Ntc summer Offer
Khabar Dabali १९ आश्विन २०८१ शनिबार | 5th October, 2024 Sat
Investment bank

गण्डक ब्यारेजमा १६ वर्षयताकै उच्च बहाव मापन

खबरडबली संवाददाता

नवलपरासी पूर्व । नारायणी नदीको गण्डक ब्यारेजमा १६ वर्षयताकै उच्च बहाव मापन गरिएको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित नेपाल(भारत सिमानामा रहेको ब्यारेजमा आइतबार बिहान ८ बजेदेखि  प्रतिसेकेन्ड ४ लाख ४ लाख ४० हजार ७ सय ५० क्युसेक  पानीको प्रवाह भइरहेको छ ।

गण्डक नदी नियन्त्रण संर्घष समितिका प्रवक्ता एवम अधिकारकर्मी बृजराज कुशवाहाका अनुसार २०६५ साल साउन ८ गते प्रतिसेकेन्ड ४ लाख २९ हजार क्युसेक पानीको प्रवाह मापन भएको थियो। त्यसपछिको यो अधिकतम बाढीको मापन गरिएको हो । २०६५ सालमा ४ लाख २९ हजार क्युसेक पानीको प्रवाह हुँदा त्रिवेणीको डुठिया बाँध बगाएर बस्ती जलमग्न भएको थियो ।

७ लाख क्युसेक पानी भारवहन क्षमता भए पनि संरचना पुरानो भएकाले ५ लाख ७६ हजार क्युसेक मात्र भारवन क्षमता भएको गण्डक ब्यारेज भूआर्जन अधिकृत काशिनाथ हरिजनले बताए । ब्यारेजमा अहिले पानीको सतह घट्दो भए पनि वर्षा भइरहेकाले जोखिम कायमै रहेको उनले बताए। पानीको सतह बढेपछि शनिबार ब्यारेजको ३६ वटै ढोका खोलिएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन

तनहुँ । मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचन...

छ महिनामा चार अजिंगरको उद्धार

तनहुँ ।  डिभिजन वन कार्यालय तनहुँले चार अजिंगरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यही असोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्ध...

बागमतीका मुख्यमन्त्री र मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने भएका छन् । शुक्रबार बसेको प्रदेश...

संकटग्रस्त पालिका घोषणामा अन्याय भएको भन्दै सिन्धुपाल्चोकका सांसदको आपत्ति

काठमाडौँ । सिन्धुपाल्चोकका पाँच सांसदले सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रप्रति आपत्ति जनाएका छन्  । सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद माध...

पर्यटनमन्त्री र आन्दोलनरत क्याविन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनै पनि गतिविधि नगर्...

दशैं लागेसँगै उपत्यकाका शक्तिपीठमा दर्शनार्थीको भीड

काठमाडौं । दशैं सुरु भएसँगै शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लागेको छ । काठमाडौं उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको...

चाडपर्वको नजिक बाढीपहिरोको घटनाले यातायात क्षेत्र समस्यामा

काठमाडौँ । यातायात व्यवसायीहरुले बाढीपहिराले मुलुकभरका विभिन्न राजमार्गका पुल र बाटो बगाउँदा यातायात क्षेत्र समस्यामा परेका बताएका छन् । नेपाली कां...

चाडपर्व लक्षित खाद्य पदार्थ अनुगमनः दुईवटा फर्ममा अखाद्य पदार्थ भेटियो

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुईवटा फर्मको अनुग...

वरिष्ठ गीतकार विश्व वल्लभलाई मस्तिष्कघात

काठमाडौं । चर्चित गीतकार विश्व वल्लभ घरमै मस्तिष्कघात भएपछि अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । अचानक बिरामी परेपछि ८० वर्षीय वल्लभलाई अस्पताल भर...

पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप

पाल्पा । पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो । जिल्लाको अन्य स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy