Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय

खबरडबली संवाददाता

भैरहवा । भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आउने सर्वसाधरणले मोटरसाइकल पार्किङ गरेवापत अहिले ३० रुपैया प्रति घण्टा तिर्नुपर्छ । यस्तै कारले ६०, मिनिबसले ८० र बस ट्रकले १२० तिर्नुपर्छ । यो दर लागु भएको केही महिना मात्रै हुदा अत्यधिक भएको भनि सर्वत्र आलोचना भइरहेको छ । 

यस अघि २०८० जेठ १० गतेदेखि फागुन ३० गते सम्म भने यहाँ पार्किङको शुल्क लाग्दैन थियो । पुरानो ठेक्का रद्द भई विमानस्थल कार्यालयले नयाँ ठेक्काको टेण्डर नभएकोले सर्वसाधरणले निशुल्क पार्किङ गरिरहेका थिए । २०८० जेठ अगाडि भने मोटरसाइकलको पार्किङ शुल्क ५, कारको १०, मिनिबसको २० र बस/ट्रकको ४० रुपैया लिने गरिन्थ्यो । 

केही महिना देखि साप्ताहिक एउटा मात्रै उडान गरिरहेको विमानस्थलमा अहिले भने एक महिना यता कुनै उडान भएको छैन । आन्तरिक उडानमा सिमित भएको यो विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय निर्देशिका अनुसार पार्किङ शुल्क र बहाल शुल्कमा भारी वृद्धि गरेको छ । जस्को कारण सर्वसाधरण मर्कामा परेका छन । 

विमानस्थल प्रशासनलाई समेत विगतको तुलनामा पार्किङ अप्रत्यासित वृद्धि भएको महशुश भएपनि यसबारे सुनुवाई गर्न सकेको छैन । नियावाली २०८० अनुसार आन्तरिक र अन्तराष्ट्रिय गरेर २ वटा वर्ग मात्रै छ । विमानस्थलको स्तरोन्नतीसंगै अन्तराष्ट्रिय विमानस्थल कायम भएकोले सोको निर्देशिका अनुसार पाकिङ सहित सबै शुल्कमा वृद्धि गर्न वाध्य भएको विमानस्थलका अधिकृत संजिव ज्ञवालीले बताए ।

उनका अनुसार विमानस्थल अन्तराष्ट्रिय भएसंगै विमानस्थलमा अन्तराष्ट्रिय उठान हुन नसकेपनि पार्किङ, विमानस्थलभित्रका पसलहरुको भाडा, विज्ञापनको शुल्क निकै बढेको छ ।

यसअघिको मापदण्ड अनुसार प्रतिवर्गमिटर विज्ञापनको लागि ५ सय रुपैंया शुल्क थियो भने अहिले वृद्धि भई ५ हजार रुपैंया बनाईएको छ । जसका कारण विज्ञापनदाता तथा पसल संचालक, सेवाग्राही सबैलाई गाह्रो भएको छ ।
विमानस्थलभित्र संचालनमा रहेका विभिन्न पसल स्थलको भाडा समेत निकै वृद्धि भएको छ । जसका कारण विमानस्थललाई आधार बनाएर लगानी गरेका लगानीकर्ता थप मारमा परेका छन् ।

“निर्देशिका अन्तराष्ट्रिय मापदण्ड अनुसार भयो तर विमान संचालन आन्तरिक मात्र हुंदा असजिलो भयो हामीले  केही समयका लागि निर्देशिका शंसोधानका लागि माथि अनुरोध समेत गरेका छौं । ”  अधिकृत ज्ञवालीले भने । उनले हालको ठेक्का अनुसार कम्पनि नियमित रुपमा नियमानुसार त्रैमासिक रुपमा भुक्तानी गरिरहेको बताए ।

उनका अनुसार विमानस्थल पार्किङ लागि भैरहवामा रहेको ईब्रहिम कन्ट्रक्शन एण्ड सप्लायर्स प्रा।लिले वार्षिक २४ लाख ८२ हजार ५ सयमा सम्झौता गरिएको छ । जुन विगतको तुलनामा ३ गुणा बढी हो । 

“विमानस्थलको स्तरोन्नती अनुसार पार्किङ शुल्क निर्धारण गर्दा स्वभाविक रुपमा महंगो पर्न गयो यो हाम्रो वाध्यात्मक अवस्था हो । अधिकृत ज्ञवालीले भने । निर्देशिका अनुसार न्युनतम् रकम २४ लाख ८२ हजार रहेको छ । “तिन पटक सम्म ठेक्का निकाल्दा पनि कसैको निवेदन नपरेपछि महंगो भयो भनेर सबै पछि हटे । अन्त्यमा एउटा कम्पनीले मात्रै टेण्डर दिएपछि  सम्झौता गरेर काम अघि बढेको छ ।  

विमानस्थलभित्र तोकिएको पार्किङ सवारी पार्क गर्ने सवारी धनीले मोटर साईकल स्कुटी लगायतका दुई पांग्रे सवारी साधन पार्कि¨ गर्दा प्रति घण्टाको ३० रुपैंया ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुपर्छ । जुन यस अघि रु ५ रुपैंया प्रति घण्टा थियो ।
यस्तै कार भ्यान लगायतका साना चार पांग्रे सवारी साधानका लागि प्रतिघण्टा ६० रुपैंया, हल्का सवारी जस्तै मिनि ट्रक जस्ता लोडेड सवारीहरुले प्रतिघण्टा ८० रुपैंया शुल्क तिर्नुपर्छ भने ठुला सवारी वस लगायतले प्रतिघण्टा १ सय २० रुपैंया शुल्क तिर्नुपर्ने हुन्छ । जुन विगतको तुलनामा निकै महंगो हो ।

यसअघिको सम्झौता अनुसार ठेक्दार कम्पनीले वार्षिक ९ लाख विमानस्थललाई पार्किङ वापत बुझाउंदै आएको थियो । कम रकममा ठेक्का सम्झौता भएकै कारण साना दुई पांगे्र सवारीका लागि रु ५ रुपैयां, कार,जीपका लागि १० रुपैंया, हल्का सवारी २० रुपैंया र ठुला सवारीका लागी ४० रुपैंया प्रतिघण्टा तोकिएको थियो ।

२०८० चैतमा एक वर्षको लागि ठेक्का सम्झौता गरिएको छ । सम्झौता अनुसार सरकारी, प्राधिकरण, एम्बुलेन्स, सव वाहन, फायर जस्ता आकस्मिक सवारीहरुलाई पुर्णत निशुल्क पार्किङको सुविधा रहेको छ । शुल्क अत्यधिक वृद्धि हुंदा ठेकेदार कम्पनीलाई  समेत केही समय निकै कठिन भएको ठेक्का कम्पनीका संचालक मुस्तफाले गुनासो गरे ।

उनले भने “हामीले तोकेको शुल्क होईन् विमानस्थलले तोकेको शुल्क उठाउन पनि केही समय गाह्रो भयो जिल्ला प्रशासनसम्म जानुपर्यौ तर अब भने सबैले बुझिसक्नुभयो । ” ठेक्का नै महंगो भएको उनले बताए । आन्तरिक उठान नियमित हुंदा राम्रै शुल्क उठेपनि जाडो महिनामा विमान आउन नसक्दा आम्दानी नहुने संचालक मुस्तफाले बताए । उनका अनुसार अहिले दैनिक दुई सय दुई पांग्रे सवारी मोटरसाईकल, स्कुटरले पार्किङ गर्ने गरेका छन् । यस्तै सय बढी कार पार्किङका लागि आउने गरेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युद्धका बीच कतार एयरवेजका १४३ विशेष उडान

काठमाडौं । कतार एयरवेजले मार्च १३ देखि मार्च १७ सम्म सञ्चालन गर्ने गरी कम्तीमा १४३ वटा विशेष उडानको तालिका सार्वजनिक गरेको छ। युद्धका कारण कतारको हवाई...

जुम्लाबाट हेलिकप्टरमा उद्दार गरिएकी सुत्केरीको मृत्यु

जुम्ला। बिहीबार जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको उपचार...

स्वतन्त्रबाट विजयी महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

म्याग्दी। फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका डा। महावीर पुनले चुनावी खर्...

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

नुवाकोट। स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको छ । बञ्चरेडाँडा  क्षेत्रका बासिन्दाले  काठमाडौँ महानगरपालिका...

साँगुरीगढी गाउँपालिका उपाध्यक्ष राई निलम्बित

हिले । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई निलम्बन गरेको छ । पार्टी गतिविधि विपरीत काम गरेको आरोप लगाउँदै मङ्गलबार सम्पन्...

इनिसा विकको बलपूर्वक यौनसम्पर्कले मृत्यु

सुर्खेत । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्त...

निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म कम गरेको छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा एमालेकी नेतृ तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्यौलतालाई केही हदसम्म...

इनिशा विकका बुवा दुबईबाट सुर्खेत आइपुगे, न्याय नपाए शव नबुझ्ने

सुर्खेत । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकका बुवा इन्द्रबहादुर विक सुर्खेत आइपुगेका छन्। छोरीको हत्या भएको खबर पाएपछि उनी रोजगारीका लागि दु...

बढ्न थाल्यो सहरी क्षेत्रमा तापक्रम

काठमाडौँ । देशका विभिन्न सहरमा यही फागुन २६ देखि २८ गतेसम्म अधिकांश स्थानमा अधिकतम तापक्रम क्रमश: बढ्दै गएको देखिन्छ । जल तथा मौसम विज्ञान विभागको तथ्...

बैठकमा बोल्दै गर्दा ढलेका एमालेका केन्द्रीय सदस्य कृष्ण थापाको निधन

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको निधन भएको छ। बिहीबार जिल्ला कमिटीको बैठकमा बोल्दै गर्दा उनी ढलेका थिए। उन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: