Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

संविधान संशोधनको सहमति गरेर बनेको गठबन्धन सरकार समावेशी नहुँदा उपलब्धि गुम्ने चिन्ता

खबरडबली संवाददाता

काठमाडौं । केपी ओली नेतृत्वको सरकारमा दलित, मुस्लिम सहित अन्य कतिपय समुदायको प्रतिनिधित्व शून्य भएकोप्रति कतिपय अभियानकर्मीहरूले चिन्ता व्यक्त गर्दै यस्लाई राम्रो सङ्केत मान्न नसकिने आशङ्का गरेका छन्।

सोमवार प्रधानमन्त्री ओलीले गठन गरेको २२ सदस्यीय मन्त्रीमण्डलमा एक जना पनि दलित र मुस्लिम सहितका कतिपय सीमान्तकृत समुदायबाट मन्त्री नबनाइएको विषयमा कतिपयले सरकारको आलोचना गरेका छन्।

राष्ट्रिय समावेशी आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले सोमवार गठन भएको मन्त्रिपरिषद् समावेशी नभएको बताइन्।

“पूर्ण समावेशिता छैन। दलितको प्रतिनिधित्व भएन। महिला दुई जना मात्र हुनुहुन्छ,” उनले भनिन्। प्रधानमन्त्री सहित २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दुई जना महिलाको प्रतिनिधित्व नौ प्रतिशत मात्रै हो।

राष्ट्रिय महिला आयोगले विज्ञप्ति निकालेरै यस विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

संविधानमा भएको व्यवस्थालाई बेवास्ता

सरकार गठनको भोलिपल्ट महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्‌मा नौ प्रतिशत मात्र महिला समावेश गरिनुले संविधानमा भएको व्यवस्थालाई राजनीतिक पार्टीहरूले बेवास्ता गरेको देखिएको बताइएको छ।

"महिला नेतृत्वलाई अवसरबाट वञ्चित गरिएको विषयप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको छ," उनले भनेकी छन्।

संविधानको धारा ७६ को उपधारा ९ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्‌का सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्री सहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन गर्ने उल्लेख गरेको छ।

धारा १६८ मा प्रदेश मन्त्रिपरिषद् पनि समावेशी हुनुपर्ने भनिएको छ।

तर संविधानको यो व्यवस्थालाई अन्य कानुनहरूमा थप स्पष्ट नगरिएका कारण सरकार गठनका क्रममा सङ्घ देखी प्रदेशसम्म समावेशिताको उल्लङ्घन हुने गरेको अभियानकर्मीहरू बताउँछन्।

संविधान बाध्यात्मक नभएको हो?

यसअघि प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको भन्दै कर्णाली र मधेश प्रदेशको सरकार समावेशी बनाउन माग गर्दै अदालतमा मुद्दा समेत परेका थिए।

त्यसमध्येको एउटा मुद्दामा सुर्खेत उच्च अदालतले संविधानको “मर्म र भावना” पालनामा प्रदेश सरकार र प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो।

“नलेखी नहुने स्थिति छ। बाध्यात्मक बनाइयो भने त्यसलाई लागु गर्न बाध्यकारी हुँदो रहेछ,” यसबारेमा कानुनमै लेखिनुपर्ने आवश्यकता औँल्याउँदै ओझाले भनिन्।

संविधान निर्माणमा सहभागी संविधानसभाका तत्कालीन सदस्य लक्ष्मणलाल कर्ण संविधानले राज्यका हरेक संरचना समावेशी हुने परिकल्पना गरेका कारण हरेक कुरा कानुनमा लेखिरहन नपर्ने बताउँछन्।

“यो संविधानबाट पाएको एउटा उपलब्धि नै समानुपातिक समावेशी प्रतिनिधित्वको मौलिक अधिकार हो,” कर्ण भन्छन्, “त्यसलाई बाध्यकारी छैन भनेर कोही पनि उम्किन मिल्दैन।”

तर सङ्घ र प्रदेशमा बन्ने सरकारहरू मात्रै नभएर न्यायाधीश र राजदूतहरूको छनौट पनि समावेशी हुन नसकेको तर्फ कर्णले औँल्याए।

अहिलेको सरकारमा मधेशी र महिलाको प्रतिनिधित्व भए पनि त्यो तुलनात्मक रूपमा न्यून भएको आयोगकी कार्यवाहक अध्यक्ष ओझा बताउँछिन्।

“महिलाको सङ्ख्या एक तिहाइ त हुनुपर्थ्यो। एक तिहाइ भनेर धेरै ठूला ठूला बहस आन्दोलनहरू भए,” उनले थपिन्। युवाहरूको प्रतिनिधित्व पनि उत्साहजनक नभएको ओझाको भनाई छ।

“समावेशिता जात मात्रै होइन वर्गीय पनि हुनुपर्छ र भूगोल पनि समेटिनुपर्छ भनेर समावेशीकरणले भन्छ,” ओझा भन्छिन्।

‘दलितविहीन’ सरकार

दलित अधिकारका क्षेत्रमा पैरवी गर्दै आएका एकजना अभियानकर्मी जेबी विश्वकर्मा देशका हरेक महत्त्वपूर्ण परिवर्तनहरूमा उल्लेख्य योगदान पुर्‍याएको दलित समुदायलाई अवसरबाट भने "सधैँ वञ्चित गर्ने गरिएको" बताउँछन्। 

“यो दलितले गरेको योगदानको अपमान हो,” उनले भने।यसअघिका सरकारहरूमा पनि दलित समुदायको उचित प्रतिनिधित्व हुन नसकेको अधिकारकर्मीहरू बताउँछन्। 

"नेपाली कांग्रेस र नेकपा एमाले सहितका सत्ताधारी दलहरूले आफ्ना राजनीतिक दस्ताबेज र नारामा समावेशितालाई स्वीकार गरेजस्तो देखाए पनि अवसर आउँदा नियोजित रूपमा वञ्चित गर्ने गरेको" विश्वकर्मा बताउँछन्।

“यो नियोजित बञ्चिती हो। पार्टीहरूमा रहेको जातीय एकाधिकारवादको परिणाम पनि हो,” उनको आरोप छ। सरकारले गरेका काम कारबाही समावेशी नभएको अवस्थामा समावेशी आयोगले सरकारलाई सुझाव र सिफारिस दिने गरेको छ।

समावेशीकरण स्थापनाका लागि सबैभन्दा बढी सरकार संवेदनशील र प्रतिबद्ध हुनुपर्ने आयोगकी कार्यवाहक अध्यक्ष ओझा बताउँछिन्।

“हामीले भन्ने त भनिरहेका छौँ। सुझावहरू पनि दिएका छौँ तर कार्यान्वयन चाहिँ खासै भएको देखिँदैन के,” उनी भन्छिन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विशेष महाधिवेशनः प्रतिवेदनमाथि छलफल जारी, नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको विशेष महाधिवेशनको बन्दसत्र लम्बिएको छ । यही ...

कांग्रेसमा सहमतिको प्रयास- संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच वार्ता जारी

विशेष महाधिवेशन पक्षधर कांग्रेस कार्यसमिति बैठकमा नजाने

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ आज, परिचयपत्र लिन एक हजार बुझाउनुपर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूलाई आज शपथ ग्रहण गराइने भएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो स...

तीन पुस्तादेखि टमाटरखेतीः विदेशको विकल्प बन्यो वीरेन्द्रको व्यवसाय

बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । ...

कांग्रेस विभाजन रोक्ने प्रयास- संस्थापन र शेखरले पनि बनाए वार्ता समिति, आजै निर्णायक छलफल हुँदै

काठमाडौँ । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गठन गरेको वार्ता समितिसँग छलफल ...

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही । सर्वेन्द्र यादव शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आएका छन् । उनी बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आएका छन् । ...

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

चितवन । चितवनको खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केही बेर रोक्छ। रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ ...

कांग्रेस जोगाउने मध्यमार्गी प्रस्ताव: नीति गगन–विश्वप्रकाशको, नेतृत्व देउवानिकटको

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको ‘नीति’ र सभापति शेरबहादुर देउवाको समर्थनसमेतको ...

झापा–५ मा बालेन्द्र शाहको सम्भावित उम्मेदवारीबारे स्थानीय युवा नेताहरू के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद...

विशेष महाधिवेशन पक्षधरले अडान नछाडेपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

 काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः०० बजे बस्ने बैठकमा पार्टीक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending