Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

जबरजस्ती नसबंदी गरिएका पीडितहरूसँग माफी माग्दै जापानी प्रधानमन्त्री किशिदा

खबरडबली संवाददाता

एजेन्सी । जापानका प्रधानमन्त्रीले बुधबार सन् १९४८ देखि १९९६ को बीचमा यूजेनिक्स कानुनअन्तर्गत हजारौं मानिसहरूलाई जबरजस्ती नसबंदी गरिएकोमा पीडितहरूसँग माफी मागेका छन् ।

युजेनिक्स कानुन लागु गरेकोमा सरकारले ठुलो जिम्मेवारी बहन गर्नुपर्दछ प्रधानमन्त्री फुमियो किशिदाले भने । “म सरकारको प्रतिनिधित्व गर्दै माफी माग्न चाहन्छु“, उनले पीडितहरूको समूहलाई नमन गर्दै भने । किशिदाले पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्ने नयाँ प्रावधान सुनिश्चित गर्ने वाचा गरेका छन् । 

देशको सर्वोच्च अदालतले जुलाई ३ मा कानुनलाई असंवैधानिक घोषणा गरेको हो र उक्त कानुनको उजुरीमा २० वर्षको हदम्याद रहेको कारण केही पीडितहरूले क्षतिपूर्ति प्राप्त गर्न नसक्ने भएपछि प्रधानमन्त्रीले पीडितसमक्षा माफी मागेका हुन् ।

खराब गुणस्तरको सन्तानको उत्पादन रोक्ने उदेश्यले मानसिक र शारीरिक अपाङ्गता भएका लगभग १६ हजार ५०० मानिसहरूलाई यूजेनिक्स कानुनअन्तर्गत जबरजस्ती नसबंदी गरिएको स्वीकार गर्दै सरकारले सन् २०१९ मा माफी मागेको थियो । 

अन्य ८ हजार ५०० मानिसहरूलाई उनीहरूको सहमतिमा नसबंदी गरिएको थियो । यद्यपि व्यक्तिहरूले सामना गरेको दबाबका कारण उनीहरू नसबंदी गराउन बाध्य भएको वकिलहरूले बताएका छन् । सन् १९५३ मा जारी गरिएको सरकारी सूचनामा शारीरिक बल, एनेस्थेसिया वा झुक्याएर पनि नसबंदी गर्न सकिने जनाइएको थियो । 

साठ्ठी वर्षकी एक महिलाले १५ वर्षको उमेरमा आफू यो प्रक्रियाको सिकार भएको भन्दै सरकारसमक्ष मुद्दा दायर गरेपछि जापानी इतिहासको यो अँध्यारो अध्याय सन् २०१८ मा फेरि चर्चाको विषय बनेको थियो । 

सर्वोच्च अदालतको फैसलापछि सांसदहरूले नयाँ क्षतिपूर्तिको प्रावधानको अध्ययन गर्न थालेका छन् र यस वर्षको अन्त्यमा संसदमा उक्त विधेयक पेश गर्ने लक्ष्य राखेको जिजी प्रेसले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौं । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।  इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्र...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडा...

काठमाडौं महानगरद्वारा बुद्धमाई अस्पताललाई एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण एक लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्...

दसैँभर कोशी प्रदेशमा २६९ दुर्घटना हुँदा १४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत...

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौं । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लि...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम वि...

धादिङमा एक वृद्धा मृत फेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन् । ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले द...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुव...

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy