको तीन वटा कोठा पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि मन्दिर व्यवस्थापनले चौकी निर्माण गरेको भन्दै उक्त भवन पहिराले भत्किएपछि अन्यत्र सार्ने तयारी भइरहेको छ ।

अहिले जिल्ला प्रहरी कार्यालयबाट १० जना र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट १४ जनाको टोली घटनास्थल पुगेर उद्धार थालिएको प्रउ कँडेलले बताए । उक्त चौकीमा पाँच जना प्रहरी जवान बस्दै आएका थिए । प्रहरी उपरीक्षक कँडेलले भने, “अहिले पनि ठुलो पानी परिरहेको छ, पहिराले प्रहरी चौकी बगाएपछि यहाँ बस्दै आएका जवानलाई गण्डकी सभा हलमा व्यवस्थापन गरिएको छ । मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ ।” पहिराले पञ्चकोटमा निर्मित मन्दिरसहित अन्य संरचनामा क्षति पुर्‍याएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending