Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

भूमि आयोगका कर्मचारीहरुले दायर गरेको रिटमा अन्तरिम आदेश जारी

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय भूमि आयोगले करारमा कार्यरत कर्मचारीलाई करार बमोजिम तलब नदिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ । भूमि आयोगमा हलुका सवारी चालक पदमा कार्यरत किरण केसीसहित १७ जनाले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिँदै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

सरकारले गत २०८० चैत ८ गते राष्ट्रिय भूमि आयोग विघटन गरेको थियो । भूमि आयोग विघटनविरुद्ध सर्वोच्चमा गोवद्धन कोलीले रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले चैत २५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ‘अन्तरिम आदेश सम्बन्धि छलफलबाट टुङ्गो नलागेसम्म अर्को भूमि सम्बन्धि आयोग तथा जिल्ला समिति गठन नगर्नु, नगराउनु, आयोग र समितिका स्रोत, साधन, भौतिक सम्पत्ति र कागजातहरु सुरक्षित रुपमा राख्नु, राख्न लगाउनु’ भनी आदेश भएको थियो । सर्वोच्चको संयुक्त इजलासबाट गत चैत ३० गते २५ गतेकै आदेशलाई निरन्तरता दिइएको थियो ।

सो रिटमा गत असार १३ गते तोकिएको पेशीबाट अन्तिम आदेशका हुन नसक्दा कर्मचारीले तलब पाउनेबारेमा थप अन्यौलता भएको थियो । आफूहरुले करारबमोजिम काम गरिरहेको र यही असार मसान्तभित्र तलब पाउनुपर्ने भनी अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।

निरन्तर रुपमा कार्यालय गइरहेका कर्मचारीहरुलाई हाजिर नगराइ काममा लगाएको रिट निवेदकहरुको दाबी छ । ‘काम गर्दै गर्नुस्, तलब आउँछ’ भनी आयोगले आश्वसन दिएको र अहिले आएर तलब दिन नसक्ने जानकारी गराएको उनीहरुले रिट निवेदनमा उल्लेख गरेका छन् । 

भूमि आयोगले केन्द्रीय कार्यालयमा २० जना कार्मचारी करारमा नियुक्ति गरेको थियो । उनीहरुको नियुक्तिको समयावधि आगामी असार मसान्तसम्म कायम छ । उनीहरुले कामबाट हटाइएको बारे कुनै जानकारी पनि नदिइएको र निरन्तर कार्यालय गएर तोकिएको काम गर्दा दुई महिनादेखि तलब नपाउने परिस्थिति निर्माण भएको बताएका छन् । 

त्यस्तै, विभिन्न जिल्लामा करारमा काम गरिरहका करिब साढे ३ सय जना अमिन, सर्वेक्षकले समेत तलब नपाएको बताइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending