Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

जापानमा महामारीपूर्वको तुलनामा पर्यटक आगमनमा वृद्धि

खबरडबली संवाददाता

एजेन्सी । जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख बढी विदेशी पर्यटकलाई स्वागत गरेको जनाएको छ । 

जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार दिएको छ भने एक करोड ७७ लाख ८० हजारको नयाँ रेकर्ड कायम गरेको जापानको राष्ट्रिय पर्यटन सङ्गठनले शुक्रबार जनाएको छ । कमजोर येनले जापानमा ठूलो भीडलाई आकर्षित गरिरहेको छ । पर्यटकले जापानी परम्परागत कपडा किमोनोस, जापानी चक्कुलगायत मूल्यवान खानाबाट मनैदेखि आनन्द लिने गर्छन् ।

जनवरीदेखि जुनको आँकडाले सन् २०१९ को एक करोड ६६ लाख ३० हजारको उच्च स्तरलाई उछिनेको छ, जसका कारण क्योटो र माउन्ट फुजीजस्ता पर्यटनस्थलमा भीडभाड बढेको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीपरिषद् बैठकमा पर्यटकलाई ग्रामिण क्षेत्रतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए । उनले भने, “कुनै स्थानमा पर्यटकको घुइचो लाग्ने र कतै खाली हुने प्रवित्तिविरूद्ध हामीले आगन्तुकहरूलाई ग्रामीण क्षेत्रमा पुग्न प्रोत्साहन गर्नुपर्छ । ती क्षेत्रले पर्यटकलाई परम्परागत जापानी संस्कृति र खानाको स्वाद पस्कन्छ र उनीहरूलाई बृहत् खुशी प्रदान गर्छ ।”

जापानले सन् २०२४ मा तीन करोड ५० लाख विदेशी पर्यटक भित्राउने अपेक्षा गरेको छ र यसका लागि आठ ट्रिलियन येन (५० अर्ब अमेरिकी डलर) पर्यटक खपत हुने अनुमान गरिएको छ । महामारीका बेला सीमामा लगाइएको कडा प्रतिबन्ध हटेपछि सन् २०२३ को पहिलो छ महिनाको अवधिमा दुई करोड ५० लाख पर्यटक जापान आएका थिए । 

सन् २०३० सम्ममा वार्षिक छ करोड पर्यटक भित्राउने महत्वकांक्षी लक्ष्य राखिएको छ, जुन सन् २०१९ को तीन करोड १८ लाख ८० हजार पर्यटकभन्दा दोब्बर हो । तर केही विदेशी आगन्तुकहरूको अमर्यादित व्यवहार र शिष्टाचार उल्लङ्घनबाट केही बासिन्दाहरू पहिले नै थकित भइसकेका छन् । 

गत मे महिनामा माउन्ट फुजी नजिकैको एउटा सहरमा अधिकारीहरूले फोटो खिच्न नदिन एउटा कन्भिनेन्स स्टोरको छेउमा रहेको लोकप्रिय दृश्य स्थलमा ठूलो अवरोध खडा गरेका थिए । ज्वालामुखीको सबैभन्दा लोकप्रिय हाइकिङ ट्रेलमा नयाँ भीड नियन्त्रण उपायहरू राखिएको छ, जसमा अब दुई हजार येन (करिब १३ अमेरिकी डलर) को प्रवेश शुल्क र वैकल्पिक दान समावेश छ । 

हिमेजीका मेयरले आफ्नो किल्लाका लागि प्रसिद्ध पश्चिमी जापानी शहरले पर्यटकलाई विश्व सम्पदा क्षेत्र भ्रमणका लागि स्थानीयभन्दा चार गुणा बढी शुल्क तिर्नुपर्ने बताए । यसले विश्वबजारमा कमजोर बनेको येनलाई मजबुत पार्न र विदेशी मुद्रा सञ्चितिमा योगदान गर्नेमा जापानी अधिकारी विश्वस्त देखिने गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE