Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

बिश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला सुरु

खबरडबली संवाददाता

रौतहट। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मन्दिरमा बड़ा दशैंको घटस्थापनाको दिन पूजा भएसँगै मेला सुरु भएको हो ।

मेला सुरुहुनु केहीदिन अघि मेलाको वैभवको रुपमा शोभायात्रा निकालिएको थियो। मन्दिर परिसरबाट बाजा गाजा हात्ती घोडा ऊँट झाँकी सहित हजारौँ मानिसको सहभागितामा शोभायात्रा निकालिएको थियो ।

मेला सञ्चालन तथा व्यवस्थापन मुल समितिका अध्यक्ष मेयर उपेन्द्र यादवले शोभायात्रा पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अगामी मंसिरमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजनलाई सबै प्रकारको सुविधाको लागि समिति प्रतिबद्ध रहेको बताएका थिए । 

बिशेष मेला कहिले देखि सुरु हुन्छ ?

मङ्सिर शुक्ल पक्ष सप्तमी तिथिका दिन झाँक्रीले विधिपूर्वक बिशेष रूपमा तान्त्रिक पुजा गरी पञ्चवलिबाट बलि दिने परम्परा रहिआएको छ। सोहि अवधीमा बिशेष मेला सुरुहुन्छ र लाखौं मानिस देशी बिदेशी मेला भर्न आउने गर्दछन्। मेलाको रिपोर्टिङका लागि संसारकै मिडियाका रिपोर्टरहरु बरियारपुर केन्द्रित हुने गर्दछन।

यसपालिको मेलामा ६०  लाख भन्दा बढी दर्शनार्थिहरु आउने लक्ष्य लिएको मेलाको प्रवक्ता विजय स्वर्णकारले बताएका छन् । एक महिनासम्म लाग्ने मेलामा नेपाल भारत लगायत सार्क राष्ट्रका श्रद्धालुहरू दर्शन गर्न आउने गर्दछन्। मेलामा मनोरञ्जनका लागि विभिन्न किसिमका ठुला(ठुल्ला खेल तमासा मौतका कुँवा, सरकस , रोटे पिङ लगायत प्रबन्ध गरिएको छ । मेला अवधीमा शान्तिसुरक्षाको लागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयं सेवक लगायत परिचालन गरी  व्यवस्था मिलाइएको बाराका सिडियो शशिधर घिमिरेले बताएका छन् ।

संसारमै सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर स्थित पञ्च गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ । पशु अधिकारकर्मीहरूले बेला बेलामा पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता अनुसार भाकल पूरा गराउन सर्वसाधारण भक्तजनले बलि दिने गरेका छन् ।

गढीमाई मन्दिरमा मुसा, परेवा, बोका, राँगा र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन् । मन्दिरका मूल तान्त्रिक दुखन धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएपछि गढीमाई मन्दिरमा बलि सुरु हुने गर्दछ। तान्त्रिक दुखन धामीको मृत्यु भएपछी मान्यता अनुसार उनको जेष्ठ छोरा तान्त्रिक उमाशंकर धामी कछाडियाले यस पटक  आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर चढाएपछि बलि शुरु हुन्छ ।

अघिल्लो मेलामा  ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि  दिइएको थियो। बोका, राँगाको बलि नदिने भक्तजनहरुले मन्दिर छेउमै परेवा उडाउने गर्छन् ।

गढीमाई मन्दिरको धार्मिक मान्यता र ईतिहाँस

किम्बदन्ति अनुसार हजारौँ वर्ष पहिले जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई आफ्नो गाउँमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दु: ख पीडा समाप्त हुनेछन। हत्या अभियोगमा जेलमैं सजाय भोगि रहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनु भएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेका किम्वदन्ती छ । तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ ।

देविकै आदेशअनुसार जेलबाट छुटकारा पाएपछि थारुले फर्किदा ल्याएकोे त्रिसुल बरियारपुर स्थित गाडेका थिए र सोही स्थानमा अहिले गढिमाई मन्दिर रहेको छ । मन्दिरका संस्थापक पुजारी भगवान दाश थारुका सन्तानबाट १० औं पुस्ताका मंगल चौधरी हाल मन्दिरका मुल पुजारी रहेका छन्।

हजारौं वर्षदेखिको  किम्बन्तिले गढीमाई प्रती श्रद्धालु, भक्तजनहरुका लागि आस्था र जनविश्वास बढाएको छ।

गढिमाईमा कसरी सुरुहुन्छ बली ?

तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हाँस, सुङ्गुर र राँगा  गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताएका छन्।

बलीसुरुहुनु अघी मान्छेको शरिरको ५ स्थानबाट रगत चढाउने परम्परा रहेको छ। जसलाई नर वली भनिन्छ । रौतहटको गुजरा नगरपालिका सिमरी गाउँका मूल तान्त्रिक दुखन धामीले गढीमाईको विशेष पुजा, आराधानासँगै गढीमाईका मुल पुजारी मंगल चौधरीको साथ मिलेर आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउँदै आएका छन् ।

केही समय अघि तान्त्रिक धामीको निधन भएपछि मान्यता अनुसार उनको जेष्ठ छोरा उमाशंकर धामी कछाडियाले मूल तान्त्रिकको रुपमा आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर गढीमाई लाई चढाउने उनले बताएका छन्। त्यस अघि मन्दिरमा रातभरी पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा  आफै बत्ती बल्छ , बती बलेपछि मात्र पञ्चबलि हुन्छ’( मुल पुजारी मंगल चौधरीले जानकारी दिएका छन् ।

परम्परा र मान्यता अनुसार हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्ति स्वरुपा देवीलाई खुसी पार्न परापूर्वकालदेखि नैं बलि अनिवार्य भएको मानिदै आएको छ । बिश्व प्रसिध्द गढीमाई मन्दिरमा छोरा छोरी प्राप्ति, असाध्य रोग निको पार्न, सुस्वास्थ र दीर्घायुको लागि, धनधान्य प्राप्ति तथा चाहना अनुसार भाकल पूरा हुने हरुले बली दिने गरेको जनविश्वास रहिआएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, संसद्मा बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending