Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

गाजा युद्ध १० औँ महिनामा प्रवेश, ३८ हजारभन्दा बढी प्यालेस्टिनी व्यक्तिको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । हमासले दक्षिणी इजरायलमा गत बर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा युद्ध सुरू गरेको आइतबार १० औँ महिना सुरू भएको छ । यो अवधिमा प्यालेस्टिनी भूमिमा ३८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । युद्धका कारण लाखौँ मानिस विस्थापित भएका छन् । 

हमासले अक्टोबर ८ मा गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो भने लडाकू समूहले २५० जना बन्धक बनाएको थियो । युद्ध विराम र कैदी आदान प्रदान सम्झौतापछि हमासले १०० भन्दा बढी व्यक्तिलाई रिहा गरेका थिए भने यसको तेब्बर सङ्ख्यामा प्यालेष्टिनी बन्दी रिहा भएका थिए । हिंसा रोक्नको लागि नयाँ कुटनीतिक प्रयासहरू जारी छन् । 

इजरायलले कतारको दोहामा हालै सुरु भएको युद्धविराम वार्तालाई निरन्तरता दिन आगामी दिनमा एक प्रतिनिधिमण्डल पठाउने बताएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका प्रवक्ताले युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता कसरी गर्ने भन्ने विषयमा हमाससँग ‘भिन्नता’ कायमै रहेको बताएका छन् । “वार्तालाई निरन्तरता दिन अर्को हप्ता इजरायली वार्ताकार दोहा जाने सहमति भएको छ । इजरायली राजनीतिक पार्टीहरूबीच युद्धलाई हेर्ने सम्बन्धमा अझै पनि मतभिन्नता छ,” प्रवक्ताले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसैबीच गाजामा जारी द्वन्द्व निरन्तर जारी रहेको प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार इजरायली आक्रमणमा मारिएका दुई बालबालिकासहित छ जनाको शव मध्य शहर देइर अल–बलाहस्थित अल अक्सा शहीद अस्पतालमा आइपुगेको जनाएको छ । गाजा शहरको उत्तरी क्षेत्रमा रहेको एक घरमा इजरायली आक्रमणमा परी छ जनाको मृत्यु भएको पनि पारामेडिक्सले जानकारी दिएका छन् । 

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयले मध्य गाजाको नुसिरातमा विस्थापितलाई आश्रय दिइरहेको प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लुए) ले सञ्चालन गरेको विद्यालयमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको जनाएको थियो । इजरायली सेनाले आफ्नो विमानले अल–जवानी विद्यालय वरपर सक्रिय ‘आतङ्ककारी’लाई निशाना बनाएको बताएको छ । सेनाले यसअघि गाजापट्टीको उत्तरमा शुजैया, दक्षिणमा देइर अल–बलाह र रफाहलगायत अधिकांश क्षेत्रमा अभियान सञ्चालन गरेको बताएको थियो । 

शुजैया ती क्षेत्रहरूमध्ये एक हो जुन सेनाले पहिले हमासबाट मुक्त भएको घोषणा गरेको थियो, तर यहाँ फेरि युद्ध सुरु भएको छ । हमासको प्रेस कार्यालय र पारामेडिक्सले स्थानीय सञ्चारमाध्यममा कार्यरत चार जना पत्रकारको शनिबार राति भएको आक्रमणमा मारिएको र युएनआरडब्लुएले आफ्ना दुई कर्मचारीको मृत्यु भएको जनाएको छ । गाजामा वितरण गरिने अधिकांश सहायताको समन्वय गर्ने यूएनआरडब्लुएले युद्धमा आफ्ना १९४ जना कर्मचारीको मृत्यु भएको जनाएको छ । 

कतार र इजिप्टसँगै युद्धविराम वार्ताको मध्यस्थता गरेको संयुक्त राज्य अमेरिकाले दुवै पक्षका लागि ‘निकै महत्वपूर्ण खुलापन’ भएको भन्दै सम्झौताको सम्भावनाबारे कुरा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए । 

यसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेना फिर्ता र प्यालेस्टाइनी लडाकूद्वारा बन्धक बनाइएका बन्धकहरूलाई मुक्त गर्नु समावेश थियो ।
वार्ता पछि रोकियो, तर एक अमेरिकी अधिकारीले बिहीबार दिएको जानकारी अनुसार हमासको नयाँ प्रस्तावले प्रक्रियालाई अगाडि बढाउँछ र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE