हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्री अनुपस्थित भएका छन् । आइतबार साँझ ७ बजेका लागि तय गरिएको मन्त्रीपरिषद् बैठकमा एमालेका मन्त्रीहरू अनुपस्थित भएका हुन् ।
एमाले र कांग्रेस सत्ता साझेदारीमा रहेकाले एमालेका मन्त्रीहरू सरकारबाट बाहिरिने तयारीमा रहेका छन् । सोही कारण बैठक उपस्थित नभएको एमालेका एक मन्त्रीले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री हेटौंडा आएलगत्तै राजीनामाको तयारी गरिएपनि मुख्यमन्त्रीकै आग्रहमा सोमबार मात्र राजीनामा दिने तयारी भएको छ । प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ रहेका छन् ।
बैठकमा एकीकृत समाजवादीका ३, माओवादी केन्द्रका मुख्यमन्त्रीसहित ४ जना मन्त्री सहभागी भएका छन् । बैठकमा एकीकृत समाजवादीका कृषि तथा पशुपन्छी मन्त्री राजेन्द्रमान श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री रमा आले मगर, श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल शरद उपस्थित भएका छन् । हाम्रो नेपाली पार्टीका सांसद एवं संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्य भने जिल्ला बाहिर रहेकाले बैठकमा उपस्थित भएनन् ।
बैठकमा भरतपुरस्थित निर्माणाधीन गौतम बुद्ध क्रिकेट रङ्गशालाका लागि अपुग १ करोड रुपैयाँ रकमान्तर गर्ने र कृषि तथा पशुपन्छी विकास मन्त्री श्रेष्ठको वैदेशिक भ्रमणका बारेमा निर्णय हुने कार्यसूची रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - २०:०८
काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...
पौष १२ गते, २०८२ - १९:३४
कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...
पौष १२ गते, २०८२ - १९:२८
काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...
पौष १२ गते, २०८२ - १९:२३
काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...
पौष १२ गते, २०८२ - १९:१६
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...
पौष १२ गते, २०८२ - १९:०५
सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...
पौष १२ गते, २०८२ - १८:२३
काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...
पौष १२ गते, २०८२ - १८:२०
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...
पौष १२ गते, २०८२ - १८:१७
काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...
पौष १२ गते, २०८२ - १८:१४
टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...




प्रतिकृया लेख्नुहोस्: