Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

मान्छे किन चुम्बन गर्छन् ?

खबरडबली संवाददाता

काठमाडौं । प्रेमकथायुक्त चलचित्रले पक्कै पनि चुम्बनलाई बढाइचढाइ प्रचार गर्दै आएका छन्। तर के 'पहिलो चुम्बन' वास्तवमै तपाईँले 'खास मानिस'सँग ओठ जोड्दै हुनुहुन्छ भनेर बताउने सही माध्यम हो?

हामीले चुम्बनलाई निकै महत्त्व दिन्छौँ। तर चुम्बन प्रक्रिया किन यति विशेष छ त? 

शिशुका रूपमा हामीलाई ओठ स्पर्श गर्न स्वाभाविक रूपमा मन पर्छ भन्ने एउटा अवधारणा छ। स्तनपानपछि हामी हाम्रो ओठलाई सकारात्मक रूपमा सुदृढ पार्छौँ।

हामीलाई ओठमा चुम्बन गर्न मन पर्नुको कारण हाम्रो सुदूर अतीतसँग जोडिएको बताउने अर्को अवधारणा छ। कतिपय ठाउँमा स्तनपान छुटाएपछि आमाले खानेकुरा चपाएर हाम्रो मुखमा हालिदिने चलन छ। बाँदर (एप)देखिकै पूर्वजका पालादेखि चल्दै आएको खाना खुवाउने यो प्रक्रियालाई 'प्रीम्यास्टिकेशन' भनिन्छ।

दोस्रो, हाम्रो ओठ असाध्यै संवेदनशील हुन्छ। ओठ त्यस्तो अङ्गमध्येको हो जुन हामीले कपडाले ढाकेका हुँदैनौँ।

"तपाईँ जति धेरै कपडा लगाउनुहुन्छ, चुम्बनको आवृत्ति त्यति नै बढी हुन्छ", मानवशास्त्री तथा प्राध्यापक विलियम जेन्कोविएक भन्छन्।

"तपाईँले थोरै कपडा लगाउँदा चुम्बनको आवृत्ति कम हुन्छ। एउटा रोचक अपवाद के पनि हो भने हामी सिकार युगका मानिसबीच चुम्बन भएको पाउँदैनौँ। ध्रुवीय (आर्क्टिक) क्षेत्रका 'इनुइट' (आदिवासी) हरू भने यसको अपवाद हुन्।"

"सिकारी युगमा मानिसमध्ये तीमात्रै यस्ता समूह हुन् जो चुम्बन गर्थे। नाकमा नाक रगडेर गरिने उक्त चुम्बन 'ओश्यनिक'का नामले प्रसिद्ध छ। तर खासमा उनीहरू मुखमा मुख रगड्थे।"

तर किन? प्रश्न यो हो। "अन्य स्थानका सिकारी समुदायले लुगा लगाउँदैनथे। यसको अर्थ उनीहरू शरीरका कुनै पनि अङ्गमा कामुक सम्पर्क गर्न सक्थे", जेन्कोविएक भन्छन्। "लुगा लगाउनेबित्तिकै कामुक स्पर्शका निम्ति उपलब्ध हुने स्थान भनेकै अनुहार मात्रै हुन आउँछ।"

मानव विकासक्रमसँग जोडिएको छ?

चुम्बनको विकासक्रमसँग जोडिएको अर्को उद्देश्य पनि हुन सक्छ। एकअर्काको निकट हुँदा हामीले एकअर्काको सुगन्धबारे थाहा पाउन सक्छौँ। यसबाट हामी ओठमा ओठ जोडेर गरिने रोमाञ्चक चुम्बन विशेषत: सामान्य मानव व्यवहार होइन भन्ने चाल पाउन सक्छौँ।

एउटा अध्ययनका अनुसार संसारमा प्रचलितमध्ये आधाभन्दा कम संस्कृतिमा मात्रै ओठमा ओठ जोडेर चुम्बन गर्ने चलन छ। संसारका १६८ विभिन्न संस्कृतिलाई केलाउने क्रममा जेन्कोविएकले ४६ प्रतिशतले मात्रै ओठमा चुम्बन गर्ने गरेको फेला पारे।

"मेरो विचारमा मानिसहरूले चुम्बनबाहेकका तरिकाबाट पनि आफ्नो कामुकता पूरा गर्न सक्छन्। तर सामाजिक जटिलता जति गहिरो भयो, तपाईँले त्यति नै चुम्बन भइरहेको पाउन सक्ने एउटा विचारणीय प्रवृत्ति देखिन्छ", ती प्राध्यापक भन्छन्।

चुम्बनबारेको लिखित अभिलेख ३,५०० वर्ष पुराना वैदिक संस्कृत पुस्तकहरूमा भेटिन्छन्।

शेरल क्रिशनबम 'दी साइन्स अफ किसिङ' पुस्तकका लेखिका हुन्। उनी भन्छिन्, "कैयौँ त्यस्ता संस्कृति छन् जसमा आज हामीले गर्ने गरे झैँ मुखमा मुख जोडेर चुम्बन गर्ने परम्परा रहेको हामी पाउँछौँ।"

"तर, चार्ल्स डार्विनले 'मले' चुम्बनको व्याख्या गरेका छन्, जसमा महिला भूइँमा टुक्रुक्क बस्थिन् र पुरुष महिलाको माथि झुन्डिएझैँ गर्थे। उनीहरू एकअर्कालाई फटाफट सुँघ्थे र आफ्नो जोडीको सुगन्धको नमुना लिन्थे।"

ट्रोब्रिएन्ड टापुस्थित पपुआ न्यू गिनीको पूर्वी तटमा प्रेमिप्रेमिकाहरू अनुहारमा अनुहार जोडेर एकअर्काको परेला टोक्थे । "मेरो विचारमा आज हाम्रा लागि उक्त तरिका कामवासनाको उत्कर्ष नभए पनि उनीहरूका निम्ति त्यसले काम गर्थ्यो," क्रिशनबम भन्छिन्।

उनी थप्छिन्, "अर्को व्यक्तिसँग निकट हुँदा यसले हामीलाई हामी एकअर्काको कति ख्याल राख्छौँ भन्ने बताउन सघाउँछ। यी सबैले विश्वासको भावना प्रकट गर्छन्।"

जनावरले किन गर्दैनन्?

ओठमा एकसाथ चुम्बन गर्नु सायद मानिसले मात्रै गर्ने व्यवहार हो। यदि यसको सम्बन्ध उद्विकाससँग जोडिएको हुन्थ्यो भने हामी किन अरू जनावरलाई चुम्बन गरिरहेको देख्दैनौँ त?

मेलिसा होगनबुमले सन् २०१५ मा 'बीबीसी अर्थ'लाई यस प्रश्नको जबाफ दिएकी छन्। "जोडीको अनुहारको नजिक जान हामीलाई बाध्य पार्ने एउटा कारण सायद एकअर्कालाई राम्रोसँग सुँघ्न पनि हो।"

"सुगन्धले सबै प्रकारको उपयोगी जानकारीहरूको खुलासा गर्न सक्छ, उदाहरणका निम्ति : खानपान, रोग भए नभएको, मनोदशा वा अन्य सम्बन्धित कुराहरू। तर केही अन्य जनावरहरूमा सुँघ्ने क्षमता हाम्रोभन्दा धेरै परिष्कृत हुन्छ। त्यसैले उनीहरूलाई बिघ्नै नजिक जाने आवश्यकता पर्दैन।"

त्यसो भए के हामी चुम्बनलाई निरन्तरता दिन्छौँ? केही संस्कृतिले किन यसको परबाह गर्दैनन्?

"हामीले संसारभरि नै विभिन्न कारणले गर्दा चुम्बन अस्तित्वमा आएको र गायब भएको देखेका छौँ। रोगका कारणले पनि यस्तो भएको छ। जस्तै, कतिपय सम्राट्हरूले आफ्ना प्रजालाई चुम्बन गर्न रोक लगाउँथे, उनीहरू यो अधिकार जनताले पाउनुपर्छ भन्ने ठान्दैनथे," क्रिशनबम भन्छिन्।

"तर हामीले बारम्बार देखेको एउटा पक्का कुरा के हो भने चाहे रोगकै कारणले किन नहोस्, प्रतिबन्धका त्यस्ता सार्वजनिक घोषणाका बावजुद पनि चुम्बन सधै फर्किहाल्छ।" 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धवलागिरिकोे माकुसका किसान व्यावसायिक जडीबुटीखेतीमा आकर्षित

म्याग्दी ।  यहाँको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन् । परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीब...

बीमा बोर्ड भन्यो- बीमा सेवा दिन आनाकानी गरिए कारबाही हुन्छ

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर...

अध्यक्ष ओली पक्राउको विरोध प्रदर्शनमा न्यून सहभागिता भएपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक आह्वान गरिएको हो । बैठकमा अध्यक्ष केपी...

पूर्णबहादुरको आह्वानमा देउवा समूहको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । निवर्तमान कार्...

काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् । आज बिहान सुविधानगरबाट रिजाल पक्राउ परेका हुन् ।  ...

बाँदर आतंकले किसान हैरान, बासस्थान छाड्न बाध्य

काठमाडौँ । पछिल्ला वर्षमा कृषकका लागि सबैभन्दा ठुलो समस्या वन्यजन्तु, विशेषगरी बाँदरको आतङ्क देखिएको छ । बाँदरले बाली नष्ट गर्दा कृषकहरू अत्यन्त चिन्त...

श्रीलङ्कामा विद्युत्को मूल्य करिब ४० प्रतिशतले वृद्धि

इन्धन बचत गर्न सार्वजनिक बिदा र घरबाटै काम गर्ने व्यवस्था

आजको मौसम- यी प्रदेशमा हुँदैछ मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । साथै हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा सा...

भोजपुर–बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे दोभानसम्म झर्ने नागबेली आकारको सडक यति बेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको ...

चितवनमा ‘बर्डफ्लु’ पुष्टि, १८ हजार बढी कुखुरा नष्ट

चितवन । चितवनमा पन्छीमा देखिने बर्डफ्लु (एच–फाइभ एन–वान) सङ्क्रमण पुष्टि भएको छ । यहाँको भरतपुर महानगरपालिका–४ स्थित एक व्यावसायिक लेयर्स फार्म तथा नज...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending