काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता मनिष झाले पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको आरोप लगाएका छन् ।
आइतबार सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै झाले मुकुल स्पष्ट रूपमा अरुबाट परिचालित भएको देखिएपछि कारबाही भएको दाबी गर्दै सारा योजना असफल भएपछि भिक्टिम कार्ड खेलिरहेको बताए।
उनले भनेका छन्, ‘स्पष्ट रूपमा अरूबाट परिचालित देखिनेगरी रास्वपामा समस्या खडा गर्न निरन्तर लागिरहेका पार्टीबाट कारबाहीमा समेत परेका मुकुल ढकालका योजनाहरू सारा विफल भएपछि अब उनी भिक्टिम कार्ड खेल्दै हुनुहुन्छ।’
मुकुलमाथि पत्रकार सम्मेलन गर्दा ‘साराले गाली गरेको’ समेत झाको दाबी छ । यस्तै शनिबार सार्वजनिक भएको एक अन्तर्वार्ता गरेर झुठमाथि झुठ बोलेको पनि उनले लेखेका छन् ।
उनले अगाडि लेखेका छन्, ‘कसलाई के आरोप लगाउँदा जनताले पत्याउँछन् भन्ने सोचेर झुठ माथि झुठ बोले, जग हँसाइ भो, थप गाली खाए।’
‘अब मलाई कुट्न आँटे’ भनेर हल्ला मच्चाउँदै उपसभापति स्वर्णिम वाग्लेमाथि आरोपित गरेको पनि झाले लेखेका छन् । उनले थप लेखेका छन्, ‘स्वर्णिम वाग्ले जस्तो शालीन व्यक्तिले त्यस्तो गर्नु होला भन्ने कुरा मान्छेले पत्याउलान् भन्ने अवस्थामा मुकुलजी पुगेछन।’
मुकुलका सम्भावित योजना भनेर पनि झाले पाँचवटा कुरा उल्लेख गरेका छन् ।
पहिलो, जिल्ला जाने, अन्टसन्ट बोल्ने, कुटाई खाने प्रयास गर्ने र रवि र स्वर्णिमले मान्छे लगाएर कुटाए भन्ने।
दोस्रो, कुनै कृत्रिम दुर्घटनाको योजना बनाउने र दोष लगाउन खोज्ने ।
तेस्रो, महामन्त्री अझै पनि मै हुँ भनेर अनधिकृत रूपमा पार्टी कार्यालय आउने, हुल हुज्जत गर्ने र गिरफ्तार हुने अनेकौँ प्रयास गर्ने,
चौथो, फेरि पार्टी कार्यालय अगाडि आमरण अनसन बस्ने,
पाँचौं, अनेकौँ अप्रिय प्रयासहरू गर्ने र दोष पार्टी र नेताहरूलाई लगाउने रहेको झाले उल्लेख गरेका छन् ।
उनले मुकुलको परिवारलाई उनको राम्रो हेरचाह गर्न भन्दै झाले सुझाव दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १ गते, २०८२ - ०७:२१
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर...
माघ १ गते, २०८२ - ०७:१८
तनहुँ । माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम ...
पौष २९ गते, २०८२ - ०९:३५
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...
पौष २९ गते, २०८२ - ०९:२९
विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने
पौष २९ गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...
पौष २९ गते, २०८२ - ०९:१९
बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...
पौष २९ गते, २०८२ - ०८:०२
काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...
पौष २९ गते, २०८२ - ०७:५४
रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...
पौष २९ गते, २०८२ - ०७:४६
चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...
पौष २९ गते, २०८२ - ०७:४०
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...




प्रतिकृया लेख्नुहोस्: