Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

त्रिशूलीमा हराउनेमध्ये कोही विदेश जाने तयारीमा थिए, कोही बहिनीको बिहेका लागि घर फर्किँदै

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका आफ्ना चार आफन्त त्रिशूली नदीमा खसेको बसमा परेको शङ्काले पिरोलिएका दयाशङ्कर प्रसाद राम चितवनको सिमताल पुगेका छन्।

उनीहरू स्वास्थ्य परीक्षण गरेर काठमाण्डूबाट गौर जाने बसमा चढेको थिए। तर शुक्रवार बिहानसम्म पनि घर नपुगेपछि रामले काठमाण्डूको काउन्टरमा फोन गरे। सिमलतालमा पहिरो झरेर दुइटा बस त्रिशूलीमा खसेको र तीमध्य एउटा काठमाण्डूबाट रौतहटका लागि हिँडेको समाचार सुन्नासाथ परिवार चिन्तामा पर्‍यो।

काठमाण्डूको टिकट काउन्टरले उनले सोधेका चारै जना गौर हिँडेको गणपति ट्राभल्सको बसमा चढेको पुष्टि गर्‍यो। त्यसपछि उनलाई त्रिशूली नदीमा खसेको एउटा बसमा आफ्ना चार नातेदार पनि परेको पक्का भयो।

“काउन्टरमा सोधपुछ गरेपछि 'घटनास्थलमा जानू' भन्यो,” शनिवार सिमलतालमा भेटिएका दयाशङ्कर प्रसाद रामले भने, “उनीहरू विदेश जानका लागि काठमाण्डू गएका थिए। मेडिकल गरेर गौर फर्किँदै थिए।”

शनिवार त्रिशूलीमा पानीको सतह केही घटेका कारण हराइरहेका मानिसको खोजीमा जुटेका उद्धारकर्मीहरू केही आशावादी देखिन्थे। तर पानी धमिलो र नदीको प्रवाह तीव्र भएका कारण नदीमा बस फेला पार्न सकेका छैनन्।

घटनास्थलबाट झन्डै ५० किलोमिटर तल गोलाघाटमा एक जनाको शव फेला परेको छ। तर अरू यात्रुको अवस्था अझै अज्ञात छ।

दयाशङ्कर प्रसाद रामजस्तै नदीमा हराइरहेका कैयौँ मानिसका कैयौँ आफन्त घटनास्थलमा भेला भएका छन्।

छोरीको विवाह रोकेर छोरा खोज्न त्रिशूलीमा

बहिनीको विवाहका लागि काठमाण्डूबाट घर फर्कँदै गरेका आफ्ना छोरा त्रिशूलीमा बेपत्ता भएपछि रौतहटका बुधन दासको परिवारको शोकमग्न छ। त्रिशूलीमा खसेको बसमा आफ्ना पनि छोरा परेको खबर थाहा पाएपछि दास सोधखोज गर्न दुर्घटनास्थल आए।

“बहिनीको बिहेका लागि आउँदै थियो। हिजो ११ बजे घटनाबारे थाहा पाएँ,” उनले शनिवार भने। दासका अनुसार उनकी छोरीको विवाह शनिवारका लागि तय भएको थियो।

कलैयाका सन्सार मन्सुर पनि त्रिशूलीमा हराइरहेका आफ्ना मामाका छोराको खोजीमा भइरहेको प्रगतिबारे बुझ्न सिमलताल पुगेका छन्।

तर उचित उपकरणको अभावमा खोजी कार्यमा प्रगति नभएको देखेर निराश मन्सुरले भने, “सेना र प्रहरीले आफ्नो ज्यान लगाएर प्रयास गरेका गर्नुभएको तर उहाँहरूलाई उपकरणको अभाव छ,” उनले भने।

“आज हाम्रो घरको मान्छे बितेको छ, भोलि अरूलाई पनि यस्तो हुन सक्छ। सामान बाहिरबाट मगाएर भए पनि उहाँहरूलाई उपलब्ध गराउनुपर्‍यो। भोलि अर्को परिवारको मान्छे पर्‍यो भने त्यस बेला सामग्री खोज्न नपरोस्।”

प्रहरीले हराइरहेका अधिकांश मानिसहरूका आफन्त सम्पर्कमा आएको जनाएको छ। आफन्तहरू हराइरहेका मानिसको राज्यप्रतिको गुनासो स्वाभाविक भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

उनले नदीको तीव्र प्रवाह, पानीको तह र धमिलोपनका कारण खोजीकार्यमा प्रभाव परेको जनाए। “सशस्त्र प्रहरीको कुरिनटारको तालिम स्कुल र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गण नेपालको उच्च जनशक्ति र प्रविधि भएको बेस र गण हो,” प्रजिअ यादवले भने।

“यस अर्थमा यसभन्दा थप जनशक्ति र प्रविधिको कुरा गर्नुपर्दाखेरि नेपालभन्दा बाहिरबाट झिकाउनेबाहेक अरू विकल्प खासै देखिएको छैन।”

यद्यपि उनले खोजी अभियानमा शनिवारदेखि नयाँ रणनीति अवलम्बन गरिएको बताए। यादवका अनुसार दुवै बसका चलानका आधारमा ती बसमा ५१ जना चढेको बताइएको तर अरू यात्रु पनि सवार भएको हुन सक्ने आशङ्का व्यक्त गरे।

"त्यस्ता विवरण पनि हामी प्राप्त गर्दै छौँ," उनले भने। उनका अनुसार एक व्यक्तिले आफ्ना एक आफन्त पनि बसमा चढेको तर उनको नाम चलानमा नदेखिएको बताए।

राजनीतिक नेतृत्वप्रति गुनासो

रौतहटको बहुदीमाई नगरपालिकाका मनोज प्रसाद जयसवाल पनि काकाका छोराको खोजीबारे बुझ्न त्रिशूली नदी किनारमा पुगेका छन्।

सुरक्षाकर्मीहरूले प्रयास गरिरहेको भए पनि राजनीतिक नेतृत्वले खोजी र उद्धारमा उल्लेख्य चासो नदेखाएकोमा आफ्नो चित्त दुखेको उनी बताउँछन्।

“नेताहरू कुर्सीको छलफल गर्दै छन्, यहाँ जनता मर्दै छन्। के भइरहेको छ, केही वास्तै छैन,” उनले भने।

साथीले काठमाण्डूमा तरकारीको व्यापार गर्ने आफ्ना भाइ त्रिशूली बस दुर्घटनामा परेको खबर गरेपछि चितवनमा बस्दै आएका भारतका नरेश साह पनि घटनास्थलमा पुगेका छन्।

“सरकारले क्रेन लगाएर हुन्छ कि, के गरेर हुन्छ खोजी गर्नुपर्‍यो नि,” खोजीमा प्रगति नभएकोमा गुनासो गर्दै साहले भने। प्रमुख जिल्ला अधिकारी यादवले उपलब्ध भएसम्मका उपकरणहरू प्रयोग गरेर खोजी कार्य भइरहेको बताए।

“आज हामीले हिजो खोजिरहेकोभन्दा अलि तलतिरको ठाउँमा खोजीलाई बिस्तार गरेका छौँ। राप्ती खोला मिसिने दोभानसम्म नदीको दुवैतर्फ खोजी भइरहेको छ,” उनले भने।

गोलाघाटनजिकै शनिवार एक यात्रुको शव फेला परेको र उनको सनाखत भइसकेको जानकारी यादवले दिए।

घटनास्थलमा पुगेका एक युवकले सरकारले विमान दुर्घटना हुँदा छानबिन समिति बनाउने गरे पनि बस दुर्घटनामा कैयौँ मानिसहरू हराइरहँदा पनि राजनीतिक नेतृत्वले पहल नगरेको बताए। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुमन सायमी नेतृत्वको समूह आज नेकपामा समायोजन हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अभियन्ता सुमन सायमी नेतृत्वको समूहबीच आज एकता हुँदैछ । आज दिउँसो एक बजे राष्ट्रिय सभागृहमा एकता सभा ह...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ताको समय पुनः थप

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको समय फेरि थप गरिएको छ। यसअघि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि तय गरिएको...

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, विशेष महाधिवेशन पक्षधर सहभागी नहुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...

तनहुँंको तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ

दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...

निर्वाचन आउन ५० दिन बाँकीः १७५ उम्मेदवारले फिर्ता लिए बन्दसूचीबाट नाम

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर...

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

तनहुँ । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम ...

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending