पाेखरा । विश्व बैङ्कको करिब साढे तीन अर्ब लगानीमा पोखराका तीन सडक खण्ड स्तरोन्नति गरिँदै छ । महानगरको तालचोकदेखि बेगनास, शिशुवादेखि खुदीखोला र कालिकास्थान–पुडिटार–लामेआहाल स्तरोन्नतिको काम जारी छ ।
कालिकास्थान–पुडिटार–लामेआहाल स्तरोन्नति परियोजना मङ्गलबार पोखरा महानगरका प्रमुख धनराज आचार्य र सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले संयुक्त रूपमा सुरुआत गरे । दुई सडक खण्ड स्तरोन्नति यसअघि नै सुरु भइसकेको छ ।
१२.४४ किमीको यो सडकको लागत एक अर्ब आठ करोड ४८ लाख ९१ हजार तीन सय २६ रहेकोमा ७७ करोड ६८ लाख ९२ हजार आठ सय ३७ मा आशीष निर्माण सेवा प्रालिले कामको जिम्मा लिएको छ । प्रालिसँग असार ६ गते ठेक्का सम्झौता भई कामसमेत सुरु गरिएको हो । तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख आचार्यले विश्व बैङ्कको सहयोगमा पोखराका गौरवका आयोजनाहरू सञ्चालन भइरहेको उल्लेख गरे । विश्व बैङ्कको परियोजनाको समय अब एक वर्षमात्रै रहेकाले समयभित्रै काम सक्ने गरी काम गर्न उनले निर्देशन दिए ।
आफू प्रमुख भएर आएपछि विभिन्न दातृ निकायको सहयोगमा २८ अर्बका योजना पोखरामा सञ्चालन हुन लागेको सुनाउँदै उनले नगरवासीको सहयोगको अपेक्षा गरे । “तेस्रो खण्डको सडक वैकल्पिक राजमार्गसमेत हो । निर्माणका क्रममा आइपर्ने सबै खालका अवरोध हटाउँदै समयमै काम पूरा गर्नैपर्छ,” उनले भने ।
तीन सडक परियोजनाबाट बाँकी रकम दोबिल्ला बिरौटा सडक स्तरोन्नतिमा उपयोग गर्ने उनले उल्लेख गरे । “विश्व बैङ्कले लगानी गर्ने प्रतिबद्धता गरेको बाँकी रकम दोबिल्लादेखि बिरौटासम्मको सडक स्तरोन्नतिमा प्रयोग गर्नुपर्छ भन्ने छ तर हामीसँग काम सक्न समयको चाप छ,” उनले भने ।
पोखरामा २५.६८ मिलियन अमेरिकी डलर अर्थात् अर्ब ३७ करोड ९३ लाख विश्व बैङ्कले लगानी गर्दै छ । सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले पोखराको विकासलाई मन्त्रालयले सधैँ प्राथमिकतामा राखेको जनाउँदै बाँकी रकम अर्को सडक खण्ड स्तरोन्नतिमा खर्चिन विश्व बैङ्कसँग सरकारले समन्वय गर्ने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - २०:११
उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...
पौष १३ गते, २०८२ - २०:०७
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम...
पौष १३ गते, २०८२ - १९:५४
मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...
पौष १३ गते, २०८२ - १९:५०
बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...
पौष १३ गते, २०८२ - १९:४३
झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ । स्थानीय दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...
पौष १३ गते, २०८२ - १९:४०
काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् । सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...
पौष १३ गते, २०८२ - १९:३६
बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...
पौष १३ गते, २०८२ - १९:३४
उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...
पौष १३ गते, २०८२ - १९:३१
काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...
पौष १३ गते, २०८२ - १९:२२
काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...




प्रतिकृया लेख्नुहोस्: