पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । गतवर्ष असारको अन्त्यसम्म अहिलेको भन्दा बढी प्रतिशतमा धान रोपाइँ भएको थियो ।
कृषि विकास कार्यालय पर्वतका अनुसार जिल्लामा यस वर्ष सात हजार १६० हेक्टर क्षेत्रमा धान खेती गर्ने लक्ष्य राखिएको छ । हालसम्म तीन हजार पाँच सय बढी हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्षभन्दा यस वर्ष पर्याप्त वर्षा नभएको र केही क्षेत्रमा बिउको व्याडमा रोग देखिएको कारण उत्पादन समेत गतवर्ष प्रति हेक्टर २६ हजार आठ सय ३९ मेट्रिक टनभन्दा कम हुने आँकलन गरिएको कृषि प्राविधिक मनिषा कुमालले बताए।
जिल्लामा धान खेतीका प्रमुख क्षेत्रहरुमा कुश्मा नगरपालिकाका वडा नं. ११, १२, १३ र १४, फलेबास नगरपालिकाका वडा नं. ३, ६, ७, र ८, मोदी गाउँपालिकाका वडा नं. २ र ५, जलजला गाउँपालिकाका वडा नं. ४, ६, र ७, महाशिला गाउँपालिकाका वडा नं. २ र ५ र विहादी गाउँपालिकाका वडा नं. १, २, र ३, त्यसैगरी पैयुँ गाउँपालिकाका वडा नं. २, ४, ५ र ७ रहेका छन् ।
कृषि विकास कार्यालय पर्वतका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा गुडुरा, पोखरेली जेठोबुढो, गोरिया, एक्ले, अनदी, विरफुली, उषा–३१२, च्याम्पियन र ६४४४ लगायतका धानका जातको खेती भइरहेको छ । समयमै पर्याप्त वर्षा भएमा आगामी साताहरुमा रोपाइँले थप गति लिने र लक्ष्यअनुसार धान खेती सम्पन्न हुने कृषि प्राविधिकहरुको अपेक्षा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १२:२४
काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...
आषाढ़ २८ गते, २०८३ - १२:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...
आषाढ़ २८ गते, २०८३ - ११:४५
काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...
आषाढ़ २८ गते, २०८३ - ११:३४
पर्वत। पर्वत जिल्लामा चालु आर्थिक वर्ष २०८३/८४ का लागि निर्धारण गरिएको धान खेती क्षेत्रफलमध्ये असारको अन्त्यसम्म करिब ६० प्रतिशत क्षेत्रमा धान रोपाइँ ...
आषाढ़ २८ गते, २०८३ - ११:१०
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला रु ३५ ले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी...
आषाढ़ २८ गते, २०८३ - १०:५०
काठमाडौँ। साविक विजेता अर्जेन्टिना फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । क्यान्सस सिटी स्टेडियममा आइतबार बिहान भएको रोमाञ्चक खेलमा अर्ज...
आषाढ़ २७ गते, २०८३ - १९:५७
दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतडामा असार १८ गते कर्णाली नदीमा खसेको मिनीबसका चालक तुलाराम सुवेदीको शव दुर्घटनाको नौ दिनपछि अछ...
आषाढ़ २७ गते, २०८३ - १९:५०
काठमाडौँ। बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। अस्पतालको जलन उपचार केन्द्र...
आषाढ़ २७ गते, २०८३ - १९:४५
धनगढी। बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी क...
आषाढ़ २७ गते, २०८३ - १४:०५
काराकस । भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ। भेनेजुएला सरकारले भूकम्पका कारण हालसम्म ४ हजार ११८ जनाको...



प्रतिकृया लेख्नुहोस्: