रौतहट । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको खबर छ र न त सासकै । अझै पनि कुनै सकारात्मक खबर आइहाल्छ कि भन्ने उनीहरूमा परिवारमा लागिरहन्छ ।
बौधिमाई–२ इनर्वाका राज पटेलको घरमा पनि बेहाल छ । कोही नयाँ मानिस घरमा आउँदा होस् वा मोबाइलमा घण्टी बज्दा छोरा भेटिएको खबर आयो कि भन्ने परिवारलाई लागिरहन्छ । घरमा फर्किने आशा अझै पनि पटेल परिवारमा रहेको छ ।
अजगैबी गाउँका हरिचन्द्र यादव र बाल राउत कुर्मीको घरमा चुलो नबलेको तीन दिन भयो तर आशाको दियो भने निभेको छैन । कहीँ कतैबाट कुनै राम्रो खबर आइहाल्छ कि भन्ने आशा बाँकी छ ।
बौधिमाई–४ इनरवारी गाउँका प्रिन्स जयसवाल र अकलु राउत कुर्मी पनि बेपत्ता छन् । घरमा अझै पनि आशा छ कि फर्केर आउलान् वा कुनै खबर आउला भनेर । रौतहटका २४ जना दुर्घटनामा बेपत्ता भएका छन् । गणपति डिलक्सको काउन्टरबाट प्राप्त भएको चलानका आधारमा नै बेपत्ता भएका परिवारका आफन्तसित प्रहरीले सम्पर्क गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
बेपत्ता भएका नागरिकको बारेमा यकिन विवरण आई नसकेकाले अहिले घरपरिवारसित सम्पर्कको काम भइरहेको प्रजिअ रेग्मीको भनाइ छ । शुक्रबार बिहान साढे ३ बजेतिर काठमाडौँबाट रौतहटतिर आइरहेको गणपति डिलक्समा २७ यात्रु रहेका थिए । त्रिशूली नदीमा खसेको बसका यात्रुहरूमध्ये तीनले ज्यान जोगाएका थिए भने २४ जना अहिलेसम्म बेपत्ता छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०७:३१
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो। भृकुट...
माघ १ गते, २०८२ - ०७:२४
दमौली । तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार...
माघ १ गते, २०८२ - ०७:२१
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर...
माघ १ गते, २०८२ - ०७:१८
तनहुँ । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम ...
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...




प्रतिकृया लेख्नुहोस्: