Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

त्रिशूलीमा हराउनेमध्ये कोही विदेश जाने तयारीमा थिए, कोही बहिनीको बिहेका लागि घर फर्किँदै

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका आफ्ना चार आफन्त त्रिशूली नदीमा खसेको बसमा परेको शङ्काले पिरोलिएका दयाशङ्कर प्रसाद राम चितवनको सिमताल पुगेका छन्।

उनीहरू स्वास्थ्य परीक्षण गरेर काठमाण्डूबाट गौर जाने बसमा चढेको थिए। तर शुक्रवार बिहानसम्म पनि घर नपुगेपछि रामले काठमाण्डूको काउन्टरमा फोन गरे। सिमलतालमा पहिरो झरेर दुइटा बस त्रिशूलीमा खसेको र तीमध्य एउटा काठमाण्डूबाट रौतहटका लागि हिँडेको समाचार सुन्नासाथ परिवार चिन्तामा पर्‍यो।

काठमाण्डूको टिकट काउन्टरले उनले सोधेका चारै जना गौर हिँडेको गणपति ट्राभल्सको बसमा चढेको पुष्टि गर्‍यो। त्यसपछि उनलाई त्रिशूली नदीमा खसेको एउटा बसमा आफ्ना चार नातेदार पनि परेको पक्का भयो।

“काउन्टरमा सोधपुछ गरेपछि 'घटनास्थलमा जानू' भन्यो,” शनिवार सिमलतालमा भेटिएका दयाशङ्कर प्रसाद रामले भने, “उनीहरू विदेश जानका लागि काठमाण्डू गएका थिए। मेडिकल गरेर गौर फर्किँदै थिए।”

शनिवार त्रिशूलीमा पानीको सतह केही घटेका कारण हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरू केही आशावादी देखिन्थे। तर पानी धमिलो र नदीको प्रवाह तीव्र भएका कारण नदीमा बस फेला पार्न सकेका छैनन्।

घटनास्थलबाट झन्डै ५० किलोमिटर तल गोलाघाटमा एक जनाको शव फेला परेको छ। तर अरू यात्रुको अवस्था अझै अज्ञात छ।

दयाशङ्कर प्रसाद रामजस्तै नदीमा हराइरहेका कैयौँ मानिसका कैयौँ आफन्त घटनास्थलमा भेला भएका छन्।

छोरीको विवाह रोकेर छोरा खोज्न त्रिशूलीमा

बहिनीको विवाहका लागि काठमाण्डूबाट घर फर्कँदै गरेका आफ्ना छोरा त्रिशूलीमा बेपत्ता भएपछि रौतहटका बुधन दासको परिवारको शोकमग्न छ। त्रिशूलीमा खसेको बसमा आफ्ना पनि छोरा परेको खबर थाहा पाएपछि दास सोधखोज गर्न दुर्घटनास्थल आए।

“बहिनीको बिहेका लागि आउँदै थियो। हिजो ११ बजे घटनाबारे थाहा पाएँ,” उनले शनिवार भने। दासका अनुसार उनकी छोरीको विवाह शनिवारका लागि तय भएको थियो।

कलैयाका सन्सार मन्सुर पनि त्रिशूलीमा हराइरहेका आफ्ना मामाका छोराको खोजीमा भइरहेको प्रगतिबारे बुझ्न सिमलताल पुगेका छन्।

तर उचित उपकरणको अभावमा खोजी कार्यमा प्रगति नभएको देखेर निराश मन्सुरले भने, “सेना र प्रहरीले आफ्नो ज्यान लगाएर प्रयास गरेका गर्नुभएको तर उहाँहरूलाई उपकरणको अभाव छ,” उनले भने।

“आज हाम्रो घरको मान्छे बितेको छ, भोलि अरूलाई पनि यस्तो हुन सक्छ। सामान बाहिरबाट मगाएर भए पनि उहाँहरूलाई उपलब्ध गराउनुपर्‍यो। भोलि अर्को परिवारको मान्छे पर्‍यो भने त्यस बेला सामग्री खोज्न नपरोस्।”

प्रहरीले हराइरहेका अधिकांश मानिसहरूका आफन्त सम्पर्कमा आएको जनाएको छ। आफन्तहरू हराइरहेका मानिसको राज्यप्रतिको गुनासो स्वाभाविक भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

उनले नदीको तीव्र प्रवाह, पानीको तह र धमिलोपनका कारण खोजीकार्यमा प्रभाव परेको जनाए। “सशस्त्र प्रहरीको कुरिनटारको तालिम स्कुल र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण नेपालको उच्च जनशक्ति र प्रविधि भएको बेस र गण हो,” प्रजिअ यादवले भने।

“यस अर्थमा यसभन्दा थप जनशक्ति र प्रविधिको कुरा गर्नुपर्दाखेरि नेपालभन्दा बाहिरबाट झिकाउनेबाहेक अरू विकल्प खासै देखिएको छैन।”

यद्यपि उनले खोजी अभियानमा शनिवारदेखि नयाँ रणनीति अवलम्बन गरिएको बताए। यादवका अनुसार दुवै बसका चलानका आधारमा ती बसमा ५१ जना चढेको बताइएको तर अरू यात्रु पनि सवार भएको हुन सक्ने आशङ्का व्यक्त गरे।

"त्यस्ता विवरण पनि हामी प्राप्त गर्दै छौँ," उनले भने। उनका अनुसार एक व्यक्तिले आफ्ना एक आफन्त पनि बसमा चढेको तर उनको नाम चलानमा नदेखिएको बताए।

राजनीतिक नेतृत्वप्रति गुनासो

रौतहटको बहुदीमाई नगरपालिकाका मनोज प्रसाद जयसवाल पनि काकाका छोराको खोजीबारे बुझ्न त्रिशूली नदी किनारमा पुगेका छन्।

सुरक्षाकर्मीहरूले प्रयास गरिरहेको भए पनि राजनीतिक नेतृत्वले खोजी र उद्धारमा उल्लेख्य चासो नदेखाएकोमा आफ्नो चित्त दुखेको उनी बताउँछन्।

“नेताहरू कुर्सीको छलफल गर्दै छन्, यहाँ जनता मर्दै छन्। के भइरहेको छ, केही वास्तै छैन,” उनले भने।

साथीले काठमाण्डूमा तरकारीको व्यापार गर्ने आफ्ना भाइ त्रिशूली बस दुर्घटनामा परेको खबर गरेपछि चितवनमा बस्दै आएका भारतका नरेश साह पनि घटनास्थलमा पुगेका छन्।

“सरकारले क्रेन लगाएर हुन्छ कि, के गरेर हुन्छ खोजी गर्नुपर्‍यो नि,” खोजीमा प्रगति नभएकोमा गुनासो गर्दै साहले भने। प्रमुख जिल्ला अधिकारी यादवले उपलब्ध भएसम्मका उपकरणहरू प्रयोग गरेर खोजी कार्य भइरहेको बताए।

“आज हामीले हिजो खोजिरहेकोभन्दा अलि तलतिरको ठाउँमा खोजीलाई बिस्तार गरेका छौँ। राप्ती खोला मिसिने दोभानसम्म नदीको दुवैतर्फ खोजी भइरहेको छ,” उनले भने।

गोलाघाटनजिकै शनिवार एक यात्रुको शव फेला परेको र उनको सनाखत भइसकेको जानकारी यादवले दिए।

घटनास्थलमा पुगेका एक युवकले सरकारले विमान दुर्घटना हुँदा छानबिन समिति बनाउने गरे पनि बस दुर्घटनामा कैयौँ मानिसहरू हराइरहँदा पनि राजनीतिक नेतृत्वले पहल नगरेको बताए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस संसदीय दलको नेता चयनमा किन ढिलाइ ?

काठमाडौं ।  कांग्रेसभित्रको आन्तरिक विवाद लम्बिँदा संसदीय दलको नेता चयनमा ढिलाइ भएको छ । बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । कांग्रेसले स...

शीर्ष नेताहरूको हस्तक्षेप- सुहाङलाई रोकेर ७० वर्षका बादललाई दलको नेता बनाइयो

काठमाडौं । इलाम २ बाट दोस्रोपटक प्रत्यक्ष जित निकालेर सांसद भएका युवा सुहाङ नेम्वाङलाई ‘आन्तरिक प्रतिस्पर्धा’मै रोकेर एमालेले समानुपातिक सांसद रहेका उ...

नयाँ संसद, नयाँ ‘एजेन्डा’ र अपेक्षा

काठमाडौँ । लोकतान्त्रिक प्रणालीमा संसद् कानुन बनाउने थलो हो, तर यति मात्र सैद्धान्तिक परिधिभित्र संसद्को भूमिकालाई सीमित गरिनुहुँदैन । किनभने संसद् जन...

आजदेखि एसइई, तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गराइने

जापानमा पनि परीक्षा केन्द्र, सामूहिक अनुगमन निषेध

आजदेखि संसद् अधिवेशन, प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै

काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको...

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा देशका विभिन्न भागमा आंशिक बदली भएको छ भने अन्य केही स्थानमा सामान्य बदली भएको छ । ...

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा अनधिकृत व्यक्ति (बिचौलिया) लाई प्रवेश निषेध गर्न निर्दे...

बौद्धमा तेमाल जात्रा: दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बत्ती बाल्नेको घुइँचो

काठमाडौँ । दिवङ्गत पितृको मुक्तिको कामना गर्दै बौद्ध स्तूप परिसरमा बत्ती बाल्ने बौद्ध धर्मावलम्बी तामाङ समुदायको बुधबार बौद्धनाथ क्षेत्रमा घुइँचो लागे...

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौँ ।  वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री शाहलाई ...

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ: प्रतिपक्षी

आर्थिक समृद्धि र विकासको योजना बनाउन सुझाव

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending