Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

असार सकिन लाग्दा देशभर ४२ प्रतिशत मात्र रोपाइँ

खबरडबली संवाददाता

काठमाडौं । देशभर ४२ प्रतिशत भान रोपाई सम्पन्न भएको छ । कृषि विभागको पछिल्लो विवरण अनुसार अनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) रोपाई सम्पन्न भएको हो । 

देशभर चार दिनमा करिब ५६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको विभागले जनाएको छ ।  सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने उल्लेख गरिएको छ । सबै भन्दा बढी १ लाख५० हजार ६२ (८६.२ प्रतिशत) यहाँ रोपाई भइसकेको छ । 

यस्तै, सबैभन्दा कम मधेस प्रदेशमा धान रोपाई भएको विभागको तथ्याङ्क छ । ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात ९७ हजार ८५१ हेक्टरमा रोपाई हुन सकेको छ । 

यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाई हुन सकेको छ । 

यस्तै, बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म यस प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाई भएको छ ।  

यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाई हुने भनेर सरकारी तथ्याङ्क छ । हालसम्म यहाँ ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत)  क्षेत्रफलमा रोपाई भएको छ । 

यस्तै, लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म यो प्रदेशमा १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत ) क्षेत्रफलमा धान रोपाई हुन सकेको छ । 

यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत ) क्षेत्रफलमा धान रोपाई भएको विभागको तथ्याङ्क छ । 

गत वर्ष असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाई भएको थियो । गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोबाट यो समयमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागु (हाेली); उपत्यकामा साढे २ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ । काठमाडौंबाट दुई पांग्रे १८२ ...

यस वर्षको एसईई परीक्षाको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका...

तस्विरमा हेरौं वसन्तपुरकाे होली (फोटोफिचर)

काठमाडौं ।  काटमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्त...

प्रेमिकाकै अगाडी प्रमीले शरीरमा आगो लगाएपछि....

काठमाडौं । झापामा एक युवकले प्रेमिकाकै अगाडि आत्मदाह प्रयास गरेका छन्। आज दिउँसो करिब १२ः१५ बजे कनकाइ नगरपालिका–४ इलुवाबारीमा सुनसरी इनरुवा–९ का १९ वर...

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

काठमाडौं  । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ ...

व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित रूपमा अघि बढेका छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

दोलखा  । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरूले सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको पार्टीले निष्कर...

स्ववियु निर्वाचनः त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परे...

एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ ।  पार्टी अध्यक्ष...

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

काठमाडौं । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तप...

अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ

काठमाडौ‌। रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । दुई जना महिलासहित १२ जनालाई पक्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy