Ntc summer Offer
Khabar Dabali ३ श्रावण २०८२ शुक्रबार | 18th July, 2025 Fri
Investment bank

फ्रान्समा जन्मदिनको पार्टीमा गोली चल्दा चार जनाको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । फ्रान्सको एक गाउँमा जन्मदिनको पार्टीमा एक व्यक्तिले गोली चलाउँदा बन्दुकधारीसहित चार जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । 

क्लेरमोन्ट–फेरान्डबाट करिब ६० किलोमिटर उत्तरमा रहेको मध्य फ्रान्सेली गाउँ एस्पिनासे–भोजेलमा २० वर्षीय एक युवक आफ्नो परिवारसँग आफ्नो जन्मदिन मनाइरहेका बेला ती व्यक्ति नजिकैको घरमा पुगेका थिए । 

आक्रमणकारीले पार्टीमा आएका पाहुनामाथि गोली चलाउँदा तीमध्ये तीन जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । आफ्नो जन्मदिन मनाइरहेका युवक र उनका पिता दुवैको हत्या भएको थियो । प्रहरीले अझै पनि आक्रमण ‘किन’ भएको भन्नेबारे अनुसन्धान गरिरहेको अधिकारीले बताएका छन् । 

उक्त व्यक्तिले घातक आक्रमण गर्नुअघि सवारी चालकहरूलाई गोली हानेको देखिन्छ । स्थानीय अभियोजक जेरोम पिकेसले एएफपीलाई बताएअनुसार ती व्यक्ति स्थानीय समयअनुसार राति ९ः३० बजेतिर दुवै घरलाई जोड्ने बाटो हुँदै छिमेकीको घरमा पुगेका थिए । गोली काण्डमा घाइते भएका चार जनालाई अस्पताल भर्ना गरिएको छ र उनीहरू खतरामुक्त भएको अधिकारीले बताए । 

गोली चलेको स्थलमा रहेका अन्य १५ प्रत्यक्षदर्शीलाई मनोवैज्ञानिकहरूले निगरानीमा राखेका छन् । एस्पिनासे–भोजेलका नगरप्रमुख मिचेल मारिएनले एएफपीसँग भने, “यो एउटा झट्का हो । हामीलाई थाहा छैन कि यो के कारणले भयो, कसरी एक व्यक्तिले नियन्त्रण गुमाउँछ र यति विग्न उग्र हुन्छ ।”

प्रहरीका अनुसार ५० वर्ष काटेका ती आक्रमणकारीलाई यसअघि कुनै पनि अभियोग नलागेको देखिएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेमा ११ जनाकाे पदाधिकारी बनाउन प्रस्ताव

पूर्वराष्ट्रपति भण्डारीको विषयमा एमाले बैठकमा प्रवेश

मधेश प्रदेशमा ४४२ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त

धनुषा । डिभिजन वन कार्यालय धनुषाले ३० हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा तथा ...

पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै

नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशु चौपायामा लम्पीस्किनको सङ्क्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा सङ्क्रमण देखिन थालेकाे हो ...

इराकको सपिङ मलमा आगलागी, ५० जनाको मृत्यु

बगदाद । पूर्वी इराकी सहर कुटको सपिङ मलमा रातभर लागेको आगलागीमा करिब ५० जनाको मृत्यु भएको र घाइते भएको सरकारी मिडियाले बिहीबार जनाएको छ । “एउटा प्रम...

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

बागमती । बागमती प्रदेश सभाबाट पारित दुईवटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रमाणीकरण गरेका छन् । प्रदेश सभाबाट पारित आर्थिक वर्ष ०८२/८३ ...

ताप्लेजुङमा सम्बन्धविच्छेदका मुद्दाकाे चाङ बढ्दै

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको अवस्था भयावह देखिएको छ । कुल  मुद्दामध्ये झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका देखिएका छन्...

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

टीकापुर । टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा  प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । नगर प्रमुख ...

सप्तरीकाे महादेवा गाउँपालिकाले‌ ल्यायो विपन्नका लागि नि:शुल्क एम्बुलेन्स सेवा

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकाले‌ गर्भवती महिला तथा दुर्घटनामा परेका विपन्न व्यक्तिहरूका लागि जिल्लाभित्र नि:शुल्क एम्बुलेन्स सेवा सुरु गराएको छ...

एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री

पाल्पा । यहाँको रामपुर नगरपालिका वडा नम्बर ५ स्थित भम्बकका प्रेमबहादुर सिंह ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् । ...

काठमाडाैंबाट राजस्व छलीका विद्युतीय उपकरणसहित एक चिनियाँ पक्राउ

काठमाडाैं । राजस्व छली गरिएका अवैध विद्युतीय उपकरणसहित काठमाडौं महानगरपालिका– ३२ पुरानो सिनामंगल बस्ने चिनियाँ नागरिक ३८ वर्षीय यु वाङलाई प्रहरीले पक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending