Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

चिनियाँ युवा बेरोजगारी दरमा सुधार: तथ्याङ्क ब्यूरो

खबरडबली संवाददाता

बेइजिङ । चीनको अनिश्चित आर्थिक दृष्टिकोणबारे छलफल गर्न नीति निर्माताद्वारा बेइजिङमा बोलाएको बैठक पछि जून महिनामा चीनमा युवा बेरोजगारी घटेको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ । 

विकासमा असर पार्ने कडा कोभिड– १९ नियन्त्रण भएको १८ महिना भन्दा बढी समय पछि, प्रत्याशित महामारी पछिको सुधार नेताहरूले आशा गरेको भन्दा कमजोर भएको छ । युवाहरूमा बढ्दो बेरोजगारी विश्वको दोस्रो ठूलो अर्थतन्त्रले सामना गरेको अवरोध मध्ये एक हो । साथै भारी ऋणग्रस्त सम्पत्ति क्षेत्र र पश्चिमसँगको भूराजनीतिक तनावले भरिएको व्यापार यसको अर्को पाटो हो । 

तर १६–२४ वर्ष उमेर समूहका लागि बेरोजगारी दर गत महिना घटेर १३.२ प्रतिशतमा झरेको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्स (एनबीएस) ले बुधवार घोषणा गरेको छ, जुन मे महिनामा १४.२ प्रतिशतबाट थोरै सुधार भएको हो । विद्यार्थीहरू बाहेकको आँकडामा अधिकारीहरूले जनवरीमा नयाँ गणना विधि अन्तर्गत युवा बेरोजगारी तथ्याङ्क प्रकाशित गर्न पुनः सुरु गरेपछि रेकर्ड गरिएको तथ्याङ्कमा यो सबै भन्दा सबैभन्दा कम हो । 

अधिकारीहरूले कार्यप्रणालीको समीक्षाको आवश्यकतालाई उद्धृत गर्दै धेरै महिनाका लागि तथ्याङ्कको विमोचन स्थगित गर्नु अघि गत वर्ष जुनमा यो रेकर्ड २१.३ प्रतिशतमा पुगेको जनाएका थिए । २५–देखि २९ वर्ष उमेर समूहको बेरोजगारी दर जूनमा ६.४ प्रतिशत रहेकोमा एनबीएसले बुधवार अघिल्लो महिनाको ६.६ प्रतिशतबाट कम भएको जनाएको छ । हाल बेरोजगारी दर पाँच प्रतिशतमा स्थिर रहेको छ । 

यद्यपि एनबीएसको तथ्याङ्क सहरी क्षेत्रमा मात्र केन्द्रित भएकाले चीनको समग्र रोजगारीको अवस्थाको अपूर्ण विश्लेषण गर्दछ । राष्ट्रपति सी जिनपिङले मे महिनामा युवा बेरोजगारीको प्रतिरोधलाई “शीर्ष प्राथमिकता“ मान्नुपर्ने बताएका थिए । 

गत महिना, ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेका छन् जसले रोजगार बजारमा कडा प्रतिस्पर्धा बढाउँदैछ । अधिकारीहरूले सोमबार जारी गरेका तथ्याङ्कले थप निराशाजनक आर्थिक वृद्धि र निरन्तर सुस्त उपभोगको सङ्केत गर्दछ । सोमबारदेखि, सी लगायत चिनियाँ नेताहरूले आर्थिक नीति छलफल गर्न बेइजिङमा बैठक गरिरहेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: