Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

ट्रान्सफर्मर चोरीपछि सात सयभन्दा बढी धारामा खानेपानी बन्द

खबरडबली संवाददाता

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको छ। शुक्रबार राति आयोजनामा जडान गरिएको ५० केभिए क्षमताको ट्रान्सफर्मर चोरी भएपछि खानेपानी सेवा अवरुद्ध भएको हो।

खानेपानी योजनाको बोरिङबाट पानी तान्न प्रयोग गरिएको ट्रान्सफर्मर पोलबाट झारेर त्यसभित्र रहेका तामाका तार र तेल चोरी गरिएको छ। ट्रान्सफर्मरको बाहिरी भाग भने घटनास्थलमै छाडिएको अवस्थामा फेला परेको खानेपानी उपभोक्ता समितिले जनाएको छ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्यनारायण महतोले ट्रान्सफर्मर चोरी भएपछि आयोजनाबाट वितरण हुँदै आएको सात सयभन्दा बढी धारामा खानेपानी सेवा पूर्ण रूपमा अवरुद्ध भएको बताए। उनका अनुसार पानी आपूर्ति बन्द भएपछि स्थानीयवासी इनार तथा टाढाटाढाबाट पानी ल्याएर दैनिक आवश्यकता पूरा गर्न बाध्य भएका छन्।

अध्यक्ष महतोले यस आयोजनाको ट्रान्सफर्मर लगातार तेस्रो पटक चोरी भएको जानकारी दिँदै बारम्बार हुने यस्ता घटनाले उपभोक्तालाई सास्ती भएको बताए । उनले तत्काल नयाँ ट्रान्सफर्मर खरिद गरी जडान गर्ने आर्थिक अवस्था समितिसँग नरहेको जानकारी दिए।

उनका अनुसार समितिसँग जगेडामा रहेको पुरानो ट्रान्सफर्मर भए पनि नेपाल विद्युत् प्राधिकरणले त्यसलाई जडान गर्न खरिद बिल मागिरहेको छ। उनले भने, “विद्युत् प्राधिकरणले पुरानो ट्रान्सफर्मरको खरिद बिल मागेको छ। तर त्यो ट्रान्सफर्मर खानेपानी योजना निर्माणका क्रममा तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले खरिद गरी जडान गरेको थियो। समितिसँग त्यसको खरिद बिल छैन।”

उहाँले सोमबार सम्बन्धित कार्यालय खुलेपछि आवश्यक कागजात खोजी गरी उपलब्ध गराउने प्रयास गरिने जानकारी दिए। आवश्यक कागजात फेला परेपछि जगेडामा रहेको ट्रान्सफर्मर जडान गरी यथाशीघ्र खानेपानी सेवा पुन: सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ।

स्थानीय विनोदकुमार महतोले ट्रान्सफर्मर चोरीका कारण स्थानीयवासीले खानेपानीको समस्या भोग्नुपरेको बताए। उनका अनुसार अहिले इनार तथा टाढाटाढाबाट पानी ल्याउनुपर्ने अवस्था छ। उनले चोरीमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई खानेपानी सेवा शीघ्र सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

किसानलाई पेन्सनदेखि मल कारखानासम्म दिने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...

ट्रान्सफर्मर चोरीपछि सात सयभन्दा बढी धारामा खानेपानी बन्द

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...

पर्वतमा असार सकिँदासम्म ६० प्रतिशत धान रोपाइँ

पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदी ३५ ले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...

स्विट्जरल्यान्डलाई हराउँदै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौँ। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्ज...

कर्णाली राजमार्गमा दुर्घटना : नौ दिनपछि चालकको शव भेटियो

दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...

जलेको अवस्थामा अस्पताल भर्ना भएका रावतको निधन

काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।  अस्पतालको  जलन उपचार केन्द्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending