बागलुङ । बागलुङमा पहिरोपटक कालाजारको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिकाका ६१ वर्षीय पुरुषमा कालाजार देखिएको हो ।
परजीवीकाले टोक्दा मानिसको मृत्युका कारणमध्ये कालाजार औलोपछिको दोस्रो रोग हो । ‘स्यान्ड फ्लाई’ नामक भुसुनाको टोकाइबाट कालाजारको सङ्क्रमण हुन्छ । उक्त सङ्क्रमण देखिएका स्थानका ४१ जनामा स्वास्थ्य परीक्षण समेत भइसकेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
जिल्लामा पहिलोपटक कालाजार देखिएकाले कालाजार देखिएका स्थानमा उच्च सतर्कता अपनाइएको छ । साथै अनुगमन बढाइएको छभने आगामी दिनमा कालाजारको थप अध्ययन गरिने उक्त कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
“विभिन्न नयाँ तथा पुराना रोग तथा सङ्क्रमणहरुको खोजपडतालअन्तर्गत ढोरपाटनका एक वृद्धमा उच्च ज्वरो देखिएपछि थप उपचारका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी लुम्बीनी मेडिकल कलेज पुर्याउदा कालाजार सङ्क्रमण पुष्टि भएको हो”, प्रमुख आचार्यले भने“उक्त स्थानमा तत्कालै स्वास्थ्यकर्मी पुर्याएर उनीसहित ४१ जनाको नमूना सर्वेक्षण गरिएको थियो ।”
आचार्यका अनुसार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ढोरपाटनको छेन्तुङ क्षेत्रमा कालाजारको अध्ययन गरिनेछ । कालाजार पुष्टि भएका वृद्धको शरीरको तौल अत्यधिक मात्रामा घटेको पाइएको कार्यालयका मलेरिया इन्स्पेक्टर कमला थापाले जानकारी दिइन् ।
कालाजार देखिएपछि १४ दिनभन्दा बढी उच्च ज्वरो आउनु, तौल घट्नु र शारीरिक रुपमा कमजोरी देखिने जस्ता लक्षण देखिन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - ०९:१०
म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...
चैत्र १७ गते, २०८२ - ०९:०८
काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...
चैत्र १७ गते, २०८२ - ०८:२८
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...
चैत्र १७ गते, २०८२ - ०८:२३
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...
चैत्र १७ गते, २०८२ - ०८:१९
काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् । ...
चैत्र १७ गते, २०८२ - ०८:०५
काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...
चैत्र १७ गते, २०८२ - ०७:५६
इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था
चैत्र १७ गते, २०८२ - ०७:३२
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...
चैत्र १७ गते, २०८२ - ०७:२८
भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...
चैत्र १७ गते, २०८२ - ०७:२६
चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...


प्रतिकृया लेख्नुहोस्: