पाल्पा । पाल्पामा धान बालीमा सेतो पुतलीको प्रकोप देखिएको छ । सेतो पुतलीका कारण धानको पात पहेँलो हुने र सुक्ने समस्या देखिएको हो ।
जिल्लाको अन्य स्थानमा आंशिक समस्या देखिए पनि रामपुर नगरपालिकामा प्रकोप देखिएको हो । मुख्य खाद्यान्न बाली धानमा प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । प्रकोप देखिएपछि उत्पादन घट्ने होकि चिन्ता थपिएको कृषकहरूले बताएका छन् ।
धान पसाउने समयमा पंहेलो हुने र सुक्ने समस्या देखिएकाले उत्पादन घट्ने चिन्ता बढेको रामपुर–८ का कृषक देवीलाल अधिकारीले बताए । विजयपुर कृषि सहकारी संस्था रामपुर –६, का अध्यक्ष ओमप्रकाश रेग्मीले बीउ उत्पादनका लागि लगाइएको धानमध्ये सावित्री जातको धानमा समस्या देखिएको बताए ।
उनले भने, ‘कृषकसँग समन्वय गरी सहकारीले विजयपुर र प्याकलुक क्षेत्रको ८ हेक्टरमा सावित्री र सातविसे क्षेत्रको ७ हेक्टरमा हर्दिनाथ –६ बीउका लागि लगाएका थियौँ । हर्दिनाथभन्दा सावित्री जातको धानमा समस्या देखिएको छ ।’ ७ मेट्रिक टन बढी बीउ उत्पादन गर्ने लक्ष्य लिएकोमा प्रकोप देखिएपछि उत्पादन घट्ने अवस्था आएको उनले बताए ।
रामपुर क्षेत्रमा तीन वर्षयता केही स्थानमा समस्या देखिन थाले पनि यस वर्ष ठुलो क्षेत्रमा समस्या देखिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । सावित्री र हाइब्रिड जातका धानमा धेरै प्रकोप देखिएको उनले बताए । नगरको एक हजार सातसय हेक्टर बढीमा धानखेती लगाइएकोमा ६ सय हेक्टरभन्दा बढीमा सेतो पुतलीको प्रकोप देखिएको जानकारी दिए ।
भदौको सुरुवातदेखि वडा नं। ४, ५, ६ र ७ मा प्रकोप बढी देखिएको उनले बताए । प्रकोप देखिन थालेपछि नगरपालिकाले व्यवस्थापनका लागि अभियान नै चलाएको थियो । धान खेतमा पुगेर किसानलाई प्रशिक्षण र व्यवस्थापन विधिसँगै उपचारका लागि औषधी पनि प्रदान गरिएको शाखा प्रमुख गैरेले बताए । “सुरुमा समस्या देखिनसाथ उपचार गरिएको धानमा प्रकोपको समस्या निराकरण भएको छ । धेरै समस्या देखिएका स्थानमा पनि क्रमिक सुधार हुँदै गएको छ” उनले भने ।
कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोषकुमार चौधरीले जिल्लाको अन्य क्षेत्रको तुलनामा रामपुर क्षेत्रमा बढी प्रकोप देखिएपछि निर्देशनालयलाई जानकारी गराएर आवश्यक राय लिई स्थानीय तहमा समन्वय गरी उपचार गरिएको बताए । रामपुरसँगै जिल्लाको माथागढी, तिनाउलगायत अन्य स्थानमा प्रकोप देखिएको र उपचार पश्चात् क्रमिक रूपमा सुधार भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: