Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बैंककमा पनि मनाइयो भानुजयन्ती

खबरडबली संवाददाता

काठमाडौँ ।  भानुजयन्तीका अवसरमा थाइल्याण्डमा रहेका नेपाली र नेपाली भाषीका सङ्घसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रम आयोजना गरिएको छ ।  त्यस अवसरमा राजदूत धनबहादुर वलीले नेपाली भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपाली मूलका तथा विदेशमा रहेका नेपाली नागरिकका सन्ततिलाई नेपाली भाषा साहित्यका बारेमा जानकारी दिन, भाषा सिकाइ तथा प्रशिक्षणमा प्रोत्साहित गर्न यस वर्षदेखि भानुजयन्तीका अवसरमा सबै नेपाली तथा नेपाली भाषी सङ्घसंस्थासँगको सहकार्यमा भाषा साहित्य कार्यक्रम विशेष रूपमा आयोजना गर्न उपयुक्त हुने र सो कामका लागि राजदूतावासबाट सधैँ सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घ थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली सङ्घका अध्यक्ष लक्ष्मण केसी, भाषा साहित्य संस्थाका प्रतिनिधि तथा बालसाहित्यकार र कलाकारको सहभागिता रहेको उक्त कार्यक्रममा राजदूतावासका नियोग उपप्रमुख प्रकाश अधिकारीले समापन मन्तव्य राखेका थिए । कार्यक्रममा २५ जना  साहित्यकारले आफ्ना रचना प्रस्तुत गरेका थिए ।  कार्यक्रममा बाल साहित्यकारलाई नेपाली भाषसम्बन्धी पुस्तक वितरण गरिएको थियो । 

विश्वयुद्धपछि थाइल्याण्डको पिलोकमा बसोबास गरेका गोर्खा भर्तीका नेपाली तथा म्यान्माबाट विभिन्न समयमा बसाइँसरी थाइल्याण्ड गएका विभिन्न कालखण्डमा नेपाल, भारत, भूटानलगायत मुलुकबाट थाइल्याण्ड आई बसोबास गरेका नेपाली मूलका थाई नागरिकहरू, हाल थाइल्याण्डमा कामगरी बसेका नेपाली मूलका म्यान्माका नागरिकको उल्लेख्य सङ्ख्यामा नेपाली भाषीहरूको थाइल्याण्डमा बसोबास छ । 

लामो समयदेखि नेपालबाट अध्ययन, अध्यापन, व्यवसाय तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तरराष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महामन्त्री शर्माले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेदवार नदिने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...

पार्टी परित्याग गरेकाहरूलाई पुन: फर्किन कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...

सामाजिक सञ्जाल र एआईको प्रयोगबारे निर्वाचन आयोग, हेट स्पिचजस्ता भ्रामक टिप्पणी गर्न वर्जित

काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...

रवि-बालेन एकताले सेयर लगानीकर्ता उत्साहित, साढे ४७ अंकले बढ्यो नेप्से

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...

समानुपातिकमा पुरानालाई नदोहोर्‍याउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...

एमाले सचिवालय बैठक जारी, समानुपातिक उम्मेदवार चयन मुख्य एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...

चुनावी प्रचारमा उम्मेदवारले दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...

पम्फा भुसालले फागुन २१ को निर्वाचन नलड्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...

सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल सकियो, निवास सर्ने तयारी

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...

६ महिनादेखि बन्द रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु

रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending