Ntc summer Offer
Khabar Dabali १५ कार्तिक २०८१ बिहीबार | 31st October, 2024 Thu
Investment bank

प्रतिनिधि सभामा सांसदहरुसँग आज प्रधानमन्त्रीको सवाल-जवाफ

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच सोमबार प्रश्नोत्तर हुँदैछ। दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। 

प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन्।

संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो। गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार मात्र संसदमा विश्वासको मत लिएका थिए।

प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन हजार एकसय ७५ गुम्बालाई मान्यता प्रदान

काठमाडौँ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले तीन हजार एकसय ७५ गुम्बालाई मान्यता दिएको छ ।  देशभर सार्वजनिक गुम्बा तीन हजार ७० र निजी ...

नरबहादुर कर्माचार्यको जन्मशताब्दी- माओवादीले वर्षभरि नै कार्यक्रम गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी विविध कार्यक्रमसहित मनाइँदैछ । नेकपा नेकपा (माओवादी केन्द्र) ...

गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।  ...

फौजदारी न्याय प्रणालीमा सुधारको प्रयास

काठमाडौँ । बढ्दो प्रविधिको प्रयोगसँगै मुलुकमा नयाँ शैलीका अपराध पनि बढिरहेको छ । परिवर्तित अपराधको शैलीअनुसार अपराध अनुसन्धान, अभियोजन र न्याय निरुपणम...

प्रधानमन्त्री ओलीको चीन भ्रमणको चाँजोपाँजो मिलाउने प्रयास, भारतबाट निम्तो अझै आएन

काठमाडौं । आफ्नो सरकारले सत्ता सम्हालेको १०० दिनसम्म भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु गरिएको उनक...

नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय

काठमाडौं । नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ।  डेंगीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडि...

बञ्चरेडाँडामा बढ्यो फोहर

काठमाडौँ । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ ...

पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो। खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे। तर, हिजो...

सहकारीको आठ करोड ठगी गर्ने कार्यकर्ता जोगाउँदै गृहमन्त्री लेखक

एउटै कसुरमा अध्यक्ष थुनामा, पक्राउ पुर्जी जारी भए पनि तरुण नेता संरक्षणमा

नेपाल र बंगलादेशको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली जाने

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपालले पुनः एकपटक बंगलादेशसँग खेल्दैछ।   खेल साँझ साढे ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy