Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

खबरडबली संवाददाता

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । बुधबार (आज)देखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो ।

राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताए। नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्नको लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उनले जानकारी दिए ।

गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताए ।

“पुलको आरसिसी बिम (प्रिकास्ट ब्रिज गर्डर)पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लरमा राख्नुपर्नेछ”, उनले भने, “काम नयाँ पुलमा हुने भए पनि पुरानो पुलसँगै रहेकाले काम गर्ने क्रममा आई पर्न सक्ने जोखिमलाई मध्यनजर गरी सडक सवारी रोकेर काम गर्न लागिएको हो ।”

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिनेछ । सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ ।

एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द रहनेछ । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकीकृत परिवार योजना शिविरः महिलालाई भन्दा पुरुषलाई सम्झाउन गाह्रो

धनुषा । पछिल्ला वर्षहरूमा जिल्लास्थित अतिविपन्न समुदायले ‘परिवार योजनाको सेवा’ लाई निर्धक्क उपयोग गर्न थालेका छन् । पायक पर्ने स्थानमा परिवार योजनाको ...

आजको मौसम : मधेशमा हुस्सु/कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स...

देउवा निवास महाराजगञ्जमा निर्णायक वार्ता सुरु

काठमाडौं । कांग्रेसभित्रको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले बोलाएको बैठक उनको निवास महाराजगञ्जमा सुरु भएको छ । भृकुटीमण्डपमा दोस्रो विश...

नकाबधारी समूहद्वारा बैंक लुटपाट, ३ करोडभन्दा बढी रकम चोरी

नजिकैको जंगलबाट १ करोड ८० लाख बरामद, चालक प्रहरी नियन्त्रणमा

ओलीको आधार क्षेत्रबाट लड्दै बालेन, डेरा खोज्दै सहयोगी

काठमाडौं । झापा ५ एमाले अध्यक्ष केपी ओलीको आधार क्षेत्र हो । हुन पनि सो क्षेत्रमा ०४८ यताका सातमध्ये ६ निर्वाचन ओलीले नै जितेका थिए । ०६४ को संविधानसभ...

पछि हट्न होइन, फुट्न तयार भए देउवा

काठमाडौं । सहमतिका लागि मंगलबार राति अबेरसम्म गरिएको पहल निष्कर्षमा पुग्न नसकेपछि कांग्रेस विभाजनको संघारमा पुगेको छ । विशेष महाधिवेशन पक्षधरले राखेको...

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समाहित हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending