चितवन। गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा भइरहेको जानकारी दिए ।
उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताए । “यातायात व्यवसायीसँगसमेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,” उनले भने, “अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ ।”
उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँचजनाको मात्र शव फेला परेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०९
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आम नागरिकलाई औषधिमा कम खर्च हुने स्थिति निर्माण गर्न मेहनत गरिरहेको बताएका छन् । सोमबार कान...
पौष २२ गते, २०८१ - १५:०५
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी...
पौष २२ गते, २०८१ - १३:५०
काठमाडौं । अहिले विवाह गर्ने उमेर बढेको छ । ३०–३५ वर्षको उमेरमा मात्र विवाह गर्ने प्रवृत्ति छ । अर्कोतिर धेरै दम्पतीले विवाहलगत्तै सन्तानको योजना बनाउ...
पौष २२ गते, २०८१ - १३:४५
सांसदको समेत वतन नखुलेको सरकारी वकिल कार्यालयको हाँस्यस्पद जवाफ
पौष २२ गते, २०८१ - १२:५०
काठमाडौं । हराएका भारतीय पत्रकार मुकेश चन्द्राकरको शव सेप्टी ट्याङ्कीमा फेला परेको छ । भ्रष्टाचारबारेमा पत्रकारिता गर्दै आएका मुकेश भारतीय राज्य छत्त...
पौष २२ गते, २०८१ - १२:४६
कैलाली । कैलालीमा १८ वर्षीया युवती बलात्कबारको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका– ६ बनबेहडा बस्ने २७ वर्षीय अशोक भन्ने...
पौष २२ गते, २०८१ - १२:४६
काठमाडौं । स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्...
पौष २२ गते, २०८१ - १२:४१
काठमाडौं । बुद्ध एयरको विमान सोमबार बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवरण गरेको छ । विमानस्थल कार्यालयका अनुसार बिहान १...
पौष २२ गते, २०८१ - १२:३५
सबै नेताहरूले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने
प्रतिकृया लेख्नुहोस्: