बिराटनगर । महिलाहरुलाई यौन व्यवसाय लगाउने एक युवतीलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालीका वडा नं.–८ गरामनी बस्ने बर्ष २४ की सन्ध्या चुडाल रहेकी छन् ।
उनले विराटनगर महानगरपालिका वडा ११ मा घर भाडामा लिई विभिन्न स्थानबाट महिलाहरुलाई जम्मा पारी विराटनगर लगायत आसपासका इलाकामा रहेका होटल, गित गजल, डान्सबारहरुमा काम लगाई दिने बाहानामा यौन व्यवसायमा जबरजस्ती लगाउने गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
उक्त कार्यमा संलग्न भएको भनी पिडितबाट खुल्न आएकोले निजलाई पक्राउ गरिएको र अन्य संलग्न व्यक्तीहरुको खोजी कार्य भईरहेको एसपि कार्कीले बताए । पिडितहरुले दिएको किटानी जाहेरी अनुसार पिडित महिलाहरुलाई प्रलोभनमा पारी विराटनगरमा झिकाई बोलाई डर, त्रास, धम्की र कुटपिट समेत गरी यौन व्यवसाय कार्यमा जबरजस्ती लगाउने गरेको पाईएको उनले बताए।
उनीहरुको समूहले यौन व्यवसाय,मानव बेचविखन तथा ओसारपसार अपराध गरेको खुल्न आएकोले पिडितहरुको स्वास्थ्य जांच तथा प्रारम्भिक अनुसन्धान सम्पन्न गरी उक्त कसुरमा संलग्न निज प्रतिवादी संध्या चुडाललाई मोरङ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । उनीविरुद्ध मानव बेचबिखन मुद्दा चलाउने छ भने यसमा संलग्न अन्यको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २० गते, २०८१ - १५:१८
रौतहट । चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूम...
आश्विन २० गते, २०८१ - १५:१७
दाङ । दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ ह...
आश्विन २० गते, २०८१ - १५:१२
काठमाडौं । खाद्य व्यवस्था कम्पनीले आइतबारदेखि दशैं लक्षित खसी र च्याङग्रा बेच्न सुरु गरेको छ । आइतबार बिहान ८ बजेदेखि बिक्री सुरु गरेको कम्पनीले जनाएक...
आश्विन २० गते, २०८१ - १५:११
काठमाडौँ । बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने आझै १९ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट १७९ जना...
आश्विन २० गते, २०८१ - ११:२३
काठमाडौं । काठमाडौं उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाय...
आश्विन २० गते, २०८१ - ११:०४
बनेपा । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्च...
आश्विन २० गते, २०८१ - १०:५६
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले प...
आश्विन २० गते, २०८१ - १०:५३
दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बे...
आश्विन २० गते, २०८१ - १०:४५
जुम्ला । जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद ...
आश्विन २० गते, २०८१ - १०:४३
संखुवासभा । निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका स्थानीयवासीले एक वर्षसम्म पनि मुआब्जावापत्को रकम पाएका छैनन् । व...
प्रतिकृया लेख्नुहोस्: