Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

खबरडबली संवाददाता

दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ   २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन  पठनपाठनको सुअवसर पनि पाएका छन् । 

कार्यालयको काम पूरा हुनासाथ दिदीघर आउने उपप्रमुख चौधरीले ती बालबालिकाप्रति हार्दिकताका साथ ममतापूर्ण व्यवहार गर्छिन् । सन्तानविहीन उनी बालबालिकालाई आफ्नै छोराछोरी मानेर माया गर्छिन् । उनीहरूको पालनपोषण तथा शिक्षादीक्षामा समर्पित उनको दिनचर्याले उनको ममता छचल्किन्छ । 

आफ्नो फुर्सदको समय तिनै बालबालिकाको हेरचाहमा बित्ने गरेको उनले बताइन् । “पहिले म बालबालिकासँगै धेरै रमाउँथे”, उनले भनिन्, “उपप्रमुख भएपछि दिनभरि जनताको सेवामा लाग्नुपर्छ, साँझबिहान बालबच्चासँग बिताउने गरेकी छु ।”

तुलसीपुर उपमहानगरपालिका–६ डुम्रीगाउँमा र तुलसीपुर–१३ बखरियामा गरी हाल २१ जना बालबालिकालाई शिक्षादीक्षा दिइरहेको उपप्रमुख चौधरीले बताइान् । सुरुमा आफैँले लगानी गरेर सञ्चालन गरेको उक्त संस्थामा अहिले विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । “मेरा छोराछोरी छैनन्”, उनले भनिन्, “तर मलाई छोराछोरीको कुनै अभावको महसुस उनीहरूले गर्न दिएका छैनन्, उनीहरूलाई नै छोराछोरी जसरी पालेकी छु ।” उनीहरूलाई पढाउन दिदी घरमै शिक्षक  राखेको उनले बताइन् ।

गरिब विद्यार्थीलाई आर्थिक सहयोग गर्दै आएकी उनले प्रत्येक वर्ष त्यस्ता विद्यार्थीलाई शैक्षिक सामग्री पनि प्रदान गर्दै आएकी छिन् । उनकै आर्थिक सहयोगमा पढेका केही विद्यार्थीले स्नातकोत्तर गरिसके भने केही लोकसेवा पार गरेर सरकारी सेवामा छन् ।

स्यानीका सङ्घर्ष
थारू समुदायकी डिग्री पास गरेकी एउटी महिला हुनुहन्छ, स्यानी ।  पढाइ जीवनका उनका सङ्घर्ष पनि कम छैनन् । उनको घर पहिले तुलसीपुर–१३ फूलबारी हो । तत्कालीन अवस्थामा त्यहाँ विद्यालय थिएन । त्यसैले उनी पढ्नका लागि तुलसीपुर–११ उरहरी आउनुपथ्र्यो । उरहरी आउँदा वर्षात्को बबईको भेल तर्नुपथ्र्यो । कहिलेकाहीँ डुङ्गा पाइन्थ्यो । यदि डुङ्गा नभएको अवस्थामा उनीआफैँले पौडी खेलेर वारपार गर्थिन् ।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उनले त्यतिबेला कक्षा लिन । “केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो, त्यसपछि म आफैँ केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउँथे”, उनले भनिन्।

थारू समुदायमा व्याप्त कमैया, कम्लरीप्रथा थियो । ती कुसंस्कारलाई कम गर्न स्यानीले निकै योग्दान गरिन्। पिछडिएको थारू समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सीमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न वञ्चित भएको थारू महिलाहरूका लागि पनि हौसला, उत्साह, जोशजाँगर दिने काम गर्दै आएकी छिन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२ लाख बराबरको धनमाल जलेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार रौतहट, पर्सा, दार्चुला, कप...

२५ लाखभन्दा साना योजना अब बन्द हुने, उपभोक्ता समितिमार्फत काम पनि रोकिने

दाङ । सुदूरपश्चिम प्रदेश सरकारले अब २५ लाख रुपैयाँभन्दा कम लागतका योजनामा बजेट विनियोजन नगर्ने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको व...

नेपाल पुलिस च्याम्पियन, आर्मीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पोखरा महिला गोल्डकप कब्जा

पोखरा । रोमाञ्चक र तनावपूर्ण फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै पोखरा महिला गोल्डकपको उपाधि जितेको छ। ...

भोली ती नकुनेमा मोबाइलमाण्डुको पहिलो फिजिकल स्टोर उद्घाटन, १ हप्तासम्म ‘छुट र उपहारको बाढी’

काठमाडौं । अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामान बिक्री गर्दै आएको मोबाइलमाण्डु अब अफलाइन बजारमा प्रवेश गर्दै पहिलो फिजिकल आउटलेट खोल्ने भएको छ। कम्पनीले ...

चलचित्र ‘कुम्भ’ को एक्सन प्याक टिजर सार्वजनिक

काठमाडौं। डेब्यु अभिनेता अशोक आर्यन अभिनित फिल्म ‘कुम्भ’को टिजर सार्वजनिक भएको छ। एक्सन–ड्रामामा आधारित यो फिल्म आगामी जेठ १५ गतेबाट देशभर प्रदर्शनमा ...

सम्पत्ति शुद्धीकरण विभाग अब ‘सुपर पावर’ अनुसन्धान निकाय

करदेखि सेयर बजारसम्म छानबिन गर्ने अधिकार

अध्यादेशमार्फत नियुक्ति खारेजी : पदमुक्तको पत्र पठाइने

काठमाडाैं । सरकारले अध्यादेशमार्फत विभिन्न बोर्ड, समिति र संस्थानमा राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ जना पदाधिकारीलाई एकमुष्ट पदमुक्त गर्ने निर्णय ...

बालेनका पूर्व सहयोगी पुगेपछि ‘चाम्लिङ कम्प्लेक्स’ भत्काउने काम रोकियो? डोजर अचानक थामिँदा उठ्यो शंका

काठमाडौं । सरकारी जमिन अतिक्रमण गरी बनेका संरचना हटाउने अभियान चलिरहँदा रुद्रमती कोरिडोरअन्तर्गत घट्टेकुलोस्थित ‘चाम्लिङ कम्प्लेक्स’मा भएको घटनाले प्र...

माइतीघर झडप प्रकरण: एमाले नेता बस्नेतकी पत्नीसहित १० जनामाथि ‘ज्यान मार्ने उद्योग’ मुद्दा दर्ता हुँदै

काठमाडौं । माइतीघरमा भएको कुटाकुट प्रकरणले कानुनी मोड लिँदै गर्दा नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनामाथि ‘ज्यान मार्ने उ...

‘बोलपत्र’मै खेल: वेबसाइट ह्याक गरेर ठेक्का कब्जा, ४० लाखमा मिलेमतो!

काठमाडौं । सार्वजनिक खरिद प्रणाली नै ‘ह्याक’ गरेर ठेक्का मिलाउने खेल खुलेपछि सरकारी संयन्त्रको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ। ‘बोलपत्र डटकम’...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending