Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

गाजा युद्ध १० औँ महिनामा प्रवेश, ३८ हजारभन्दा बढी प्यालेस्टिनी व्यक्तिको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । हमासले दक्षिणी इजरायलमा गत बर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ । यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् । 

हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने लडाकू समूहले २५० जना बन्धक बनाएको थियो । युद्ध विराम र कैदी आदान प्रदान सम्झौतापछि हमासले १०० भन्दा बढी व्यक्तिलाई रिहा गरेका थिए भने यसको तेब्बर सङ्ख्यामा प्यालेष्टिनी बन्दी रिहा भएका थिए । हिंसा रोक्नको लागि नयाँ कुटनीतिक प्रयासहरू जारी छन् । 

इजरायलले कतारको दोहामा हालै सुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आगामी दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका छन् । “वार्तालाई निरन्तरता दिन अर्को हप्ता इजरायली वार्ताकार दोहा जाने सहमति भएको छ । इजरायली राजनीतिक पार्टीहरूबीच युद्धलाई हेर्ने सम्बन्धमा अझै पनि मतभिन्नता छ,” प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसैबीच गाजामा जारी द्वन्द्व निरन्तर जारी रहेको प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार इजरायली आक्रमणमा मारिएका दुई बालबालिकासहित छ जनाको शव मध्य शहर देइर अल–बलाहस्थित अल अक्सा शहीद अस्पतालमा आइपुगेको जनाएको छ । गाजा शहरको उत्तरी क्षेत्रमा रहेको एक घरमा इजरायली आक्रमणमा परी छ जनाको मृत्यु भएको पनि पारामेडिक्सले जानकारी दिएका छन् । 

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले मध्य गाजाको नुसिरातमा विस्थापितलाई आश्रय दिइरहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) ले सञ्चालन गरेको विद्यालयमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको जनाएको थियो । इजरायली सेनाले आफ्नो विमानले अल–जवानी विद्यालय वरपर सक्रिय ‘आतङ्ककारी’लाई निशाना बनाएको बताएको छ । सेनाले यसअघि गाजापट्टीको उत्तरमा शुजैया, दक्षिणमा देइर अल–बलाह र रफाहलगायत अधिकांश क्षेत्रमा अभियान सञ्चालन गरेको बताएको थियो । 

शुजैया ती क्षेत्रहरूमध्ये एक हो जुन सेनाले पहिले हमासबाट मुक्त भएको घोषणा गरेको थियो, तर यहाँ फेरि युद्ध सुरु भएको छ । हमासको प्रेस कार्यालय र पारामेडिक्सले स्थानीय सञ्चारमाध्यममा कार्यरत चार जना पत्रकारको शनिबार राति भएको आक्रमणमा मारिएको र युएनआरडब्लुएले आफ्ना दुई कर्मचारीको मृत्यु भएको जनाएको छ । गाजामा वितरण गरिने अधिकांश सहायताको समन्वय गर्ने यूएनआरडब्लुएले युद्धमा आफ्ना १९४ जना कर्मचारीको मृत्यु भएको जनाएको छ । 

कतार र इजिप्टसँगै युद्धविराम वार्ताको मध्यस्थता गरेको संयुक्त राज्य अमेरिकाले दुवै पक्षका लागि ‘निकै महत्वपूर्ण खुलापन’ भएको भन्दै सम्झौताको सम्भावनाबारे कुरा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए । 

यसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेना फिर्ता र प्यालेस्टाइनी लडाकूद्वारा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्नु समावेश थियो ।
वार्ता पछि रोकियो, तर एक अमेरिकी अधिकारीले बिहीबार दिएको जानकारी अनुसार हमासको नयाँ प्रस्तावले प्रक्रियालाई अगाडि बढाउँछ र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending