काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले विश्व तरंगित भएको छ । चुनावी र्यालीका क्रममा पेन्सिलभेनियाको बटलरमा ट्रम्पमाथि गोली प्रहार भएको थियो ।
मञ्चमा बोल्दै गर्दा गोली चलेको आवाज सुनियो । ट्रम्पले दाहिने कानमा हात राखेर निहुरे । अमेरिकी सेक्रेट सेवाका एजेन्टहरू तुरुन्तै ट्रम्पलाई कभर गर्न आइपुगे ।
एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो । यस क्रममा ट्रम्पले आफ्नो मुट्ठी समातेर हावामा हल्लाए । यसपछि गोप्य एजेन्टहरूले ट्रम्पलाई स्टेजबाट लगेर कारमा राखेर त्यहाँबाट अस्पताल लगेक थिए ।
सेक्रेट सेवाले आक्रमणकारी मारिएको जनाएको छ । यस हमलामा एक ट्रम्प समर्थकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो चुनावी यात्रा बिचमा छाडेर आज वासिङ्टन डिसी फर्कदैछन् । उनले ह्वाइट हाउसमा होमल्याण्ड सेक्युरिटी र कानून प्रवर्तन एजेन्सीको आपतकालीन बैठक बोलाएका छन् ।
त्यस्तै बाइडेनले ट्रम्पसँग कुरा गरेको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले आफ्नो कानको उपल्लो भागमा लागेको बताएका छन् । उनी अहिले सुरक्षित रहेका छन् र उनले आफ्नो सुरक्षा गरिरहेका अमेरिकी गुप्तचर बिभागका कर्मचारीलाई धन्यवाद दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ९ गते, २०८१ - १८:५५
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकको परिस्थिति अत्यन्तै जटिल अवस्थामा पुगेको बताएका छन् । शनिबार दाङ–काठमाडौं सम...
चैत्र ९ गते, २०८१ - १८:४६
चितवन । खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा पाएकी छन् । गएराति रिमझिमकलीले पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण च...
चैत्र ९ गते, २०८१ - १८:३९
नवलपरासी । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका छन् । नवलपरासीको गैँडाकोटमा आज आयोजित कार्यक्रममा उनले गणतन्त...
चैत्र ९ गते, २०८१ - १८:३३
काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरुँकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार स...
चैत्र ९ गते, २०८१ - १८:२५
ब्राजिल । ब्राजिल पृथ्वीको १२ प्रतिशत ताजा पानीको भण्डार भएको घर हो र यसको धेरै भाग अमेजनमा छ । तर शुक्रबार एक प्रतिवेदनले जलवायु परिवर्तन र वनबाट कृष...
चैत्र ९ गते, २०८१ - १८:२०
भारत । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् । पानीको ...
चैत्र ९ गते, २०८१ - १८:१६
डाेटी । डोटी जिल्लाको पुर्विचौकी गाउँपालिका ५ मा रहेको नव प्रभात आधारभूत विद्यालयमा विद्यार्थीहरु लामो समयदेखि खुला चौरमा पढदै आएका छन् । विद्यालयम...
चैत्र ९ गते, २०८१ - १८:१२
वासिङ्टन । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँ...
चैत्र ९ गते, २०८१ - १८:०७
जापान । दक्षिण कोरिया र चीनले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्नु साझा जिम्मेवारी भएको तीन देशका शीर्ष कूटनीतिज्ञको बैठकमा शनिबार सहमति भएको छ ...
चैत्र ९ गते, २०८१ - १८:००
गाेरखा । तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन् । ऑबुखैरेनी गाउँपालिका–२ एक्लेफॉटस्थित मस्र्याङ्दी नदीमा आज ती युवा मृत फेला ...
प्रतिकृया लेख्नुहोस्: