गण्डकी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६६ दशमलव पाँच नौ प्रतिशत बजेट खर्च गरेको छ । सरकारको यो वर्षको बजेट तेत्तिस अर्ब बयालिस करोड बहत्तर लाखमध्ये असारमा मात्र २१ प्रतिशत खर्च भएको छ ।
प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकीका अनुसार जेठसम्म ४५ दशमलव चार आठ प्रतिशत अर्थात् १५ अर्ब २० करोड खर्च भएको थियो । असारको तीन हप्तामा मात्र करिब सात अर्ब खर्च भएको देखिन्छ । महालेखा परीक्षकको प्रतिवेदनले सधैँ औँल्याउने गरेको असन्तुलित खर्चको परिपाटी यसपालि पनि कायम देखिएको छ ।
आर्थिक वर्ष ०७९/०८० मा चालु ६६ दशमलव पाँच र पुँजीगत ६६ दशमलव आठ गरी गण्डकी सरकारले ६५ दशमलव सात छ प्रतिशत खर्च गरेको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा धेरै खर्च ८८ दशमलव ९६ प्रतिशत ऊर्जा मन्त्रालयले गरेको छ । मन्त्रालयको पाँच अर्ब एक करोड बजेटमध्ये चार अर्ब ४६ करोड खर्च भएको छ ।
सर्वाधिक बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७१ दशमलव छ तीन प्रतिशत खर्च गरेको छ । भौतिकको बजेट ११ अर्ब ८८ करोड ३१ लाख रहेकोमा नौ अर्ब दुई करोड खर्च भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७२ करोड ३२ लाख रुपैयाँ अर्थात् ६० दशमलव दुई एक प्रतिशत खर्च गरेको छ । यसको कुल बजेट एक अर्ब १९ करोड चार लाख ५४ हजार छ ।
आर्थिक मामिला मन्त्रालयको बजेट १५ करोड १५ लाख ७८ हजार रहेकोमा यसले आधा रकम पनि खर्च गर्न सकेन । आर्थिक मामिलाले सात करोड ३२ लाख खर्च गरेको छ । जुन कुल बजेटको ४८ दशमलव तीन दुई प्रतिशत हो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको यो वर्ष एक अर्ब ६० करोड बजेटको एक अर्ब २६ करोड अर्थात् अठहत्तर दशमलव पाँच प्रतिशत खर्च गरेको छ ।
प्रदेशको अर्को मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले तीन अर्ब ४८ करोड खर्च गरेको छ । सामाजिक विकासको कुल बजेट पाँच अर्ब १८ करोड ५३ लाखको यो ६७ प्रतिशत हो । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको बजेट दुई अर्ब २४ करोड ४६ लाख ९७ हजार रहेकोमा साठी प्रतिशत खर्च भएको छ । कृषि भूमि व्यवस्थाले चैतसम्म एक अर्ब ३४ करोड खर्च गरेको हो ।
सरकारले चालु आर्थिक वर्षमा अनुमानित आयको ६९ दशमलव सात तीन प्रतिशतमात्र रकम प्राप्त गरेको छ । विभिन्न स्रोतबाट २३ अर्ब ३० करोड ९६ लाख प्रदेशको आय देखिएको छ । खर्च क्षमता बढाउन बजेट निर्माणकै बेला ध्यान दिनुपर्ने र स्रोतहरूलाई बढाउँदै लैजानुपर्ने प्रदेश लेखा नियन्त्रण कार्यालय गण्डकी प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा प्रदेशको खर्च गर्ने क्षमता बढाउन प्रभावकारी अनुगमन, मूल्याङ्कनसँगै विषयगत मन्त्रालयहरूलाई झुक्याउने गरिएको बताए । उहाँले आयोगले आगामी आर्थिक वर्ष र दोस्रो पञ्चवर्षीय योजना कार्यान्वयनका क्रममा खर्च बढाउन विशेष ध्यान दिइने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - २२:१८
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...
आषाढ़ ९ गते, २०८३ - २२:११
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...
आषाढ़ ९ गते, २०८३ - २१:५१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...
आषाढ़ ९ गते, २०८३ - २१:२८
काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...
आषाढ़ ९ गते, २०८३ - २१:२०
काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह
आषाढ़ ९ गते, २०८३ - २०:०१
श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’
आषाढ़ ९ गते, २०८३ - १९:५५
यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो
आषाढ़ ९ गते, २०८३ - १९:५२
‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’
आषाढ़ ९ गते, २०८३ - १९:४८
हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा
आषाढ़ ९ गते, २०८३ - १९:४३
रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा



प्रतिकृया लेख्नुहोस्: