काठमाडौँ । सिन्धुपाल्चोकका पाँच सांसदले सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रप्रति आपत्ति जनाएका छन् ।
सिन्धुपाल्चोकबाट निर्वाचित संघीय सांसद माधव सापकोटा तथा प्रदेश सांसदहरु युवराज दुलाल, कुमारी लामा, सरल सहयात्री र अमृता नेपालले हस्ताक्षर गर्दै जिल्लाको भोटेकोशी गाउँपालिकाको नाम मात्र समावेश गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
आपत्ति जनाउनेमा लामा राप्रपाकी सांसद हुन् भने अन्य चारै जना माओवादीका सांसद हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को अवस्था मूल्यांकन गरेर संकटग्रस्त क्षेत्र घोषणा गर्न शुक्रबार नै सरकारसमक्ष सिफारिस गरेको थियो र सरकारले शुक्रबारनै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकासहित ४१ स्थानीय तहलाई विपद संकटग्रस्त घोषणा गरेको थियो ।
सिन्धुपाल्चोकका सांसदहरुले प्रमुख जिल्ला अधिकारीले आफू खुसी निर्णय गरेर एउटा पालिकालाई मात्र सिफारिस गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनीहरुले भनेका छन्
‘सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नाम मात्रै समावेश भएको सूचना बाहिर आएको छ, यो स्वाभाविक छ । असोज ११ र १२ गतेको भारी बर्षा, बाढी र पहिरोमा परि सिन्धुपाल्चोकका लिसंखु पाखर, सुनकोशी र जुगल गाउँपालिकामा मानवीयसहित ठूलो भौतिक क्षति भएको छ । बलेफी, चौतारा साँगाचोकगढी, पाँचपोखरी थाङ्पाल र बाह्रबिसेमा ठूलो भौतिक क्षति भएको छ । मेलम्चि र हेलम्बु विपद्बाट गुज्रिरहेका छन् । अरनिको लोकमार्गसहितका सहायक राष्ट्रिय लोकमार्गहरु छियाछिया भएका छन् । किसानका धान बगेका र पुरिएका छन् । पहिरो र नदी कटानले स्थानीय बासिन्दालाई त्राहिमाम बनाएको छ । यस्तो अवस्थामा सिन्धुपाल्चोकका सन्दर्भमा गरिएको विपद संकटग्रस्त क्षेत्र घोषणा अपूर्ण र विना तयारी गरिएको देखिन्छ । संवेदनशील विषयमा सरकारले गरेको हचुवा र गैर जिम्मेवार निर्णयप्रति हाम्रो गम्भीर आलोचनासहित आपत्ति छ ।'
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम २०७७ असोज ६ गते सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई र २०७८ साउन ४ गते सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई नै विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको तथ्य सांसदहरुले स्मरण समेत गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ-
दशक यता सिन्धुपाल्चोकले प्राकृतिक विपत्तिबाट कहालीलाग्दो क्षति बेहेरिरहेको तथ्यांक जिल्ला प्रशासन, राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल सरकार, गृह मन्त्रालयसँग सुरक्षित छ भन्ने हाम्रो विश्वास छ । सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिका रुपमा यि विषयहरु संघीय संसद र प्रदेश सभामा पनि पटक पटक उठाइरहेको स्मरण गराउँदै क्षति पुगेका स्थानीय तहहरुको यकिन तथ्यांकका आधारमा विपद संकटग्रस्त क्षेत्र घोषणाको कार्यलाई पुनरावलोकन गरी सूचिमा थप गर्न सम्वद्ध निकायहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २३ गते, २०८२ - २२:१२
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ करिब ४ घण्टा बन्द भएपछि पुनः सञ्चालनमा आएको छ। विमानस्थलमा साँझ साढे ५ बजे ‘एयर फिल्ड लाइटिङ’ प्...
कार्तिक २३ गते, २०८२ - २२:०१
पाल्पा । पश्चिमी पाल्पाको भैरव नमुना माध्यमिक विद्यालयले आफ्नो दीर्घकालीन सहयोगी, केश बहादुर कुमाल दाइलाई चार दशकभन्दा बढी समय विद्यालयका लागि निःस्वा...
कार्तिक २३ गते, २०८२ - २१:४६
काठमाडौं । हिमालय क्षेत्रका देशहरूमा प्रभावकारी सञ्चार र सामाजिक विकासका उपायहरूमा छलफल गर्न तेस्रो परा-हिमालय सञ्चार तथा सामाजिक संगोष्ठी काठमाडौंमा ...
कार्तिक २३ गते, २०८२ - २१:३२
काठमाडौं ।राजधानीको कलंकी मन्दिर परिसर शनिबार बिहानदेखि असामान्य चहलपहलपूर्ण देखिन्थ्यो। मन्दिर प्राङ्गणमा विभिन्न उमेरका नागरिक स्वास्थ्य परीक्षणका ल...
कार्तिक २३ गते, २०८२ - २१:१५
जनकपुरधाम । मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनलको २५ दिनको सरकार ढल्दा, प्रदेशीय राजनीति पुनः अस्थिर अवस्थामा पुगेको छ। तर यो केवल सरकार ढल्नुको ...
कार्तिक २३ गते, २०८२ - २०:५२
मुद्दा सामान्य ठान्न ओलीकाे आग्रह “बहुविवाह त सुवास नेम्वाङले पनि गर्नुभयो नि”
कार्तिक २३ गते, २०८२ - २०:३६
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘रनवे लाइटिङ सिस्टम’मा समस्या आउँदा शुक्रबार बिहानदेखिनै विमान उडान र अवतरण पूर्णरू...
कार्तिक २३ गते, २०८२ - २०:२९
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनको राजीनामा स्वीकृत गरेकी...
कार्तिक २३ गते, २०८२ - २०:२६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन फेरि एकपटक स्थगित गर्दै प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छ...
कार्तिक २३ गते, २०८२ - २०:२३
फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट, आन्तरिक उडानहरू स्थगित




प्रतिकृया लेख्नुहोस्: