Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

जापानमा महामारीपूर्वको तुलनामा पर्यटक आगमनमा वृद्धि

खबरडबली संवाददाता

एजेन्सी । जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख बढी विदेशी पर्यटकलाई स्वागत गरेको जनाएको छ । 

जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार दिएको छ भने एक करोड ७७ लाख ८० हजारको नयाँ रेकर्ड कायम गरेको जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार जनाएको छ । कमजोर येनले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकले जापानी परम्परागत कपडा किमोनोस, जापानी चक्कुलगायत मूल्यवान खानाबाट मनैदेखि आनन्द लिने गर्छन् ।

जनवरीदेखि जुनको आँकडाले सन् २०१९ को एक करोड ६६ लाख ३० हजारको उच्च स्तरलाई उछिनेको छ, जसका कारण क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीपरिषद् बैठकमा पर्यटकलाई ग्रामिण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए । उनले भने, “कुनै स्थानमा पर्यटकको घुइचो लाग्ने र कतै खाली हुने प्रवित्तिविरूद्ध हामीले आगन्तुकहरूलाई ग्रामीण क्षेत्रमा पुग्न प्रोत्साहन गर्नुपर्छ । ती क्षेत्रले पर्यटकलाई परम्परागत जापानी संस्कृति र खानाको स्वाद पस्कन्छ र उनीहरूलाई बृहत् खुशी प्रदान गर्छ ।”

जापानले सन् २०२४ मा तीन करोड ५० लाख विदेशी पर्यटक भित्राउने अपेक्षा गरेको छ र यसका लागि आठ ट्रिलियन येन (५० अर्ब अमेरिकी डलर) पर्यटक खपत हुने अनुमान गरिएको छ । महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ को पहिलो छ महिनाको अवधिमा दुई करोड ५० लाख पर्यटक जापान आएका थिए । 

सन् २०३० सम्ममा वार्षिक छ करोड पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य राखिएको छ, जुन सन् २०१९ को तीन करोड १८ लाख ८० हजार पर्यटकभन्दा दोब्बर हो । तर केही विदेशी आगन्तुकहरूको अमर्यादित व्यवहार र शिष्टाचार उल्लङ्घनबाट केही बासिन्दाहरू पहिले नै थकित भइसकेका छन् । 

गत मे महिनामा माउन्ट फुजी नजिकैको एउटा सहरमा अधिकारीहरूले फोटो खिच्न नदिन एउटा कन्भिनेन्स स्टोरको छेउमा रहेको लोकप्रिय दृश्य स्थलमा ठूलो अवरोध खडा गरेका थिए । ज्वालामुखीको सबैभन्दा लोकप्रिय हाइकिङ ट्रेलमा नयाँ भीड नियन्त्रण उपायहरू राखिएको छ, जसमा अब दुई हजार येन (करिब १३ अमेरिकी डलर) को प्रवेश शुल्क र वैकल्पिक दान समावेश छ । 

हिमेजीका मेयरले आफ्नो किल्लाका लागि प्रसिद्ध पश्चिमी जापानी शहरले पर्यटकलाई विश्व सम्पदा क्षेत्र भ्रमणका लागि स्थानीयभन्दा चार गुणा बढी शुल्क तिर्नुपर्ने बताए । यसले विश्वबजारमा कमजोर बनेको येनलाई मजबुत पार्न र विदेशी मुद्रा सञ्चितिमा योगदान गर्नेमा जापानी अधिकारी विश्वस्त देखिने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौं । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।  इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्र...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडा...

काठमाडौं महानगरद्वारा बुद्धमाई अस्पताललाई एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण एक लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्...

दसैँभर कोशी प्रदेशमा २६९ दुर्घटना हुँदा १४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत...

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौं । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लि...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम वि...

धादिङमा एक वृद्धा मृत फेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन् । ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले द...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुव...

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy