बाँके । जिल्लाको खजुरा गाउँपालिका–१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् ।
रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् । “घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको खेती किसानी सबै हाम्रै जिम्मामा छ”, धान रोप्दै गरेकी राधापुरकी ममता विकले भनिन्, “एक्लै खेत रोपेर नसकिने, गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ सुरु गरेका हौँ ।”
महिला दिदीबहिनीले आफ्नो मात्र नभइ मूल्य तोकेर गाउँमा सबैको धान रोपाइँको काम गर्न थालेपछि अहिले खेताला खोज्नुपर्ने झण्झट हराएको उनले बताइन् । यसरी सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उनको बुझाइ छ ।
समूहका सदस्यभित्र प्रति घण्टा रु दुई हजार र समूह बाहिरप्रति घण्टा रु तीन हजारका दरले महिला दिदीबहिनीले रोपाइँ गर्दै आएका छन् । सामूहिक रोपाइँबाट यसवर्षको हालसम्म रु एक लाख ८० हजार आम्दानी भइसकेको समूहकी अगुवा अञ्जली सुनारले जानकारी दिइन् ।
“समूहमा आवद्ध भएर काम गर्दा आफ्नो धान रोपाइँ समयमै हुनुको साथै आर्थिक बचत पनि गर्न सफल भएका छौँ”, उनले भनिन्, “यो वर्षको अहिलेसम्म रु एक लाख ८० हजार बचत भइसकेको छ, अझै एक हप्तासम्म रोपाइँ गर्दा रु दुई लाख पुग्छ ।”
राधापुरको न्याउलीडाँडा निवासी बालसरा सुनारले सामूहिक रोपाइँले गाउँमा खेती किसानीको काममा धेरै सहज भएको बताइन् । “आफ्नो सात कठ्ठा खेतमा धान रोप्ने गरेकामा महिला समूहमा आवद्ध भएपछि यो वर्ष थप १० कठ्ठा खेत अधियाँ लगाएर रोपाइँ गरेको छु”, उनले भनिन् ।
“गाउँका अधिकांश युवा रोजगारीको लागि विदेश पलायन भएका छन्, घरमा वृद्ध सासू–ससुरा मात्रै हुनुहुन्छ”, स्थानीय समिक्षा खड्का विकले भनिन्, “बच्चाबच्चीको हेरचाह गर्ने, खेती किसानीका साथै परिवारको सम्पूर्ण जिम्मेवारी हेर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा समूहमा काम गर्दा सहयोग हुनुका साथै काम छिटो सम्पन्न भएको छ ।” विगतमा एक्लै वा एक-दुईजना पर्म लगाउने गरेपनि गतवर्षदेखि महिला समूहमा आवद्ध भएसँगै पर्म खोज्ने झन्झट अन्त्य भएको उनले बताइन् ।
“गतवर्ष १७ जनाको समूह बनाएर रोपाइँको सुरुवात गरेका थियौँ, त्यसबाट रु एक लाख पाँच हजार आम्दानी गरेका थियौँ”, समीक्षाले भनिन्, “यो वर्ष २५ जनाको समूहबाट रोपाइँ गरिरहेका छौँ, आम्दानी पनि धेरै हुने अपेक्षा लिएका छौँ ।”
राधापुरका महिला दिदीबहिनीले सामूहिक रुपमा काम गरेर आर्थिक बचत गर्न सफल हुनुका साथै सकरात्मक सन्देश दिएको दलित महिला सङ्घकी सहजकर्ता तारा विकले बताइन् । उनीहरुको उत्साहलाई कायम राख्न संस्थागत रुपमा आवश्यक सहयोग र समन्वय गरिने उनले जानकारी दिइन् ।
खजुरा गाउँपालिका–१ का वडाध्यक्ष मनवीर क्षेत्रीले दिदीबहिनीले सामूहिक रुपमा रोपाइँ गरेर उदाहरणीय कार्य गरिरहेको बताए । महिलाको हौसला वृद्धि गर्न अन्य सीपमूलक कार्यक्रम सञ्चालनको योजना बनाइएको जनाउँदै महिला सक्षम भए समाज नै समृद्ध बन्ने उनले धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...
पौष १३ गते, २०८२ - १६:०७
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेसँगै सेयर लगानीकर्ताहरू उत्साहित भएका छ...
पौष १३ गते, २०८२ - १५:४८
काठमाडौं । नेपाली कांग्रेसले यसपटक समानुपातिक निर्वाचन प्रणालीबाट यसअघि सांसद बनेकाहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। समानुपातिकतर्फका उम्मेद...
पौष १३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू सम्मिलित सचिवालयको यो पहिलो बैठक हो। ललितपुरको च्यासलस्...
पौष १३ गते, २०८२ - १५:१९
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले चुनावी प्रचार–प्रसारका क्रममा दुईभन्दा बढी सवारी साधन प्रयोग गर्न नपाउने ...
पौष १३ गते, २०८२ - १५:०२
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेकी छन्। उनले समानुपातिक र प्रत्य...
पौष १३ गते, २०८२ - १४:५४
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना आफ्नो कार्यकाल समाप्त भएसँगै बिदा हुने भएका छन्। सभामुख घिमिरेका सञ्चार विज्ञ ...
पौष १३ गते, २०८२ - १४:२०
रसुवा । ६ महिनादेखि बन्द रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ । आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन् । ...




प्रतिकृया लेख्नुहोस्: