Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

निरन्तरको वर्षाले कञ्चनपुर जलमग्नः १६ सय बढी विस्थापित

खबरडबली संवाददाता

कैलाली। निरन्तर परेको अविरल वर्षाको कारण कञ्चनपुर जलमग्न भएको छ । यहाँका अधिकांश पालिका डुबानमा परेका छन् ।

अहिलेसम्म कञ्चनपुरमा ४६६ परिवारका १ हजार ६२२ विस्थापित भइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका बेलौरी नगरपालिका,पुनर्वास नगरपालिका लगायतका क्षेत्र भारी वर्षाका कारण डुबानमा परेका छन् ।

डुबानमा परेका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ। उनीहरूलाई विद्यालय र आफन्तको घरमा राखिएको प्रहरीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरमा ६२०.४ मिलिमिटर पानी परेको छ। भारी वर्षाका कारण अझै बस्तीहरू डुबानमा पर्ने क्रम बढ्दै गएको डिएसपी जोशीले जानकारी दिए ।

लगातारको वर्षा पछि पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको सुडा चोकमा बाढीले पुल भत्काएको छ । पुल भत्केपछि आइतबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली नोट सहित दुई जना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूम...

लागूऔषधसहित ११ जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ ह...

खाद्यले बेच्न थाल्यो खसी र च्याङ्ग्रा

काठमाडौं । खाद्य व्यवस्था कम्पनीले आइतबारदेखि दशैं लक्षित खसी र च्याङग्रा बेच्न सुरु गरेको छ । आइतबार बिहान ८ बजेदेखि बिक्री सुरु गरेको कम्पनीले जनाएक...

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

काठमाडौँ ।  बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने आझै १९ जना अझै बेपत्ता रहेका छन् ।  गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट १७९ जना...

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाय...

भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जाँदै

बनेपा । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्च...

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले प...

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ   २१ जना बे...

वडा कार्यालयबाट नुन वितरण भएपछि स्थानीयलाई सहज

जुम्ला ।  जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि  पाँच केजीको नुन खरिद ...

एक वर्षसम्म पनि पाएनन् अरुण तेस्रो प्रवेशमार्गका स्थानीयले मुआब्जा

संखुवासभा । निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका स्थानीयवासीले एक वर्षसम्म पनि मुआब्जावापत्‌को रकम पाएका छैनन् । व...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy