Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै

खबरडबली संवाददाता

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रुपमा दक्षिणतर्फ सर्दै जाने भएकाले मुलुकमा मनसुनको सक्रियतामा कमी आई आजदेखि वर्षा कम हुनेछ ।

मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले आजदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए  । “आइतबारसम्म न्यूनचापीय रेखा उत्तरतर्फ भएकाले भारी वर्षा भएको थियो, आजदेखि उक्त रेखा दक्षिणतर्फ सर्दै जाने भएकाले मनसुन कम सक्रिय हुनेछ”, उनले भने ।

आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना भने रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

वर्षाका कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै खहरे खोलामा पानीको सतह बढ्नसक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सरोकार भएका सबैलाई विभागले अनुरोध गरेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य...

राप्रपा महामन्त्री राणालाई गिजाको क्यान्सर

बाँके। राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा। धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क...

ललितपुरको बाढी र पहिरो प्रभावित क्षेत्रमा गृहमन्त्री लेखकको निरीक्षण

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएक...

प्रधानमन्त्री उद्धार कोषलाई नेपाल बैँकको दुई करोड सहयोग

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुुई करोड रुपियाँको चेक हस्तान्तरण भएको ...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक जारी

जनकपुर। मिथिलाञ्चलमा झिझिया नृत्युको रौनक जारी छ । मिथिला क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो ।  दशैँको आगमनसँगै...

चम्पादेवी र सुनकोशी विपद् सङ्कटग्रस्त क्षेत्र घोषित

ओखलढुङ्गा । ओखलढुङ्गाको दुई वटा स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकालाई सङ्कटग्रस्...

दाउन्नेको सडक दुई तर्फी खुल्यो, भासिने जोखिम भने कायमै

नवलपुर। पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।  पश्चिम नवलपरासी...

बिश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला सुरु

रौतहट। विश्व प्रसिद्ध गढीमाई पञ्च बर्षीय मेला विधिवत रूपमा शुरु भएको छ। बाराको महागढीमाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई ...

बजारमा सुनको मुल्य ह्वात्तै घट्यो

काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार...

प्रकाशमान राउत प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक पर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy