Ntc summer Offer
Khabar Dabali ३० फाल्गुन २०८१ शुक्रबार | 14th March, 2025 Fri
Investment bank

हवाई सुरक्षाको जोखिम देखाउँदै नलिनचोकबाट हेलिकप्टर उडाउन बन्द

खबरडबली संवाददाता

काठमाडौं । हवाई सुरक्षाको जोखिम कारण देखाएर पाइलटहरूले नलिनचोकको हेलिपोर्टबाट हेलिकप्टर उडान बन्द गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने भन्दै सूर्यविनायक नपा–१० मा ३३ रोपनी क्षेत्र ओगटेको हेलिप्याडको असार ७ गते पर्यटनमन्त्रीले उद्घाटन गरेका थिए । करिब ११ करोडको लागतमा यहाँ हेलिप्याड बनाइएको हो । अहिले १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर सञ्चालनमा छन् ।

पाइलटहरूले वरपरका घरलगायत मानव निर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँगुरो भएको भन्दै उडान रोकेका हुन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले हवाई असुरक्षाको कारण देखाउादै पाइलटहरूले उडान बन्द गरेको बताए ।

उनले भने, ‘हेलिपोर्ट निर्माण हुनुभन्दा पहिले नै यस्ता समस्या देखिने छन् भनेर प्रतिवेदनमा उल्लेख थियो । त्यसको व्यवस्थापन गराएर उडान सुरू गर्नुपर्ने थियो । अहिले त्यही प्रतिवेदनमा भएका समस्याहरू नै देखिएका हुन् । हामीले निर्माणभन्दा पहिले नै सेप्टीएसिसमेन्ट गरेका थियौं । त्यति बेला नै यी समस्या देखिएका थिए ।’ व्यवसायिक उडान गरेपछि मानव निर्मित भौतिक संरचनाले असर परेको उनले बताए ।

पाइलटहरूसँग सल्लाह गरेर नै हेलिपोर्ट निर्माण गरिएको भन्दै हवाई सुरक्षाबारे क्यान संवेदनशील रहेको र छलफल भइरहेको पाण्डेले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागु (हाेली); उपत्यकामा साढे २ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) बाट साढे दुई सय बढी सवारी नियन्त्रणमा लिइएको छ । काठमाडौंबाट दुई पांग्रे १८२ ...

यस वर्षको एसईई परीक्षाको तयारी पूरा, ५ लाख ८ हजार ३९० विद्यार्थी सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) ले २०८१ को माध्यामिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ । आगामी ७ चैतमा हुने परीक्षाका...

तस्विरमा हेरौं वसन्तपुरकाे होली (फोटोफिचर)

काठमाडौं ।  काटमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा अवस्थित वसन्त...

प्रेमिकाकै अगाडी प्रमीले शरीरमा आगो लगाएपछि....

काठमाडौं । झापामा एक युवकले प्रेमिकाकै अगाडि आत्मदाह प्रयास गरेका छन्। आज दिउँसो करिब १२ः१५ बजे कनकाइ नगरपालिका–४ इलुवाबारीमा सुनसरी इनरुवा–९ का १९ वर...

न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

काठमाडौं  । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ ...

व्यवस्थाविरोधी शक्तिहरू सुनियोजित र व्यवस्थित रूपमा अघि बढेका छन्ः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

दोलखा  । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले व्यवस्थाविरोधी शक्तिहरूले सुनियोजित र व्यवस्थित ढंगले अघि बढेको पार्टीले निष्कर...

स्ववियु निर्वाचनः त्रिवि केन्द्रीय क्याम्पसमा अध्यक्षका लागि १७ जनाको उम्मेदवारी

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परे...

एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार (भोलि) पत्रकार सम्मेलन गर्ने भएको छ ।  पार्टी अध्यक्ष...

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

काठमाडौं । ‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तप...

अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँबाट १२ जना पक्राउ

काठमाडौ‌। रङको पर्व ‘होली’ मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौँबाट १२ जनालाई पक्राउ गरेको छ । दुई जना महिलासहित १२ जनालाई पक्...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy