काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता मनिष झाले पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको आरोप लगाएका छन् ।
आइतबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै झाले मुकुल स्पष्ट रूपमा अरुबाट परिचालित भएको देखिएपछि कारबाही भएको दाबी गर्दै सारा योजना असफल भएपछि भिक्टिम कार्ड खेलिरहेको बताए।
उनले भनेका छन्, ‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दै हुनुहुन्छ।’
मुकुलमाथि पत्रकार सम्मेलन गर्दा ‘साराले गाली गरेको’ समेत झाको दाबी छ । यस्तै शनिबार सार्वजनिक भएको एक अन्तर्वार्ता गरेर झुठमाथि झुठ बोलेको पनि उनले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठ माथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए।’
‘अब मलाई कुट्न आँटे’ भनेर हल्ला मच्चाउँदै उपसभापति स्वर्णिम वाग्लेमाथि आरोपित गरेको पनि झाले लेखेका छन् । उनले थप लेखेका छन्, ‘स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुलजी पुगेछन।’
मुकुलका सम्भावित योजना भनेर पनि झाले पाँचवटा कुरा उल्लेख गरेका छन् ।
पहिलो, जिल्ला जाने, अन्टसन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र रवि र स्वर्णिमले मान्छे लगाएर कुटाए भन्ने।
दोस्रो, कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने ।
तेस्रो, महामन्त्री अझै पनि मै हुँ भनेर अनधिकृत रूपमा पार्टी कार्यालय आउने, हुल हुज्जत गर्ने र गिरफ्तार हुने अनेकौँ प्रयास गर्ने,
चौथो, फेरि पार्टी कार्यालय अगाडि आमरण अनसन बस्ने,
पाँचौं, अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने रहेको झाले उल्लेख गरेका छन् ।
उनले मुकुलको परिवारलाई उनको राम्रो हेरचाह गर्न भन्दै झाले सुझाव दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: